Sunday, November 27, 2016

डर.....


कहिले काहि साना साना कुरामा पनि डराउनु पर्ने रहेछ । आफैले चाहेको मान्छे माया गरेको मान्छे सँग पनि ।
तिमी सँग नजिकीन डर लाग्छ मलाई, दिल खोलेर माया गर्न डर लाग्छ मलाई, कतै टाढिनै नसक्ने गरी जोडीने पो हुँ कि? फेरी तिमीलाई चोरी चोरी नै किन नहोस् नहेरी, नसम्झी पनि वस्न सक्तिन ।
थाहा छ मलाइ, जति जति म तिमी सँग नजिकिन्छु उति नै तिमी पिडाको नजिक पुग्छ्यौ। काहाँ तिमी सुन्दर दरबारकी कान्छि युवरागी, मायैँ मायाले चुलिएकि, अभाव र अशान्तिको छाँया सस्म पनि नदेखेकि अनि म काहाँ अरेलिको झ्यागमा हुर्केको, अभाबै अभाब अनि सघर्षै सघर्षमा घोटिएको पिसिएको मान्छे, अँह म सक्क्तिन तिमीलाई यो पिडामा तान्न। फेरी बिसर्न पनि त सक्क्तिन।
मायै मायाले छोपौँला भनुभने पनि मायाले मात्रै जिवन पनि त चल्दैन। जहाँ अभाब हुन्छ त्याहा अशान्ति, अनि जहाँ अशान्ति त्याहाँ मायाका कुरा गौड भएर जान्छन्। तिमी त्यस्तो माहोलमा हुर्केकी परीलाइ म कस्तो माहोलमा राखौँला? मेरो चाहनाले पिडा र अभावमा तान्न चाहान्न। तिमी रमाउने दुनियाँ अलग, म रमाउने दुनियाँ अलग छन् भने म कसरी तिमीलाई मेरो दुनियाँमा रमाउ भन्न सक्छु ? बरु टाढै बाट पूज्छु तिमीलाइ टाढै बाट प्रेम गर्छु उहि देविको मूर्ति पूजेझैँ, उहि चन्द्रमा लाई धर्ति बाट प्रेम गरेझै।
उहि चन्द्रमा लाई धर्ति बाट प्रेम गरेझै।

एस बि खनाल 
@sbkhanal

Tuesday, July 12, 2016

सोध बरु प्रकटलाइ

मायाको मैसम हो कुन, सोध बरु प्रकटलाइ
प्रिती साट्ने समय हो कुन, सोध बरु प्रकटलाइ

वेद लेखि, ऋचा लेखि, प्रणयको कवि रे उ
कुन मन्त्रले माया वस्छ सोध बरु प्रकटलाइ
मायाको मैसम हो कुन, सोध बरु प्रकटलाइ
प्रिती साट्ने समय हो कुन, सोध बरु प्रकटलाइ

प्रिय अर्कैको, कुर्छे अर्कैलाइ, उ जिस्काउछ,
को आउदै छ आज
अर्काकीलाइ जिस्काइ के रमाउनु सोध बरु प्रकटलाइ
मायाको मैसम हो कुन, सोध बरु प्रकटलाइ
प्रिती साट्ने समय हो कुन, सोध बरु प्रकटलाइ

सारीको सप्को उठाइ मजा लिने उ, बेसरम् चैँ म
त्यो मजाको अर्थ केहो? सोध बरु प्रकटलाइ
मायाको मैसम हो कुन, सोध बरु प्रकटलाइ
प्रिती साट्ने समय हो कुन, सोध बरु प्रकटलाइ

डसाइ र कसाइले डोरी बाटी पिरतीको
नचुड्ला त रात पछि, सोध बरु प्रकटलाइ
मायाको मैसम हो कुन, सोध बरु प्रकटलाइ
प्रिती साट्ने समय हो कुन, सोध बरु प्रकटलाइ

एस् बि खनाल
२०७३.०३.२९

दिल बाट



दिलको कुरो, हरायौ दिल बाट
फेरी अतित वनि करायौ दिल बाट

घाउ वेदनाको गरेँ मलम पट्टी
दिलको कुरो, चरायौ दिल बाट
फेरी अतित वनि करायौ दिल बाट

तिमी त मेरै भन्दै आँट दिन्थ्यौ
दिलको कुरो, डरायौ दिल बाट
फेरी अतित वनि करायौ दिल बाट

तारा थियौ तिमी सपनाकी मेरी
दिलको कुरो, झरायौ दिल बाट
फेरी अतित वनि करायौ दिल बाट

दिलको कुरो, हरायौ दिल बाट
फेरी अतित वनि करायौ दिल बाट
चरायौ दिल बाट
डरायौ दिल बाट


एस् बि खनाल
२०७३.०३.२९

Monday, June 13, 2016

दुखको काहानि

स्रस्टा एक वाल विधवा हुनुहुन्छ, र उहाँ जस्तै हजारौ यस प्रथाका पिडीत हरुको आवाज उहाँका शब्दमा भेटिन्छन.



हे दिदी बहिनी सुनिदेउ मेरो दुखको काहानि
हृदय मेरो दर्केर आउछ देखेर जिवनी
बालखकाल पाइन चाल कसरी बित्यो त्यो
आमाको काखमा खेलेर खाँदा सजिलै भएथ्यो

म बाह्र बर्ष भएकी थिँए आमाको काखैमा
विवाह भयो त्यो सोह्र बर्ष ठिटाको साथैमा
बर्षदिन सम्म म माइत बसेँ घरमा गइन
दुइबर्ष लाग्यो घरमा गयेँ सासूले सहिनन्

बाह्रसाल फाल्गुन महिना, सोमबारको रातिमा
जोरोहै चड्यो, सुस्केरा बड्यो, म लागेँ आत्तीन
शरिर कुप्रो, लुगाको थुप्रो साउदाना आहारा
दुई महिना सम्म सुतेको बिरामी, लाठिको साहारा

सासको आसा थियो नि मलाई अरु के थियो र
त्यैपनि आज ढलेर गयौ अब के रयो र
बाइसे ठिटा ढलेर गयौ दुनियाँ रुवाइ
एता न उता परी सुताई भो अब न मलाई

वसन्त चड्यो पालुवा लाग्यो फूलैको मुनैमा
कलिलो जोवन रोएर गयो अधेरो कुनैमा
गाजले आँखा पहेँलो भए आशुले गाल्दैमा
तल्तल ओठ कलेटि परे सुस्केरा हाल्दैमा

सासूको बोलि सांघारे टोकाइ गोली है वर्सन्छ
सासूको बचन् संझदा खेरी कलेजा थर्कन्छ
घरकी राँणी माइतकी राँणी गाँउलेको उनै नाम
घरकी राँणी माइतकी राँणी म अब कता जाम

साइतमा विधुवा देखे साइत पर्दैन
घरमा एउटा विधुवा भए लक्षिन हुदैन
काम गर्न जान्थेँ पाम्दीको कुनो एकलासे वनैमा
सुकिलो दंत, जुँघाको रेखि संझन्छु मनैमा

उनिको घर हो क्यामिन डँडा पुराना गामैमा
कलिलो जोवन रोएर गयो उनिको नामैमा


हामी सबैकि प्यारी दिदी, काली दिदी

एस बि खनाल
Twitter: @sbkhanal

Sunday, June 5, 2016

नयन प्रणय


सदियौँको अत्रिप्तता झै मेटे आज नजरले
आज पनि उस्तै थियो तड्पन
आव पनि उस्तै थियो धड्कन
झन परिस्थिती त उस्तै दुरुस्तै
चोरी चोरी उनिलाइ हेर्नुपर्ने मेरा
आँखाका वाध्यता ।
म रोक्न खोज्थेँ
वरु धडकन रोकिन राजि थिए
तर यि नजरले मानेनन्

तिमी उस्तै थियौ
मेरो मनको क्यानभाषमा पहिलो पल्ट
तिम्रो तस्विर उतार्दा जस्तै
आज पनि तिम्रा ओठहरु मौन थिए
तर हजार प्रश्न तेस्र्याएर नजरहरु चिच्याउदै थिए
हो तिनै श्वरहरुले असान्त पारेका थिए
मलाइ पहिले पनि र अहिले पनि
म सर्प झै हुन्छु
तिम्रो वरिपरी हुँदा
तिम्रो मैनता नै गरुड सरी हुन्छ मलाई
तिम्रो वरिपरी लटपट
र त, वरु धडकन रोकिन राजि थिए
तर यि नजरले मानेनन्

एस बि खनाल
Twitter@sbkhanal

Monday, May 23, 2016

बैँस फुल्दा खेरी

पारी पाखा लहलह बैँस फुल्दा खेरी
वारी पाखा प्रेमचरी हेरी भूल्दा खेरी
पवन पनि प्रेमसुभाष बोकी बहेको छ
प्रेमचरी आँखामा प्रित रोकि रहेको छ

बैँशालु त्यो फूल सँग प्रेमचरी मिल्ने कैले
डालि डालि थुँगा थुँगा निस्फिक्री डुल्ने कैले
पारी पाखा लहलह बैँस फुल्दा खेरी
वारी पाखा प्रेमचरी हेरी भूल्दा खेरी

बैँशालु फूल पनि आफै संग दंग परी
लजाउछे हेर्दै एना, रागको उस् रंग भरी
पारी पाखा लहलह बैँस फुल्दा खेरी
वारी पाखा प्रेमचरी हेरी भूल्दा खेरी

एस बि खनाल 
Twitter:@sbkhanal

Monday, May 16, 2016

सरोबरी घोल्नु थियो


उन्लाइ पनि बोल्नु थियो, मलाई पनि बोल्नु थियो
एक अर्का लाई एक अर्कामा सरोबरी घोल्नु थियो

प्रणयमा चुपुल्की त नयनहरु हरदिन मार्छन् हाम्रा
बहानानै खोजि खोजि पहिलो बोलि बोल्नु थियो
एक अर्का लाई एक अर्कामा सरोबरी घोल्नु थियो

नहेरेझै गर्छिन् उनि, नहेरेझै गर्छु म नि
थाहै नदिइ घुमाइ घुमाइ मन्का कुरा खोल्नु थियो
एक अर्का लाई एक अर्कामा सरोबरी घोल्नु थियो

एकैचोटि नजर जुध्दा ओठको लम्बाइ बड्छन उन्का
जसै,यै मुटुमा निसानाले ट्वाक्कै उन्लाई टोल्नु थियो
एक अर्का लाई एक अर्कामा सरोबरी घोल्नु थियो

उन्का अंग अंग संग अर्कै साइनो नै भए जस्तो
न्याना उन्का ति ओठले यी ओठलाई पोल्नु थियो
एक अर्का लाई एक अर्कामा सरोबरी घोल्नु थियो

एस बि खनाल
Twitter:@sbkhanal

मन जलाएर हो की


आँखा भरी आँशु पाथ्र्यौ, मन जलाएर हो की
नमेटिने घाउका खाटा चलाएर हो की

एक तमासले टोलाउँछौ सून्य हुने गरि
सम्झनाका भेल वाडीले बगाएर हो की
नमेटिने घाउका खाटा चलाएर हो की


पराइझै हेछ्र्यौ कैले, नचिने झैँ गरी
तिम्रो हाम्रो मनको साइनो ढलाएर हो की
नमेटिने घाउका खाटा चलाएर हो की

अबिरल गन्तब्यको सँगै बाटो हिड्दा हिड्दै
कुना पस्यौ थकानले गलाएर हो की
नमेटिने घाउका खाटा चलाएर हो की

धर्मराउँछौ कैले कैले, डराउछौ उसै उसै
साथ नछोडने वाचाको भर नलाएर हो की
नमेटिने घाउका खाटा चलाएर हो की

BY: SB khanal
एस बि खनाल
Twitter:@sbkhanal

Wednesday, May 11, 2016

गजल के हो र कसरी लेख्ने


साभार गरीएको लेख:


‘गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ।
गजल शव्दको अर्थ र ईतिहासकोबारेमा बिभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएका भएपनी गजलमा हुनुपर्ने मुलभूत तत्वहरुमा भने त्यती धेरै मतभिन्नता पाइन्न।
यहाँ हाम्रो पाठकहरु लगायत गजल सृजनामा पाइला टेक्दै गर्नु भएका नव आगन्तुक पाठकहरुको लागि उपयुक्त हुने हेतुले गजलका तत्वहरु बारे केही चर्चा गर्ने जमर्को गरेको छु।
गजलका तत्वहरु
(क) शेर
(ख) काफिया
(ग) रदिफ
(घ) मतला
(ङ) मकता
(च) तखल्लुस
(छ) वहर
१. शेर
दुई दुई पङ्क्ती मिलाएर लयात्मक तरिकाले गजल लेख्ने गरिन्छ र त्यहि दुई पङ्क्तीलाईनै गजलको शेर भन्ने गरिन्छ।
शेरको पहिलो पङ्क्तीलाई मिसरा-ए-उला र दोश्रो पङ्क्तीलाई मिसरा-ए-सानी भनिन्छ।
सामान्यतया पूर्ण गजलमा ५ वटा शेर हुने गर्दछन् तर यसको कुनै कडी-कडाऊ नियम नभएको हुनाले गजलगोले कम्तिमा ३ वटा शेरदेखि जतिपनि शेर लेख्न सक्दछ तर एकदम कम शेर र एकदम अधिक शेरलाईपनि राम्रो मनिन्दैन तसर्थ ५ वटा शेर भएको गजललाई आदर्श गजल मान्ने गरिन्छ ।
२. काफिया
समस्वरात्मक रुपमा रदिफ भन्दा ठिक अगाडि वारम्वार दोहोरिएर आऊने शव्दनै काफिया हो । काफिया शव्दको अर्थ अरवी भाषामा पनि ‘वारम्वार आऊने’ नै हुन्छ र हामीले यो बुझ्नु आवश्यक छ कि गजल् विधा अरब,फारस,हिन्दुस्तान हुदै नेपालमा भित्रिएको बिधा हो।तसर्थ अरबी भाषामा ‘वारम्वार आऊने’ वा काफिया गजलको त्यो तत्व हो जुन तत्व बिना गजल अधुरो हुन्छ,गजल भन्ने बिधाको अलग्गै पहिचान हुदैन, अझ यसो भनौ काफियानै गजलको मुटु हो । गजल बिधा भनेर छुट्ट्याउने माध्यम हो ।
काफियालाई सामान्यतया ४ प्रकारले छुट्ट्याऊन सकिन्छ।
(क) पूर्ण काफिया
(ख) अंशिक वा शाव्दिक काफिया
(ग) एकाक्षरी काफिया
(घ) मिलित काफिया
पूर्ण काफिया भन्नाले सिङ्गो शव्दनै काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई पूर्ण काफिया भनिन्छ। जस्तै: खाम, नाम, याम, लाम, दाम गाउँ,जाउँ, आउँ, पाउँ,धाउँ,जाउँ, इत्यादी,
पूर्ण काफिया प्रयोग गरिएर लेखिएको गजलको एउटा उदाहरण हेरौं


नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो

कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो

आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो

सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसंग मलाई अलिकति काम थियो

मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै-धेरै अन्धकार थोरै मात्र घाम थियो

साभार: एउटा बन्द खाम (ललिजन रावल)
आंशिक/शब्दांश काफिया:
कुनै शब्द भित्रको अंशमात्र काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई आंशिक वा शब्दांश काफिया भनिन्छ । जस्तै: प्रहार,आधार,बिचार, सरोकार, अवतार, इत्यादी ।
उपरोक्त शब्दहरुमा क्रमश: हार, धार, चार, कार, तार, ले काफियाको रुपमा काम गरेको छ भने प्रहारको “प्र” आधारको “आ” बिचारको “बि” सरोकारको “सरो” र अवतारको “अव” ले काफियाको काम गर्दैनन् । यहाँ पूर्ण शब्दको केहि
अंशले मात्र काफियाको काम गरेको देख्न सकिन्छ। तसर्थ यस्ता काफियालाई आंशिक वा शब्दांश काफिया भनिएको हो।
आंशिक वा शव्दांश काफियाको एउटा उदाहरण:

वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु
तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु

आसन छ तरवारको देखेको छु आफूलेनै
वाध्य भई खुकुरिको यो धारमा बसेको छु

पराईको घरमा छु आफन्त त टाढा भए
ठुलै सङ्कटमा छु म जङ्घारमा बसेको छु

शहरमा बसेको छु भन्ने सोच्दै थिए तर
थाहा भयो मान्छे किन्ने बजारमा बसेको छु

साहुनीको भट्टीजस्तो सानो ठाउमा हैन आज
महलभन्दा ठुलो यो कारागारमा बसेको छु

साभार: पदम गौतम (एकलाशको फूल)
उपरोक्त गजलमा संसारको ‘सं’, जङ्घारको ‘जङ्’,वजारको’व’कारागारको ‘कारा’ले काफियाको काम गर्दैन तसर्थ यस्ता काफिया आंशिक वा शब्दांश काफिया
अन्तर्गत पर्दछन्।
(ग)एकाक्षरी काफिया भन्नाले काफियाको रुपमा एउटा अक्षर मात्र आउने वा आंशिक शव्दको अन्तमा काफियाको रुपमा आउने एउटा अक्षरलाई एकाक्षरी काफिया भनिन्छ। सामान्यतया गजलमा एकाक्षरी काफिया प्रयोग गर्नु राम्रो मानिन्दैन तर पनि कतिपय गजलकारले प्रयोगको रुपमा वा विचलनको रुपमा एकाक्षरी काफिया प्रयोग गरेको पाइन्छ।
एकाक्षरी काफिया प्रयोग गरिएको गजलको पनि एउटा उदाहरण हेरी हालौं ।

व्यथै व्यथा छ मनभरी खुसी खोजूँ कतातिर
साउन भदौ छ गहभरी नदी खोजूँ कतातिर

आरु फुल्यो वगैंचामा,पीडा फुल्यो मुटुभरि
चरो परेछ जालमा चरी खोजूँ कतातिर

मुटु चिरी बनाउँ कि रातो रगतको मसी
मेरो कथा लेखूँ कहाँ,मसी खोजूँ कतातिर

आगोपनि छ छातीमा,हुरी पनि छ छातीमा
चट्टानझैं अडिग जिन्दगी खोजूँ कतातिर

यो भीडमा हरायो कि,त्यो पीरमा हरायो कि
त्यो मेघ जस्तै गर्जने रवि खोजूँ कतातिर

रवि प्राञ्जल (उही बाढी उही भेल)
माथिको उदहरणमा ‘सी’,'दी’,'री’,'गी’,'पी’ आदि एकाक्षरी काफिया हुन् ।
‘घ’ मिलित काफिया: पूर्ण काफिया वा आंशिक काफियासंग मेल खाने गरी समस्वरात्मक रुपमा दुई वटा शव्द आएको छन् भने त्यस्तो काफियालाई मिलित काफिया भन्ने गरिन्छ।
जस्तै: वनी,दन्दनी,फन्फनी,हुन्छ नी,आदि

मिलित काफियाको पनि एउटा उदाहरण तल हेरौं
तिमिलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि

वचन वाणले नहिर्काउ यति सारो कठोर वनी
जव अलिकति शीतल अनुभूति गर्न थाल्छु

तिमी दावानल दन्किदिन्छौ म भित्र दन्दनी
थोरै मात्र भए पनि खुला राख दिल साथी

दयामाया भन्ने कुरा मान्छे भित्रै त हुन्छ नी
आऊ यात्रा गर्न सिक मानवीय धरातलमा

के पाउँछौ कसैलाई फसाउने खाडल खनी
उहि नाग,उनि सर्प,फरक मात्र सोचाइमा

कसैका हो बुध तिमी,मेरो लागि भयौ शनि
माथि माथि खुट्टा देख्छु तल तिर टेक्नै छाड्यौ
इमानको सौदा गरी बन्दै छौ कि महाधनी
डा।घनश्याम परिश्रमी(जून चुहेको रात)
माथिको गजलमा काफिया बनेर आएका ‘पनि’,'वबी’,'दन्दनी’,'हुन्छ नी’, ‘शनि’,'खनी’ र ‘महाधनी’ मिलित काफियाको राम्रो उदाहरण मान्न सकिन्छ।
यसरी गजल विधाको तत्वहरु अन्तर्गत पर्ने काफियाको बिभिन्न स्वरुपहरुवारे चर्चा पछी अव रदिफ को पनि केही चर्चा तल गरिएको छ ।
रदिफ: गजल निर्माण प्रकियामा गजलको श्रुतिमधुरता,सौन्दर्य र एउटा छुट्टैपना वा पहिचानको निम्ति काफियापछि निरन्तर दोहोरिएर आउने पद वा पदावलीलाई रदिफ भनिन्छ। गजललाई साँगीतिक बनाउनु वा अलग्गै विधा भनेर छुट्ट्याउने कार्यको लागि रदिफको महत्व पनि कम आँक्न मिल्दैन। अझ कुनै कुनै गजल विद्वानहरुले काफिया भन्दा पनि रदिफलाई बढी महत्व दिएर लेखेको पाइन्छ,त्यसैगरी हामीले पढ्ने,लेख्ने,सुन्ने वा गाइने गजलहरुमध्ये अधिकांश गजलहरुमा रदिफको प्रयोगले पनि रदिफको महत्व बुझ्न सकिन्छ। यति हुँदा हुदै पनि रदिफ बिनाका गजल पनि पर्याप्त मात्रामा भेटिन्छन्।
गजलविधामा रदिफयुक्त गजललाई मुरद्दफ गजल र बिना रदिफका गजललाई गैरमुरद्दफ गजल भन्ने गरिन्छ।
त्यसैगरी शव्दसंरचनाको आधारमा रदिफलाई तीन तरिकाले विभाजन गर्न सकिन्छ।
१.पदमूलक रदिफ
२.पदावलीमूलक रदिफ
३.वाक्यात्मक रदिफ
(क)पदमूलक रदिफ: रदिफको रुपमा एउटामात्र शव्द आएमा त्यो पदमूलक रदिफ हुन्छ।
जस्तै:

सिक्री वने जस्तै गाडीहरुको लाम छ
सायद जुलुस आउँदैछ सडकै जाम छ

हतारोमा छु म,मैले पुग्नु छ टाढा
कसलाई सुनाऊँ कि मेरो जरुरी काम छ

विभाजनको रेखा अझै गाढानै देख्छु
रहीम छ कसैको अनि कसैको राम छ

मानूँ त कसरि मानूँ,नमानूँ कसरि
यहाँ इज्जत भन्दा धेरै महँगो दाम छ

इमान साँचेर नै के भो,हो भने यस्तै
वेइमानहरुको सूचीमा मेरो नै नाम छ

डा.घनश्याम परिश्रमी(जून चुहेको रात)
उपरोक्त गजलमा रदिफको रुपमा केवल “छ” शव्दमात्र अर्थात एउटा शव्द मात्र आएको छ तसर्थ यस्तो गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदमूलक रदिफ मा राख्न सकिन्छ।
(ख)पदावलीमूलक रदिफ:गजलमा यदि दुई वा दुई भन्दा बढी शव्द रदिफको रुपमा आएको छ भने त्यस्तो रदिफलाई पदावलीमूलक रदिफ भन्ने गरिन्छ।
उदाहरणको लागि वियोगी बुढाथोकीको एउटा गजल हेरौं।

भेटिएको राम्रो मान्छे अन्तै सरे जस्तो छ
फुल्न नपाई मनको फूल झरे जस्तो छ

वालुवाझैं सुख्खा थियो मनको मझेरी
कालो मैलो वादल वर्षा टरे जस्तो छ

दन्किएको वैंसको आगो सल्काऊ कसरी
उमेरको यो इच्छा-शक्ति मरे जस्तो छ

नदेखिईनै मनको घाउ दुख्छ जसरी
भन्न हुन्न प्रेमको जालमा परे जस्तो छ

साँच्चै तिम्रा आँखा सागर मोती तिम्रा दन्त
बाडुलीमा परें मेरै कुरा गरे जस्तो छ

वियोगी बुढाथोकी(गजल तिम्रो नाम होइन)
यो गजलमा प्रस्तुत रदिफ “जस्तो छ” दुई शव्द मिलेर बनेको छ,यस अर्थमा यस गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदावलीमूलक रदिफ भित्र रहेको बुझ्न सकिन्छ।
(ग)वाक्यात्मक रदिफ:गजलमा रदिफको रुपमा पुरै वाक्यनै आएको छ भने त्यस्तो रदिफलाई वाक्यात्मक रदिफ भनेर चिनिन्छ।
वाक्यात्मक रदिफको उदाहरणको रुपमा मिजास तेम्बेको एउटा गजल:

निम्तो थियो आउनु भएन,हजुरको ढोकासम्म आएँ
यौटै पत्र पाउनु भएन, हजुरको ढोकासम्म आएँ

मुखमा राम राम,बगलीमा छुरा भन्छन्
कैले मनमा छाउनु भएन,हजुरको ढोका सम्म आएँ

यता आयो यतै ठिक्क,उता गयो उतै ठिक्क
चोखो माया लाउनु भएन,हजुरको ढोका सम्म आएँ

आफैं बोक्सी आफैं धामी,कस्तो चाला हो यो
कतै पनि धाउनु भएन,हजुरको ढोका सम्म आएँ

काग कराउदै गर्छ,पिना सुक्दै गर्छ
जीवनको गीत गाउनु भएन,हजुरको ढोका सम्म आएँ

मतला:
गजलको प्रत्येक दुई पङ्क्तिलाई शेर भनिन्छ,शेरको पहिलो पङ्क्तिलाई मिसरा-ए-उला र दोश्रो पङ्क्ति लाई मिसरा ए-सानी भन्ने गरिन्छ तर गजलको प्रारम्भको शेरलाई भने मतला भनिन्छ अर्थात गजलको सुरुवाती शेरलाई मतला भनेर चिनिन्छ। मतलाको दुवै मिसरामा काफिया हुनु अति आवश्यक हुन्छ,अन्यथा त्यो मतला नभएर शेर मात्रा बन्न जान्छ तसर्थ कम्तिमा दुवै मिसरामा काफिया हुनु भने जरुरीनै हुन्छ । यदि गजल मुरद्दफ छ भने काफिया संगै रदिफ पनि आउने गर्दछ र गजल गैरमुरद्दफ छ भने काफिया मात्रै भए पनि मतला भने बन्न सक्दछ ।
कुनै कुनै गजलकारले एउटा मात्र नभई दुई दुई वटा मतला सिर्जना गर्दछन्,यसरी दुई दुई वटा मतला आएमा पहिलो मतलालाई मतला-ए-उला र दोश्रो मतलालाई मतला-ए-सानी वा हुस्ने-मतला भन्ने गरिन्छ।
मतलाका केहि उदाहरणहरु

“तिमीलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि
वचनवाणले नहिर्काउ यति सारो कठोर वनी”

“धनमाया पहेंला ती सबै सुन होइनन्
मनमाया उजेला ती सबै जून होइनन्”
मकता:
गजलको अन्तिम शेर वा टुङ्ग्याउनीलाई मकता भनिन्छ।
कुनै कुनै विद्वानहरुले तखल्लुसयुक्त(उपनाम)अन्तिम शेरलाई मात्र,मकता भनिने अवधारणा राखेका भए पनि संरचनाको आधारमा र गजलको अन्तिम शेर गजलगोले आफ्नो सम्पूर्ण वयान वा भनाई टुङ्ग्याएको अर्थमा सिर्जना गर्ने भएकोले तखल्लुसयुक्त अन्तिम शेर मात्र होइन,तखल्लुस बिनाको अन्तिम शेरलाई पनि मकतानै भनिन्छ।


साभार: 
Basu Shrestha
twitter: @shrestha266
http://shresthb.blogspot.co.il/

Monday, May 2, 2016

झुक्याएर गयौ

भूकम्पको धक्का सरि अत्याएर गयौ
आयौ आयौ भन्दा भन्दै झुक्याएर गयौ

हल्लाएथ्यो घर बार, हल्लाएथ्यो मन
कुरी बस्दा, तिम्रौबाटो लत्याएर गयौ
आयौ आयौ भन्दा भन्दै झुक्याएर गयौ

यो घडिको सुइ जस्तै, तेज तिम्रो पनि
तिम्रै रफ्तार भेट्न खोज्दा हुत्याएर गयौ
आयौ आयौ भन्दा भन्दै झुक्याएर गयौ

कुर्नेको त कामै कुर्ने, म नि कुरि बसेँ
क्यालेण्डरको पना सरि पल्ट्याएर गयौ
आयौ आयौ भन्दा भन्दै झुक्याएर गयौ

भूकम्पको धक्का सरि अत्याएर आयौ
आयौ आयौ भन्दा भन्दै झुक्याएर गयौ

By: SB Khanal

Sunday, May 1, 2016

हाँस्न किन कन्जुस्याँइ

ओठ राम्रा हुनेहरु लौ, हाँस्न किन कन्जुस्याँइ
मन् राम्रा हुनेहरु मन, गाँस्न किन कन्जुस्याँइ

राम्रा चिजको प्रसंसा त भैहाल्छ नि वरपर
नसकिने धन् त्यो माँस्न किन कन्जुस्याँइ
ओठ राम्रा हुनेहरु लौ, हाँस्न किन कन्जुस्याँइ
मन् राम्रा हुनेहरु मन, गाँस्न किन कन्जुस्याँइ

चुमौ चुमौ लाग्ने ओठ, वरदानमा पाउनेहरु
ती ओठलाइ यी ओठमा टाँस्न किन कन्जुस्याँइ
ओठ राम्रा हुनेहरु लौ, हाँस्न किन कन्जुस्याँइ
मन् राम्रा हुनेहरु मन, गाँस्न किन कन्जुस्याँइ

ओठ राम्रा हुनेहरु लौ, हाँस्न किन कन्जुस्याँइ
मन् राम्रा हुनेहरु मन, गाँस्न किन कन्जुस्याँइ

By: SB Khanal

Wednesday, April 27, 2016

दाई म त नेपाल यातायातको खलासि

उ एकोहोरो कराउछ,
अलि पर सर्नुस त दाई
एसो साइड लागेर बस्नु है
न समाउनै पर्ने, न टेक्नै पर्ने
नजिकै भए साइड लागेर बस्नु नत्र पछाडी
ल ल बिच बाट हल्का त छिर्नु ।

म झर्को मान्दै भन्छु
ए भाई कति कराउछौ यार, यता खुट्टा राख्ने ठाउँ छैन
उ पहेँलो दाँत टल्काउदै
दाई म त नेपाल यातायातको खलासि

बाँनेश्वर , अनामनगर, पुतलिसडक, टिचिङ टिचिङ
ल है बाँनेश्वर झर्नेले हातमा भाडा लिएर आउनु
एउटि दिदी, भाई खै त २ रुपयाँ फिर्ता,
आँखा पल्टाउदै खुद्रा छैन
अचम्म पर्दै हेर्छु उसलाइ
उ भन्छ
दाई म त नेपाल यातायातको खलासि

ढोकाको मान्छे सर्दा सर्दै म पुग्छु अन्तिमा
अझै पछाडी सार्न खोज्छ उ
झर्ने बेला भयो भन्दा, झ्याल बाटै झर्दिए हुनि
झैँ गर्छ उ
केहि सोधौँ उत्तर उहि छ
दाई म त नेपाल यातायातको खलासि

झर्दा नझर्दै फेरि सुनियो
पुतलिसडक, टिचिङ कान्ति गोपिकृष्ण
फर्केर हेरेँ, अनि सम्झेँ
उ त नेपाल यातायातको खलासि

By SB Khanal

Monday, April 18, 2016

आँशु ति आँखामा रोकेर

मध्य रातमा जाहाज भुनुनु उड्यो सबै सपना बोकेर
मुस्काइन् प्रिया हल्लाइ हात
आँशु ति आँखामा रोकेर

आकाशमा बादल मडारीइ रयो,सबैले देखे त्यो!
बबण्डर त्यस्को, ओतैमा लागि छातैले छेके त्यो!
पेट यो कस्तो सपना दिन्छ, मिठा ति विपना टोकेर
मध्य रातमा जाहाज भुनुनु उड्यो सबै सपना बोकेर
मुस्काइन् प्रिया हल्लाइ हात आँशु ति आँखामा रोकेर

भोलि सबेरै गोरु नारेर अब कस्ले पो जोत्ला खै?
थलामा पर्दा पियारी मेरी, दैलो कस्ले पो पोत्ला खै?
मझेरि पारी खेल्दाहुन ती लालाबाला,मै आउने आसामा रुँगेर
मध्य रातमा जाहाज भुनुनु उड्यो सबै सपना बोकेर
मुस्काइन् प्रिया हल्लाइ हात आँशु ति आँखामा रोकेर

एक्लो त्यो ज्यान, त्यत्रो त्यो धन्दा के गरि गर्दि हो?
सम्झेर मलाइ, निचोरी मुटु, झन् आँशु झार्दि हो?
रुँदै काँधैमा शिर राखेर सोध्थि नजाँदा हुन्न र ?
मध्य रातमा जाहाज भुनुनु उड्यो सबै सपना बोकेर
मुस्काइन् प्रिया हल्लाइ हात आँशु ति आँखामा रोकेर

By : S.B Khanal

Sunday, April 10, 2016

पल्लोघरको झ्याल

पल्लोघरको झ्याल तार्नु कति अझै
डरै डरले  यो मन मार्नु कति अझै

झ्यालमा बसि उन्ले पिठ्यू सेकाउदा
नहेरे झै उन्लाइ पार्नु कति अझै
डरै डरले  यो मन मार्नु कति अझै

मेरा घरका पर्दाहरु छेक्न खोज्दा उन्लाइ
आमैका आँखा छलि सार्नु कति अझै
डरै डरले  यो मन मार्नु कति अझै

पर्दा फाडि, गेट तोडि मनले जान खोज्दा
काँडेतारको बार लगाइ बार्नु कति अझै
डरै डरले  यो मन मार्नु कति अझै

कहिले काँहि त नजर जुध्छन, हेर्छे बेसरम् भै
यो नजरको खेलमा हार्नु कति अझै
डरै डरले  यो मन मार्नु कति अझै

पल्लोघरको झ्याल तार्नु कति अझै
डरै डरले  यो मन मार्नु कति अझै

BY: S.B KHANAL

Friday, April 8, 2016

तिम्रा एक नजरमा

तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे
देश डुबे, भेष डुबे छदा खाँदाका दरबार डुवे अरे

के गर्छौ हो त्यस्तो तिमी
एकवार हैन दोवार हैन वारम्वार डुवे अरे
तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे

तान्नु पनि क्यारी तान्छौ चुम्बकैले तानेसरी
तानिइदा तिमी तिर दुनियाँका कारोवार डुवे अरे
तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे

तन्नेरी का के कुरा हर कोहि लोभिइने
एक नारी भन्नेहरुका साँचो प्यार डुवे अरे
तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे

तान्नु तान्यौ, लुट्नु लुट्यौ कोहि पनि वचेनन् रे
बाउ छोरा कै नजर पर्दा बसिवसाउ परिवार डुवे अरे
तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे


तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे
देश डुबे, भेष डुबे छदा खाँदाका दरबार डुवे अरे
तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे

Thursday, April 7, 2016

उन्लाइ सम्झी हिड्दा

नाभि मुनि गाँठो पर्यो उन्लाइ सम्झी हिड्दा
उन्कै घरको बाटो पर्यो उन्लाइ सम्झी हिड्दा

बाटोभरी कोहोरो टोलाएर हिड्दा
आँखाभरी माटो पर्यो उन्लाइ सम्झी हिड्दा
नाभि मुनि गाँठो पर्यो उन्लाइ सम्झी हिड्दा

सुसाउदा हावा यता , लाग्छ उता उन्ले बोलाएझै
कर्ण मेरो टाठो पर्यो उन्लाइ सम्झी हिड्दा
नाभि मुनि गाँठो पर्यो उन्लाइ सम्झी हिड्दा

उन्को ओठले मेरो ओठलाइ डसेका ती कल्पनाले
अनुहार नै रातो पर्यो उन्लाइ सम्झी हिड्दा
नाभि मुनि गाँठो पर्यो उन्लाइ सम्झी हिड्दा

धड्कनको गति संगै औँलाहरु सगसगाए
भोलापनमा फाटोे पर्यो उन्लाइ सम्झी हिड्दा
नाभि मुनि गाँठो पर्यो उन्लाइ सम्झी हिड्दा

उन्कै घरको बाटो पर्यो उन्लाइ सम्झी हिड्दा
नाभि मुनि गाँठो पर्यो उन्लाइ सम्झी हिड्दा
उन्कै घरको बाटो पर्यो उन्लाइ सम्झी हिड्दा


 प्रणय कविता लेख्ने प्रयासमा Sekhar bhadra khanal

Tuesday, April 5, 2016

गजल

शब्दजाल बिछ्याएर बाटो छेक्नै जान्दिन
खै म त अचेल गजल लेख्नै जान्दिन

सुन्छु,
आगो पनि पानी बन्छ अरे एक दिन
शान्त पार्न उस्को रीस जान्दै जान्दिन
शब्दजाल बिछ्याएर बाटो छेक्नै जान्दिन
खै म त अचेल गजल लेख्नै जान्दिन

हेर
सँग सँगै बाजेको नि बर्षै विती सक्यो
बाह्रवर्षे खोलो सरी मोरी फिर्नै जान्दिन
शब्दजाल बिछ्याएर बाटो छेक्नै जान्दिन
खै म त अचेल गजल लेख्नै जान्दिन

मोरी
उता फर्कि खै के गर्छे, एता आँखा तर्छे
आफुतिर सोझो मुस्कान मोरी फेक्नै जान्दिन
शब्दजाल बिछ्याएर बाटो छेक्नै जान्दिन
खै म त अचेल गजल लेख्नै जान्दिन

खै
मोरीको माया गर्ने पारै उस्तो हो की
घमाएर आफु कुरो अहँ बुझ्नै जान्दिन
शब्दजाल बिछ्याएर बाटो छेक्नै जान्दिन
खै म त अचेल गजल लेख्नै जान्दिन

आज एउटा गजलको प्रयास

Monday, April 4, 2016

खैके खैके


खुशि दिन खोज्छ जिवन जिस्काउदै घरीघरी
कहिले चोटहरु सम्झाउछन् झस्काउदै घरीघरी
हाँसुकी म खुशि सम्झी पाउन्जेलको पलभरी
रोइदिउकी चोट सम्झी, बरबरी आँशु झारी
भन साीथ भन संगि बसूँ म कसोगरी
कहिले चोटहरु सम्झाउछन् झस्काउदै घरीघरी
मुस्कानले ओठ भरुँ, चम्काएर मुहार भरी
कालोनिलो वादल भरुँ, ताल पाराँै गहभरी
दोधारैमा हुन्छु म त सधैँभरी यसैगरी
कहिले चोटहरु सम्झाउछन् झस्काउदै घरीघरी

म फेरिएँ

म खोज्छु आफैलाइ
अहँ देख्दिन कतै, छोपिएँकी, हराएँकी,खै

उहि सपनिमा देख्ने फुच्चेकै छुनुमुनु देख्छु जताततै
खट्टे भट्टको पोल्टो समाइ बाख्राको पछिपछि
मुनिमुनि छ्या गर्दै
खालि खुट्टा बाँसको सिम्काने वोकि गोठालो दौडेको
कति खुशि छ उ आहा

क्यामु गाईले दुख दिँदा आँखा बाट खसेका
अबोधपनका निशानी ती मोति दाना
कति निर्मल कति कनंचन
उ खुशिमा बुर्कुसि मार्दा बेलका काँडा पनि बिछ्यौना झैँ
सतरंग हुन्थे

अमरा, लिची, छिमेकीका अमलाहरु
उसैलाइ गिज्याउथे
छिमेकीका अमलाले पोल्टो भरीन नपाउदै छिमेकीदाइको
हात गालामा बज्रिदा कोक्किइ कोक्किइ रुने उ
आँशु सुक्न नपाउदै अमलाका फेदमा पुग्ने
उसको बालबपन

हो म साँच्चै हराएछु , भेट्दिन कतै आफूलाई
आक्कल झुक्कल एना हेर्दा
तिनै आँखा देख्छु तिनै ओठ देख्छु, तिनै नाक देख्छु
तर खै त्यो मुस्कान् , खै त्यो खुशि

फेरिएछु क्यारे म, कि फेरियो मेरो गाँउ
देख्दिन त्यो गोठ, देख्दिन त्यो गाई,
ढलेछ क्यारे अमराको रुख, लडेछ क्यारे अमलाको बोट
मकै पनि अचेल हाँस्न छाडे रे
बेल अमरा पाक्न छाडे रे
उसैलाई सम्झदा हुन हाँस्नु अघि, पाक्नु अघि
न म उ नै रहन सकेँ,
न मेरो गाँउ उस्तै रह्यो

म फेरिएँ, हो साँच्चि म फेरिएँ

Sunday, April 3, 2016

गजल "जिन्दगी"

न मारीहाल्ने न बाच्नैदिने घिटिघिटि जहर भो जिन्दगी
काट्नै गाह्रो उराठ लाग्दो प्रहर भो जिन्दगी

एक पल मुस्कुराउन तड्पिनु कति
आँखाका ओस नसुक्ने दुखियाको घर भो जिन्दगी
कुरि बस्नुकति गिद्यले सिनो कुरेझै
लैजानेको आसकी राँडिको रहर भो जिन्दगी

प्यासिको घर गडगड वाडिको भल्को
सुनामिको जस्तो थेगिनसक्नु लहर भो जिन्दगी
धुलो बन्दा सपनाका गगन चुम्बीमहलहरु
भत्के बिग्रेका सपनाहरुको खन्डहर भो जिन्दगी

तंग्रिएर हिँडुभन्दा लाठोहरु पर सर्दा
हैजाले गाँजेको थिलोथिलो शहर भो जिन्दगी
कुरि बस्नुकति गिद्यले सिनो कुरेझै
लैजानेको आसकी राँडिको रहर भो जिन्दगी
काट्नै गाह्रो उराठ लाग्दो प्रहर भो जिन्दगी

Monday, March 7, 2016

किन आज सब सुस्त सुस्त हुन्छ?


किन आज सब सुस्त सुस्त हुन्छ?


आज के लेखम् लेखम् हुँदा लेख्न बसेँ । दिमागमा एउटा कुरा सल्मलायो की केहि लेख्ने कुरै नभै लेख्न बस्दा कलम ले के लेख्दो रहेछ भनि हेरौँ हेरौँ लाग्यो र जबर्जस्ति कापिमा कलम जोत्न थालेँ आफ्नो दिमाग पुह्रै खालि छोडर । हेरी राखेँ । कलम मेरो बूढि औला र कान्छी औलाको बिचमा निचोरिदै कापिमा छट्पटाउन थाल्यो । मेरो दिमाग भने शून्य नै थियो । हेर्दा हेर्दै सोच्दा सोच्दै कलमले त एक अनुच्छेद नै पो लेखिसकेछ बिना सिर्षक बिना बिषय ।

म सधैझै आफ्नै खाटमा लम्पसार पर्दै देब्रे हातको कुहिनाले सिरानि अचेट्दै टाउको लाइ टेको दिदै छु । म सँग मै जसरी मेरो जुठो स्याउ चिमचिम गर्दै छ । जसै मधुमासको रातमा बेहुला बेहुलि को बिछ्यौनामा झैँ म मुनि लमतन््न तन्नामा बुट्टा मात्रै सहि गुलाब फूलेका छन्। म भन्दा मोटे सिरक मलाइ पेल्न खोजेझै गर्दै म तिर सर्दै छ । फेरी मै पनि के कम् उसलाइ पिठ्यूँ फर्काएर कलमले कापि माथि गर्दै गरेको रमितामा रमाउदै छु । हैन लेखुँ चाहिँ के आज? अझै सोच्दै छु । अँह केहि फुर्दै फुरेन।

यो जाबो छिमेकीको मोटरसाइकल कति ट्या ट्या गर्छ । यसलाइ चाहिँ नाकाबन्धी लागेनछ क्यारे । फेरी हेर न त्यै भटभटेको ट्याँ ट्याँ ले झर्को लागि रा बेला । मोबाइल ट्यार्र्र्र्र्र गर्यो । आँफूलाइ लेख्ने कुरा नफुरीरा को बेलाँ । जाबो फोन उठाउदिन बजेबजोस् । हैन लेखम् चाहिँ के के आज? लौन कोहि फुर्दै फुरेन ।

के लेखम् भनेर दिमागलाइ जोड दिँदा दिँदा गिदी ताति सक्यो तर पनि बिषय भेटिएन । न बिगतका आफ्ना कथा लेख्नु, न साथि भाइका प्रेम प्रसंग लेख्नु न मिलन्का कथा लेख्नु न बिछोड का कहानि , लेख्ने कुरै पो छैनन् त । कविता कथाका वारेमा के लेख्न समिक्षक परिएन । कसैको जिवन काहानी के लेखौँ कथाकार परिएन । वाँदरले केरा भेटेझैँ कलम भेटेका मेरा हातले जे मन लाग्यो त्यो लेखेर पनि भएन र खोज्न थाले लेख्न लायक विषय शिर्षक । खोज्दा खोज्दै केही नभेटे पछि आफैँ लाई आफ्नो एउटा जावो विषय नभेट्टाउने भुत्ते दिमाग देखेर झनक्क रिस उठ्यो र मझेरी तिर पुग्ने गरि कलमलाई फ्याँकि दिउ झै लाग्यो यो जावो कलमको पनि के दोष, फेरी फालीन । हेर्दा हेर्दै कापिको पाना पो भरिएछ तै पनि लेख्ने कुरो केही भेटिन। ।


मेरो खाना रेडी भयो रे म खान हिँडे विषयको खोजी फेरी फेरी गरौँला आजलाई कलम वन्द । हैन लेख्ने भए लेखम चाँही के के किन मेरो दिमागले कुनै  विषय नै भेटेन ?

हैन शिवजी को प्रसाद यस्तै हुने हो?

Monday, February 29, 2016

समय एक मलम्


“अरु कसैलाई यति घेरै पनि नजिक नवनाउनु ताकि उ बिना आफ्नो जिवन् नै बेकार् लागोस्”

यो भनाइ संग म कहिले सहमत हुन सकिन । मलाइ थाहा छ मान्छे त्यति कमजोर प्राणि होइन । मैले जति पनि मिलन बिछोडका काहानिहरु देखे, सुने, पढेको छु तिनमा जे जे राम्रो नराम्रो हुने हो सुरुवाति दिनमै हुनेगरेको भेटेको छु र समय वित्दै जाँदा सामान्य हुदै गरेको देखेको छु।

जटिल त केहि कुरा पनि छैन न सहज नै छ । जे हुनु छ त्यौ हुन्छ भने त्यसलाइ दुइ फरक कुनामा बसि किन ब्यख्या गर्ने ,उहि दृष्टिबिहिन हरुले हात्ति वयान गरेको कथा जस्तो? फरक यत्ति हो हामी सदृष्टि अन्दाज लगाउँदा पनि गलत लगाउछौँ उनिहरु विना दृष्टिको अन्दाज गलत निस्क्यो ।

कुरो हो समय र परिस्थीतीको। कुनै समय अत्यन्त जटिल लाग्छ, काट्नै पो सकिदैन झैँ । कहिले काहि त यो जिवन नै अन्त्य गरिदिउ जस्तो साहै्र जटिल , फेरि एकछिन् आँखा चिम्म गरेर आफु वाच्नु पर्ने कारणहरु केलाउछु, मर्नु पर्ने कारण केलाउछु र दुइ थुप्रा पारी समयको तराजुमा जोख्छु । हेर्दा मर्नुपर्ने कारणहरु धेरै देखिएपनि वाच्नुपर्ने कारण गह्रुगो पाएँ।
यसरी धेरै पल्ट जोखेँ, दाँजेँ र तौलेँ । हर पटक वाँच्ने कारणले नै जित्दै आए र म पनि जिउदो छु ।

मेरी एकजना साथि जिवन देखिनै थकित, अझ भनौ सम्बन्ध देखि क्षत¬ बिक्षत् भएको सुनेँ। कुरा गर्दा साहै्र कमजोर भएको पनि पाएँ । उनिलाई सम्झाउने शब्द पनि भेटिन अझ दिलासाका शब्द त झनै निस्केनन् । परि फेरि मनकि साथि । मन दुखेको बेलामा पनि साथ दिन सकिन भने के को मनको साथि भनेझै लाग्यो र केहि उनका मनलाइ टेवा पुग्ने शब्द छरिदिएँ । अब म उनलाइ कसरी वुझाँउ यो दुनियाँमा उनको पिडा भन्दा कयौँ गुना ज्यादा पिडा बोकेर मान्छे हाँस्दै बाँचेको छ ।

उनको पिडा रहेछ बर्षौ लामो प्रेम सम्बन्ध, बिहे सम्मको कुरो चलेपछि एक्कासी टुङ्गिएको । बिचरी मेरी साथि, उनलाइ कुन भाषामा सम्झाँउ त्यस्तो अन्तिम घडिमा धोका दिनेले मण्डपमा धोका दिन पनि सक्थ्यो। अझ जिवनको उत्तरार्धमा धोका दिन सक्थ्यो । उसले आज पाएको धोका अरु १० १५ वसन्त पछि पाएको भए के हुन्थ्यो?अनि त्यस्ताको सम्झनामा रुन्छिन् तड्पिन्छीन् अनि वाँच्नुको कारण भेट्दिनन् । उनलाइ वाँच्नुको कारण त्यति एउटा मात्रै हुँदैन भनेर बुझाउन पनि सक्दिन ।

हुन त उनको मन क्षतविक्षत भएको छ । वर्षौ देखि गोडमेल गरेको प्रेम थन्क्याउने वेलामा असिना पानी परेझै भएपछि नहोस् पनि कसरी? तर उनले बुझ्नु पर्ने के भने, म उनलाइ देखेको दिनदेखि आज सम्म प्रेम गर्छु । उनि आइन् गइन् फेरी आइन् । उनि अरु कसैसँग रमाइन् त्यो उनको खुसि थियो र त्यै मेरो पनि खुसि थियो । प्रेम प्राप्ती होइन प्रेम खुसि हो जो म अनुभव गर्दै छु । न म दुखेको  घाउमा मलम लगाउन सक्छु न मैले बुझेको प्रेमको अर्थ बुझाउन सक्छु ।

त्यसैले त म भन्छु कसैलाइ यति नजिक बनाउनुहोस् कि उसका सुख दुख आफ्ना लागुन् आँसु आफ्नो लागोस् हाँसो आफ्नो लागोस् त्यसपछि कहिल्यै उ विना जिवन वेकार लाग्ने छैन। जव प्रीतको साथि नबनाइ मनको साथि बनाउनु हुनेछ जसरी मैले उनलाइ बनाएको छु ।

यो समयको चक्रमा घडीको काँटाले धकेल्ने जिवन हामीले हाम्रो भन्न मिल्दैन । यो त वस् जसरी चल्छ चल्न दिने हो । चाहना राख्ने मात्रै हामीले हो प्राप्ति समयको चक्रमा छ भए पाइन्छ नभए अर्कै पाइन्छ तसर्थ सुख दुख हाम्रै कारण हुन्छन, हाम्रै मनका कारण । सहज रुपमा लिए सुखि भइएला जटिल सम्झे पिडा । छोराको दागबत्ति दिएर आउने पिता , पतिको लास बुझ्न आउने पत्नि , आफन्तीको बिचमा एक्लिएको मान्छे , बावु आमा बाट बिछडीएको बचेरोको पिर का अगाडी हाम्रा पिडा केही होइनन् । र त मान्छे बाँचेका छन् भने मैले सबै भन्दा बढी प्रेम गर्ने उनि लाइ नपाउनु या उनीले रोजेअनुसारको मान्छे नपाउनु कुनै धर्ति आकाश एक हुने कुरा होइन तर पनि म यी सव कुरा उनलाइ बुझाउन सक्दिन ।

ए समय, ए घडि तै बुझाइ दे उनिलाइ कि म पनि उनि जस्तै पिडामा थिएँ उनले छाडेको दिन तर आज सम्म प्रतिक्षामा सहि बाँचेकै छु भने उनि पनि फेरी खुशी हुन सक्नेछिन । फेरि हाँस्ने छिन् , रमाउने छिन् मेरी पहिले कि उनि जस्तै अनि म फेरि पनि उनलाइ हेरेर खुशी हुनेछु।

Twitter

Thursday, February 25, 2016

मोजा साह्रै गनायो


मोजा साह्रै गनायो आज । वासन आओस पनी किन, खुट्टामा जो लगाइदिन्छौँ । टाउकोमा लगाए पो गजक्क परेर सुभाष छरोस् । छाला, कपडा या प्लास्टीक का जुत्ता भित्र कोच्चीन परेको झोक आज मज्जा ले फेर्यो सुरज सँग ।

उस्लाइ मात्रै पिरे त हुन्थ्यो अगल बगलका को नाक सम्मलाइ छोडेन। उ छिर्दा छिर्दै वातावरणमा आतंक फैलियो एकाएक नाक नाकमा भिषण गोलावारी भयो । सायद आज मोजा निकै रिसाएछ । हुन त मोजाको के होस मोजा भन्दा अल्छि त उ आफै छ वेलामा नुहाईदिएन होला अनि रिस फेर्याे नि ! मोजाको पनि आवाज निस्कदा हुदा हुन त यो गन्ध भन्दा चर्काे स्वरमा चिच्चाउदो हो । हाम्रो नाक त यति पोल्यो विचरा त्यै मोजाको नाकको के गति भयो होला ।

साँडेको जुधाइ वाच्छाको मिचाइ भनेझै मोजा र उस्को युद्धमा वरपरका चाँही किन सहिद हुनुपर्ने ? मोजाको मुखमा टाँसिएको गोहि पनि वेहोसनै होला । युद्धमा छर्रा लागेको लडाकु जस्तो । विचरा त्यो जुत्ताको मुख पनि रात दिन लोकल ठर्रा धोक्ने जड्याहको मुख जस्तो वेस्वादे  भै’ सक्यो होला । सायद अव त गन्ध नभए विरामी पो पर्ला की ?

स्वार्थी मोरो गएर आफ्नै खुट्टो मात्रै धोएर आएछ । जे होस् एकछिन त वातावरण युद्ध पछिको मैदान्झैँ सान्त भयो। मोजा विचरा ढोकाको चेप छेउ लखतरान् एडिडास्को घिच्रो वाट तन्कि तन्कि हेर्दै छ । तलाइ पख्लास् भन्दो हो । उसले भोलि पनि यहि लडाइ लड्नु भन्दा यो पाजि मोजालाइ टिपेर पानिमा अहिल्यौ पछार्दिम् सोचेन । भोलि फेरि घमासान् पर्ने भो।

Twitter @sekharbhadrakha

Tuesday, February 23, 2016

“प्राथमिकता”

कुनै जमनामा उसकै नाममा लेखिन्थे कविताहरु मेरा कलमवाट । ति थिए अवोध भाावनाका पाटा । आज एक दशक भन्दा पछि (सायद तेह्र वर्ष चल्दै होला उसलाई नदेखेको) हुलमुलमा दुईचाार शब्द मिसियो उनिसँग गु्रप च्याटमा । ऋषिकेश वाट दिल्लि फर्किदै गर्दा एयरटेल नेटर्वकले त्यो अवसर जुरायो । हतारको जिन्दगिमा दौडदा दौडिदै धेरै कुरा विर्सन्छ झै लाग्थ्यो तर होइन रहेछ । रहेछ त वस् प्राथमिकता मा परिर्वतन । उन ताका कक्षा वेलामा पुग्नु, सवै होमर्वक वुझाउनु, पाल्देन सरवाट सके सम्म धेरै मेरीट वोटल्नु । प्रताप सरको चड्कन नभेट्नु, दुर्गा म्याडमको लिपिस्टिक विग्रलाझै सम्हालेर भनेका कथा सुन्नु र परै वाट नै सहि उस्लाइ हेर्नु अझ भनौ उसको नजरमा पर्नु नै प्राथमिकता विषय थिए ।त्यसैैले त चाडै स्कुल पुगेर स्मीतको कापि सारिन्थ्यो, ध्यान दिएर कथा सुनिन्थ्यो, साइन्सका डेफिनेशन नवुझे पनि घोकिन्थ्यो, ग्रामर कहिल्यै घुसेन मेरो दिमागमा र पनि मेरिटको लोभमा सारिन्थ्यो, विराटको फेशन शो टाइममा शो भन्दा वढि उसलाइ हेरिन्थ्यो शो आज उसकै सम्झनामा वोल्दैछ यो कलम ।

आजका प्राथमिकतामा वेलैमा उठ्नु फ्रेश हुनु देश विदेशको खवर वोटल्नु, फेसवुक टुइटर चियाउनु सकेको चाँडो चारो टिपेर अफिस पुग्नु, फाईल पल्टाउनु , आफ्नो मात्र चासोले नपुगेर अरु कहाँ पुगे भनेर नियाल्नु , अरुको प्रगतिमा दुखि हुनु आफुले कमाएकोमा खुशि नहुनु जस्ता कुराहरु परेछन् । कहिले काहिँ साथि भाइ भेटेर जे.डि सँग आफुलाइ भुल्ने प्रयास पनि अक्कल झुक्कल प्राथमिकतामा पर्ने गर्छन । के म ठिक जिवन जिउदै छु । म हिँडेको वाटो सहि हो ? अनि एसो ऐना हेर्दा टल्कदै गरेको तालु देखेर विरक्त हुँदै केही क्षण तिनै साना तिना कुरा प्राथमिकतामा भएका दिन याद गर्छु र आफुलाई खुशि पार्छु ।

उ भन्दा ठिक पछाडिको वेन्चमा म  र विष्णु वसिन्थ्यो । मलाइ उ साह्रै मन पर्ने कुरो विष्णुलाइ राम्ररी थाहा थियो । त्यसैले त मैले कपाल तानेझै लाग्ने गरेर विष्णुले तानिदिन्थ्यो उ फरर्क रिसाएर पछाडी र्फकन्थि मनमा कस्तो कस्तो हुन्थ्यो । अहिले त्यही कुरा रमाउने वाहाना वनेको छ  । विष्णु फसाइदिन्थ्यो र हाँस्थ्यो । आफ्नो उसलाइ छुने आँट काँहा वाट आओस उसले हेर्दैमा मुटु मुखैमा आउला झै गरि उफ्रन्थ्यो, आहा कति मिठो अनुभव । हुन चाँहि के कुराको डर थियो त्यति खेर र आज त्यो डर किन आएन मैले कुरो वुझिन तर आज उनि सँग दोहोरो नकुरा गरेकोे पहिलो पटक होला डर भने लागेन ।

मैले देखे र सुने अनुसार प्रेम हरु सफल र असफल हुन्छन रे र मान्छे खुशि र दुखि वनछन रे तर मैैले भोगे अनुसार भने प्रेम अलि फरक पाएँ । प्रेम वस् प्रेम हुन्छ न सफल हुन्छ न असफल नै मेरो जस्तै । सवैले वुझने प्रेम नभइ प्रित रहेछ जसमा मिलनको मिठासको लोभ हुन्छ । जसले गर्दा पाए सफल नपाए असफल । गर्छु भनेर गर्न नमिल्ने र छोड्छु भनेर छोड्न नसक्ने सम्वन्धमा लोभ को ठाउँ रहदैन हो त्यहि रहेछ प्रेम ।

हो म आज प्रेममा छु मेरो हिजोको जिवन सित प्रेममा छु । यसमा ा प्राप्तिको लोभ छ न छुट्ने डर नै । यि सम्झना मेरा हुन म यिनै सँग प्रेम गर्छु । तिनै कक्ष कोठा तिनै साथी तिनै मेरिट र डि मेरिट को होड तिनै साथीका उट्पट्याङ तिनै कर्के नजर अनि तिनै उनि ।
हो म मेरो अतित सँग प्र्रेम गर्छु । यसैले हँसाउछ यसैले रुवाउँछ यसैले वाँच्न सिकाउँछ र मलाई म वनाएको छ ।

Twitter@sekharbhadrakha

Monday, February 22, 2016

“विक्रिमा मानव सम्वन्ध”


हैन वार्टरकै जमानापो ठिक थियो कि क्याहो । यति तनाव त थिएन होला सायद त्यो जमनामा । जवदेखि यो सटही विकास भएर पैसा सम्म आइपुग्यो तव देखी मानव सभ्यतामै तनाव र चिन्ताको पनि उस्तै गतिमा विकास भएको मेरो ठम्याई छ । आजकल हर कुरा सँग पैसाकै तुलना हुन्छ । मान्छेको सफलता, असफलता देखी वलियो र निर्धाे मापन यै पैसाले गर्छ झन सम्वन्ध त पैसाकै खोस्टा भएको छ “जसै आँउछ छ जसै गयो सक्यो” । पैसाको खोस्टा जस्तै फितला भएका सम्वन्धहरु हर गल्लिमा झ्याँगिदै मासिँदै गरेको देखेको छु । न ति सम्वन्ध उम्रन कुनै ऋतु कुर्नु पर्छ न झर्न कुनै याम त्यसैले त अचेल वसन्त, वसन्त छैन न हेमन्त शिशिर नै उस्तै रहे ।

प्रसंग हो मेरो छिमेकिको ! केही हप्ता अगाडी मेरा छिमेकी दाइकोमा अकस्मात् नयाँ अनुहार देखा पर्यो । सधैँ झैँ म कुकुर सँग खेल्दै थिएँ कौसीमा । पल्लो घरको कौसीमा दुई जना कुरा गर्दै गरेको देखेँ । छेउछाउका सवै घरमा कुनै नयाँ मान्छे देख्ने वित्तिकै गु फुत्केला झै भुक्ने मेरो कुकुर ति नयाँ मान्छेलाइ भने एकफेर पनि भुकेन । सायद तिनको सुटलाई पो सम्मान गर्यो कि । यी हेर्नुस यहाँ पनि पैसा हावी भयो । सुनेको थिएँ गल्लिका कुकुरहरु पनि लुगा हेरेर व्यवहार गर्छन र तर त्यस दिन आँफैले देखेँ । म कुकुर खेलाउँदै थिएँ खासै वोली नहाल्ने छिमेकी दाई आज,“ ए ......आज त घरै हुनुहुँदो रहेछ । छुट्टी हो की कसो ?” भन्दै वोले मैले पनि प्रतिउत्तरमा “हैन आज यसो ढिला जाँउ कि भनेर वित्दा के नै छ र ” भने । छेवैको नयाँ अनुहारले एयर¬होस्टेज स्माइल फ्याँके छिमेकी दाइले पनि मौका छोपेर “उहाँ चाँही मेरो आदरणिय दाइ” भने । मैले पनि आदरणीय भनिसकेपछि एक नमस्कार चढाँइ दिएँ । गजक्क परेर उनले पनि प्रसाद झै नमस्कार फिर्ता गरे । त्यस पछि म कुकुर सँग व्यस्त भएँ उनिहरु के के गफ गर्दै थिए ख्याल राखिन ।

केही दिन पछि प्रजातन्त्र दिवसहको दिन उसै गरि फुर्सदमा कुकुर नुहाइदिन भनि कौसिमा उक्लें । फुर्सद पनि थियो । जानु कहिँ थिएन । भर्याङ चड्दा चडदै देखीने कौसीमा एकोहोरीदै गरेको देखेँ उनैछिमेकी दाइलाई, टोलाउँदै थिए हेर्दा लाग्थ्यो देश विग्रेकको चिन्ता र साह्रा जनताको सवै तनाव उनैमा सवार थियो । भर्याङ चढ्दा चढ्दै भएको आँखा चारले वोल्नै पर्ने वनायो र सोधें “के छ दाई” लामो सास फेर्दै “के भन्नु भाई ठिकै” भने उनको लामो सास, निरास अनुहारले झरी पर्ने संकेत गर्दा गर्दै ठिकै भनेर मलाई तसल्लि त दिए तर उन्को अनुहारमा घण्टा घरको सुइले भन्दा चर्काे स्वरमा वाह्र वजाइ रहेको म प्रस्टै देख्थेँ ।

मैले कुकुर नुहाएर सकें । गएर आँफै पनि नुहाएर आँए । त्यति वेला सम्म वुढा मुर्ति नै रहेछन् ।  वोलाएरै सोधेँ “ए दाई के भयो चिन्तीत देख्छु त” । के भनौँ भाइ भने पनि नपत्याउने काहानी छ । अस्तिका दाइ हुनुहुन्थ्यो नि मेरो मा आउनु भएको, हो उहाँ दुई दिन भयो सम्पर्कमा हुनुहुन्न । सोचेँ एउटा जावो मान्छे सम्पर्कमा नहुँदा नि के साह्रो चिन्ता ल्या होला । अलि कौतुहल हुँदै सोधेँ, “को आफन्त हुनुहुन्थ्योे ? अनि कता हराउनु भयो त ? कतै केही त भएन ?” टिठ लाग्दो अनुहार पार्दै भने “त्यस्तो होइन भाई उहाँ अप्ठ्यारोमा हुनुहुन्थ्यो र त्यति वेला सहयोग गरेँ आफुले नसक्दा नसक्दै पनि ऋणा खोजेर सहयोग गरेँ । पछि दाजुभाई जस्तै भइयो मेरोमा नै वस्नुहुन्थ्यो तर केही दिन पछि आफ्ना सवै सामान घर पठाइदिन्छु भनेर लग्नु भयो र त्यसको भोलीपल्ट देखी घरै आउनु भएन । ऋण खोजेर ल्याएको साहु माग्न घर सम्म आइपुग्यो फोन गर्दा उहाँ दाई संग सम्पर्क नै हुँदैन । अकस्मात उनकै फोन आउँछ “ समिर भाई मलाइ तपाइकै चिन्ता छ, त्यस्तो अप्ठयारोमा सहयोग गर्नु भयो । म मिलाउँदै छु भोली पैसा तिरी दिउँला म लिएर आउँछ”ु । खै के वुझौँै भाई लिएको पैसा डव्वल तेव्वर भै सक्यो । तिरौँ तिर्न सक्दिन नतिरौँ डव्वलको तिव्वर, तिव्वरको चौवर हुन्छ । हिजो भनेको तिन दिन वित्यो न दाइ आइपुग्नु भयो न पैसो आइपुग्यो । हिजो त भयो भाइ त्यो साहुलाइ चेक दिएर पठाइदिनु मैले पैसो हालि सकेँ भन्नु भयो जाँदा छैन रै छ । मलाइ पुलिस केश गर्छु भन्छ साहु म के गरौँ भाई ?” ओहो कस्तो समस्या हेर्नुस यहाँ पनि पैसै हावी भयो । साधारण चिनजान दाइभाइ जत्तिको वन्दा सम्म केही चाहिएन अहिले जरो काटिएको फर्सिको झ्याल झै मुर्झाउन लाग्दा कारण त्यै पैसो । हो त्यसैले त म भन्छु सम्वन्धहरु माौलाउन वरु अनेकौँ कारणहरु चाहिन्छ तर मुर्झाउन एउटै पैसो काफि छ ।

दुनियाँमा अवसर वादीहरुको कमि त छैन तर मेरा छिमेकी दाइ जस्ता कारुणिक हृदयी प्राणि पनि जिउँदै छन । उनलाइ सहयोग गर्न न कुनै सम्वन्ध चाहियो न कुनै धरौटी या प्रलोभन वस सहयोग गरे । यस्ता प्राणि हरु यस धर्तिमा अझै चाहिएको छ तसर्थ उनको सहयोगी मन भाँचिन नपाउँदै उनका ति दाइ आइपुगुन् र समस्या सामाधान गरुन ।

“प्रकृतिले पशु वनायो र अलिकति खोपडिमा सिगान भरिदियो, त्यसै सिगानले पैसा वनायो र आज तिनै पशु पैसाको आडमा प्रकृति वदल्न उद्धत छन् हे प्रकृति मलाइ माफ गर मैले रोक्न सकिन”

Sunday, February 14, 2016

आज प्रेम दिवस

प्रेम दिवसका लहरहरु झ्यालवाट
चियाउदै छन्
आफु, भित्र उनलाइ अँगालेर वसेको छु
आज छाती न्यानो छ

सायद अँगाल्दा यस्तै हुने होला सधै,
कता कता आज गालामा उनको स्पर्श
अनुभव गर्र्दैछु, आज प्रेम दिवस्

यो स्पर्श कस्तो ? साह्रै अद्भुद साह्रै प्यारो
साह्रै मिठो के यो उनको ओठ
नजिकीदाको अनुभव हो ?
कि उनका भिजेका ओठका स्पर्श हुन ?
आज एकाएक
ओठमा मुस्कान पाउछु आफ्नै
मन हलुङ्गो अनुभव गर्छु,
आज प्रेम दिवस्

न्यानो न्यानो अँगालोमा छु,
नविन अनुभवमा छु
धडकनमा अनौठो तरङग छ ,
मन उसै प्रफुल्लीत
प्रफुल्ल भै उफ्रदै गर्दा कतै केही खसेझै भो
मुटु यो खस्यो कि ?
एकै छिनमा उनको अँगालो चिसो भो
आफु त खाटवाट तल पो खसिएछ विउझदा
ओहो आज त प्रेम दिवस्


@sekharbhadrakha

Tuesday, February 9, 2016

प्रेम दिबस येस्पलि

प्रिय
सप्रेम मिठो सम्झना,
हुन त मलाइ आजकल मेरो कलम र कापी सँग खेल्न रमाइलो लाग्छ । वचेको समय कि किताव पढ्छु कि सुत्छु यीनेै हुन मेरा प्रिय वानिहरु तर तिनै वानी हरुमा अचेल एउटा वानी थपिएको छ तिम्रा कल्पनामा हराउने । मेरो व्यस्त दिमाग भ्याइ नभ्याइ संसार चाहार्दै हुन्छ कतै विचमा तिमी स्मृतिको थैलो वोकी ढोका ढकढक्याइ दिन्छौ ।

हतार हतार ढोका खोल्छु ढोकामा मान्छे कोही हुँदैन । वस् हुन्छ त थैलो भरी छचल्कदै गरेका तिम्रै ति यादहरु । म सम्हालेर भित्राउँछु । ओल्ट्याइ पल्ट्याइ हेर्छु कतै धुलो पो लाग्यो कि ? टक्टक्याउँछु, पुच्छु, छातीमा लगाउँछु तिनै पलका यादहरु जुन तिमीले हाम्रो पहिलो र अन्तिम एक निमेषको भेटमा छाडी गएकि थियौ । तिमीलाइ याद छ मैले त्यसै निमेषमा पनि पछाडी वाटै सहि, एउटा तिम्रो तस्विर कैद गरेको थिएँ । हुन त अचेल सोसल मिडियाहरुमा तिम्रा अनेकौ तस्विर सजिलै पाउछु र हेर्छु पनि तर त्यस तस्विर जति आत्मीय लाग्दैनन् ।प्रेम एकै नजरमा हुन्छ भन्ने कुरामा मलाइ विश्वास थिएन । तर त्यस दिन  तिमीलाइ भेटेकै क्षण तिमीलाइ गुमाउने डर लाग्यो । प्रेम भएछ “काली” तिमी संग त्यसै वेला । त्यती धेरै त म त्यस भन्दा अघि कहिल्यै डराएको थिइन ।

तिमी मैन वत्तिकि साह्रै मेहनतले वनाएकी सुन्दर वार्वि डल जस्ति साक्षात तिमी मेरो अगाडी पर्दा हडवडाएर के गरे के वोले मेसो सम्म पनि पाइन । त्यस दिन सायद तिमी क्लास सकेर घर फर्कने वाटोमा थियौ । म त्यस दिन भन्दा चार दिन अघि देखि तिम्रो वाटो कुरीरहेको थिएँ । तिमीलाइ त्यो भेट आकस्मिक लाग्यो होला तर अहँ त्यस जाडोमा पनि कति विहान तिमीलाइ कुरेर विताएँ । मेरो धेरै दिनको प्रतिक्षाको फल थियौ तिमी । मेरो आँखाकी तृप्तता थियौ तिमी ।

तिमी जाँदै थियौ वस भन्न पनि सकिन । वस् हेरी रहेँ । थोरै भएपनि गाढा अक्षरमा मिठो कथा लेखेर गयौ जुन अचेल हरदिन नविराइ पढ्छु । यो प्रेम भन्ने चिज पनि क्या गजव हुने रहेछ । तिमीलाइ भेट्न तड्पिदा पनि मजा, तिमीलाइ भेट्दा पनि मजा र अहिले तिम्रा कल्पना मा हराउँदा पनि मजा । तिमीलाइ प्रियसी भनी सम्वोधन गर्न पनि सक्दिन फेरी नसम्झि वस्न पनि सक्दिन । न यो पत्र तिमीलाइ पठाउने ठेगाना नै छ म संग न पठाउने चाहाना नै । हायद म अझै डराउँदै पो छु की, तिमीले माया गर्दिन भन्छौ भन्ने त्यसैले हो की मलाइ तिम्रो कल्पना नै मिठो लागेको ।

जे होस् कल्पनामै सहि आइरहेकी त छौ । तिमी विना त अचेल एक पल पनि कल्पना गर्न सक्दिन । तिमी मेरो मन वनेकी छौ मुटु वनेकि छाै मेरो मस्तिष्क को स्फुर्ति वनेकी छौ । कति मिठो भएको छ यो पल यो तिमी सितको काल्पनिक प्रेम । तिम्रो नाममै आग्रह पाउँछु । यताकता भेटिने तिम्रा तस्विरमा तिम्रा आँखा नियाल्छु चाहानाले टिल्पिल टिल्पिल ति आँखाको वेग थेग्न सक्दिन झै डर लाग्छ । ति टल्पलाउँदा आँखावाट मेरो कारणा आँशु नवगुन भन्ने चाहान्छु । दुनियाँ मलाइ वेवकुफ मा गिन्ती गर्ला । प्रेमीका रोली भनेर प्रस्ताव नै नगर्ने, भेट्दै नभेट्ने भन्ला तर तिम्रो खुशीका लागी यति त के हर चिज त्याग गर्नेछु । दुनियाले हामीलाइ एक हुन दिने छैन । त्यती वेलाको पिडाले  दुवैजना जल्नु भन्दा आज मै जलेको वेस् ।

दुनिया सवै त्याग गर्न सक्छु भन्दै कतै तिमीलाइ नै पो त्याग्दै छैन म ? प्रिय, । विछोडको डरमा तिमी वाट टाढिने मेरा वाहानाले अचेल मलाइ पोल्छ कल्पनामा मात्र नभइ साँच्चै अँगाल्न मन लाग्छ । यत्रो ठुलो थकान जिन्दगिको थकान तिम्रै काखमा विसाउने मन छ । मेरो कल्पनाकी परि तिम्रो मायाले अचेल साह्रै पिरोल्छ । तड्पिन्छु मुर्छा पर्छु अचेल वस् तिमीलाइ एउटै कुरा भन्नु छ कि म तिमीलाइ आँफु भन्दा धेरै माया गर्छु । तिमी संगै जिन्दगीका उतार चडाव काटने रहर छ ।


उहि तिम्रो प्रेमी

 SB khanal

Friday, February 5, 2016

खित्का छाडी छाडी

म हुनुमा मलाई गर्व छ भने तिमिलाइ के को खस् खस् ? ए समाज म तिमिलाइ देखेर दिक्क भए । तिमी त वन्चरो जस्तो रै छौ ,म मुढो ताक्दा तिमी त मेरै घुँडो ताक्ने रै छौ । म पनि त तिम्रै अंश हुँ। त्यै सोचोर तिमीलाई सपार्न चाहे तिमी त मेरै खोइरो खन्दै विगार्न लागी परिरहेछौ । म सवै जना खुसी होउन भन्छु तिमी मेरै खुसी खोस्न उद्दत छौ के तिमीलाइ म हाँसेको भन्दा रोएको मन पर्ने हो र ? हुन त तिमीले मलाइ कहिले पो खुलेर हाँस्न दियौ र ? साँच्ची एक फेर भन त, म दिल खोलेर हाँस्दा कस्तो देखिन्छु, देखेका छौ ?

अत्ती भए पछि त गुण पनि तितो हुन्छ भनेर तिमीले नै भनेका होइनौ? आज म तिम्रो स्वादमा त्यै तितोपन महसुस गर्न थालेको छु । दिल खोेर हाँस्न त दिएनौ दिएनौ केही पलको खुसी त दिनु । ल भैगो, खुसी त दिन सकेनौ सकेनौ दुख त नदिनु । अझ नभएर दुख माथी आँशु थपेर पठायौ र पनि गुनासो राखीन । तिमीले त मेरो भागमा खुसी पारेनौ पारेनौ ठिकै थियो,के म अव आफैमा रमाउन पनि नपाउनु ? तिमीले नदिएको खुसी खोस्ने हक चाँही कसले दियो  तिमीलाई नै फेरी ?  तिमीले त न घरकै वनायौ न घाटकै । वनायौ त वस् ढाँडखोलाको वतासे मसान ।

अव त तिमीलाइ सम्वोधन पनि के भनेर गरु, सम्मानका शब्द तिम्रा नाउमा निकाल्नै मन लाग्दैन घ्रिणाको शब्द आँफैलाइ आउँदैन । यस्तो दोधारमा पार्यो कि २ रुपैयाँको टोपाज ब्लेड तिम्रा अगाडी भुत्ते भो । तिमी त वेमौसमको हुरी भन्दा पनि वैगुनी निस्क्यौ । आँफै धोती तानेर आँफै दुइ वित्ताको दाह्रा देखाएर हाँस्छौ । तिमी अवुझ हौ की वेसरम छुटउनै सकिन । हे समाज तिमी अवुझ भने त ठिकै छ कुनै दिन वुझौला सिकौला तर तिमी वेसरम रै छौ भने त म सधैँ यसैगरी हाँसेको पात्र भै रहन सत्तिन । एक दिन तिम्रै धोती तानीने छ अनी म हाँस्ने छु मज्जाले खित्का छाडी छाडी ।

Monday, February 1, 2016

“ मेरो पनि वहिनी हुन्थी भने ”

“ मेरो पनि वहिनी हुन्थी भने ”

लक्ष्मी पुजा गर्दा आमा संगै यता उता
छुनु मुनु गर्दि हो ।
लक्ष्मीमाताको पुजाको लागी, फुल टिप्न पठाउँदा
सयपत्री र मखमली हेरी मख्ख पर्दै
खाली हात फर्कदी हो
आमाले गालीगर्दा डराउँदै
त्यो तभाईटिकामा माला उन्न चाहिन्छ
भन्दी हो
यदि
मेरो पनि वहिनी हुन्थी भने ।

दाजु भाईको एश वृद्धि, आयु वृद्धिका लागी
वालिने लक्ष्मी पुजाको दियो
रातभर कुर्दि हो
कहिले काँही मलाई सताउन, भित्र भित्र हाँस्दै
म तिर फर्कि रोए रोए झँै गर्दि हो
लाडीँदै कहिले माया गर्दि हो
कहिले कपाल लुछ्दी हो
यदी
मेरी पनि वहिनी हुन्थी भने ।

गोवद्र्धनको दिन भर
मेरो मन पर्दाे मिठाई  खोजेर
वजार वजार चाहार्दि हो
भाई टिकाको सर्दम सगै
विमीरो ओखर जुटाउँदी हो
मेरै निम्ती मुस्कान छर्दै सारा थकान भुलाउदी हो
यदी
मेरी पनि वहिनी हुन्थी भने ।


टिकाको दिन सवेरै, प्रथम प्रहरमा उठेर
तेल धाराले दैलो छेक्दी हो
हिजो माया गरेको मखमली आज रमाई रमाई चुडेर
सुन्दर माला वनाई
हेर्दै मख्ख पर्दि हो
यदी
मेरी पनि वहिनी हुन्थी भने ।

Thursday, January 28, 2016

म ऐना हुँ तिम्रो दर्पण देखाउने

म ऐना हुँ तिम्रो दर्पण देखाउने
त्यसैले त म अचम्मित छु
तिमीलाई देखेर अहो !

रिसाउँछ्यौ, खुसाउँछ्यौ भावुक
हुँदै आँशु खसाउछ्यौ कहिले
एक्लो दर्शक हुँ म तिम्रा ति पलको

सर्माउँछ्यौ, आँखा झिम्क्याउँछ्यौ ।
सिंगार्दै आँफुलाई कहिले
एक्लो साँक्षी हँु म तिम्रो त्यो लाजको



पचाउँछ्यौ लाज कहिले, सर्वाङ्ग
वस्त्र सवै उतारेर कहिले,
हुँ मै हुँ एक्लो साथी तिम्रो, नर्लज्जाको

देखिन्छ्यौ रे थरी थरी रुप र रङ्गमा
दुनियाँको अघिल्तीर,
कोही रुप हेर्छन रे
कोही राग हेर्छन रे तिम्रा
तर
मै हुँ एक्लो प्रत्यक्ष दर्शी तिम्रो
सम्पुर्णताको

देखेँ तिम्रा हरेक रुप
देखेँ तिम्रा लाज पनि
देखेँ क्रोध, लोभ, मोह अनि माया
देखेँ तिम्रो भाव पनि
म ऐना हुँ तिम्रो दर्पण देखाउने


By: SB khanal
twitter:@sekharbhadrakha

Tuesday, January 26, 2016

“उध्रेको चोली”

आज अनामनगरको मन्डला थिएटरमा वहुचर्चित अभिनेता दयाहाङ राई अभिनित नाटक  “र..माइलो” हेर्ने साइत जुर्यो नाटकमा मुख्य पात्र जय मुकारुङ (लेखक) माइलाले पाएको सास्ती आन्द्रा वाउँडिने गरि हाँस्दै हेरीयो । फ्रान्सेली नाटकको नेपालीकरण भए पनि हाम्रै समाजको हर परिवारमा हुने दैनिकि नै मन्चन गरिएको थियो । सायद फ्रान्सेली समाजमा पनि परिवार भित्र यस्तै झमेला हुँदा हुन् र त यो नाटक लेखीएको होला । खएर जे सुकै भएपनि मेरो मनमा विझेको कुरो के भने नाटकमा देखाइएको लेखक को हो? उस्ले पाएको सास्ती कस्तो हो? हामी दर्शक को हौँ ?अनि हाम्रो हाँसो कसरी निस्क्यो? यी र यावत् प्रश्नहरु नटक चलिरहँदा हामी विच कसैको मनमा पनि आएन । हामीले भुल्यौ । त्यो “माइलो” हामी मध्यकै एक हो । उस्ले पाएका सास्ती तपाँइ हामीले भोगीराखेकै सास्ती हो । नाटक हेरीन्जेलको मात्र हामी दर्शक हौँ । त्यस् हलवाट निस्कने वितिकै हामी मध्यका हर दर्शक उसै नाटकका पात्र नै हो । अनि फेरी हामी हाम्रै दुःख मा किन हाँस्यौ ?

 के हामी मान्छेको स्वभाव “तमासे” नै हो त ? अरुलाई पर्दा त्यै सास्ती हाँसो अनि आँफुलाई पर्दा चाही सास्ती अनि पुरपुरो समाउनु पर्ने ? यस्तै यस्तै कुरा मनमा खेल्दै गर्दा, मञ्चको अगाडी पलेटीकँसेर पेट मिच्दै हाँसेको आफ्नै हाँसो सम्झेर खिन्न लाग्यो । लाग्यो त्यो नाटक एक अवलाको उध्रको चोली हो र म त्यै अवलाको तमासे दर्शक । म पनि आम दर्शक सरहै हाँसे डल्लो परि परि तर आम दर्शक सरहै विर्सन भने सकिन । हामी र हाम्रो स्वभावको पाठ अनामनगर देखी शान्तिनगर सम्म  पैँतला घिसार्दै गर्दा जति प्रस्ट भयो सायद त्यहाँ भन्दन अगाडी थिइन रहेछु ।

म लगाएत हामी, समग्रमा हाम्रो समाज कसैको चोली उधार्न पनि पछि नपर्ने अनि त्यै उध्रेको चोली रमिते भै हेर्न पछि नपर्ने नमिठो यर्थाथ वोध हुँदा खिन्न भएँ । हुन त मै पनि त्यै नाटक का हर पात्रको भुमिकामा देखीसकेको हुँला यो समाजमा सास्ती पनि भोगेँ होला । सास्ती पनि दिएँ होला । एक एक लाइ म त तिमि या तपाँइखभन्दा पनि हामी मानव जातीमा पर पिडक प्रवृति वढ्दै गएको मैले पाएको हुँ । अरुको पिडामा रमाउनु आफुले आफ्नै दुःखलाइ निम्तो दिनु पो हो कि । एक फेर  फुर्सदमा आँखा चिम्म गरेर घोत्लिने पो हो कि ?

नाटक हेर्ने संस्कार या वानि नभएका नेपाली दर्शक माझ मण्डलामा टिकट नपाइ पलेटी कसेर हेर्नु पर्दा दुख भन्दा खुसि लाग्यो । कलाकारहरुको जिवन्त अभिनय, सेटको राम्रो डिजाइन, वत्तिको उचित प्रयोग द्धारा नाटक अझ वढि सफल र स्मरणिय हुनेमा दुइमत छैन । केही पुराना कलाकार। केही चलेका कलाकार र केही नयाँ कलाकार कोप्रयोग निर्देशक सोमनाथ खनालले निकै कलात्मक रुपमा गरेका छन् । फ्रान्सेली कथा नेपालीमा मन्चन त्यो पनि समसामयीक घटनामा जोडेर पस्किनाले नाटक अर्थपुर्ण वनेको छ ।


By:SB khanal
Twitter:@sekharbhadrakha

Thursday, January 21, 2016

ढुङ्गा संग प्रेम

किन खै अचेल यो मन अल्मल परि दिन्छ।
बिना कारण ढुङ्गा सग प्रेममा परि दिन्छ।

नसोचेरै सोचिदिन्छ उसै मुर्ती बारे
गर्दिन रे प्रेम मलाई र नि गरि दिन्छ।

नसोच न ए बेकुब भन्दै मनलाई सम्झाउछु
रमाइ रमाइ बेबकुफी आफै गरि दिन्छ।

मुर्ति बाट आस्था पनि हटाउनु क्यारी
अनायसै हातहरु जुम्ली परि दिन्छ।

न शब्द भेट्छु न अर्थ भेट्छु न बहाना नै कुनै
किन खै अचेल यो मन अल्मल परि दिन्छ।
बिना कारण ढुङ्गा सग प्रेममा परि दिन्छ।

Monday, January 18, 2016

माघि/माघेसक्रान्ती हिजो र आज

हिजो राती धेरै वेर सम्म निदाउन सकिएन पुषको अन्ति रात भएर पो हो कि ? यो मोवाइल भन्नी भाँडो पनि अचम्म वन्याछ अचेल समय हेरे नि हुनी तापक्रम हेरे पनि हुनी स तापक्रम पुुुगेको रहेछ न्यूनतम् विन्दुमा अनि प्राधिकरणले विल धेरै नउठोस् भनेर दिने गरेको दुइचार मिनेट वाला वत्तिपनी नभाको । क्यारी तातोस् र लागोस् निन्द्रा । रुइ, दुुइ र फुइ भन्थे वुढापाकास फुइ को के कुरा प्राधिकरणको पेवा भइगो । दुुइका त के कुरा गर्नु झन आफु परियो एकलकाटे वुङगो । वचेको त्यै रुइमा गुटुमुटु पर्दा काठमान्डौको चिसोले एस्।एस्।वि घुसेझै घुसेर अत्याचार गरेपछि निन्द्रा देविको विचल्ली त हुनेनै भो । आज विहान एक्कासी कानमा मन्दिरमा वावा आमाले पुजा गर्दा वजेको घन्टि टिनटिनाउन थालेपछि  व्यूझेँ तर कतिखेर निदाएछु राती यादै भएन रातभर ( करवठ् वदल् वदल्के सारी रातझै भो । )

 आज रहेछ माघे सक्रान्ति, सानोमा एकचोटी हाम्रा फुपाजुले मलाइ जिस्काउदै “हेर त वावु यसपाली पनि माघे सक्रान्ति माघको एक गते नै परेछ” भन्नु भएको याद आयो । तनहुँमा हुँदा म सानै थिए उ दिनमा थिए चाडवाडको महत्व । “ यसपालि सक्रातिमा देउघाट जाने हो” भनेपछि पन्ध्र पुष देखी नै सक्रान्तिको कुराइ गतिलै हुन्थो । मसान्तिको दिन गएर ठुलोवावाको मा वसिन्थ्यो  भरतपुर अनि सवेरै उठेर  देवघाट पुगिन्थ्यो ठन्डि पनि ठन्डि लाग्थेन रमाइलो ले होला । हुस्सु लागेको सडकमा रिक्सा चढेर वसपार्क अनि ट्याम्पो चढेर देवघाट ओहो कति रमाइलो१ विक्रम ट्याम्पो मा सरर । यात्रु जति सवै आफ्नै फुुपुदिदी, आमा, ठुलोआमा, दाईहरु, वैनि र म । हुुल वाँधेर पुगिन्थ्यो । ठुलो हुल भए पनि हामी केटा केटी नै धेरै हुन्थ्यौ । आमाहरु ट्याम्पुवाट उत्रदा उत्रदै हामी भुुराभुरी टोली चितवन र तनहुुँ जोड्ने झोलुुङगे पुलमा उफ्रन पुग्थ्यौँ ।

समथर तराइको मुुहान झै लाग्ने देवघाट धाम झिस्मिसेमै उठि सकेको हुन्थ्यो  । हुस्सुले डम्म ढाके पनि काली गण्डकी र नारायणीको कानेखुसी प्रस्टै सुनिन्थ्यो । खचाखच मान्छेले भरिएको पुलपनि हामी वल लगाइ लगाइ हल्लाउन खोज्थ्यौ तल नारायणीका छालहरु हामीलाइ छुन हात लम्काइरहेका हुन्थे । दोभानमा मकर नुहाउनेहरु चुपुल्की मार्दै हुन्थे । कोही डुङ्गा चढेर तर्दै हुन्थे नदी प्राय सवै खुसी देखिन्थे तर हतारमा । कोही कोही भने शोकमा देखिन्थे पारी किनारमा मलामिको लर्को पनि देखिन्थ्यो । न जिवनको सुर्ता न मरणको पिर त्यो वालापन , त्यो काली गण्डकीको चुपुल्की सँगै कठ्याङग्रीएको वेला दिमागमै तरुल सखरखण्ड घिउ चाकु आउँथ्यो । आमा दिदीहरु नुहाइ सकी जल चढाउनु हुन्थ्यो लाग्थ्यो “ त्यै खोलाको पानी अम्खोरामा भरेर पूर्व फर्की त्यै खोलामा किन खन्याएको होला ?” “ नुहाउनु नुहाउनु घरमै न नुहाएर किन दोभान, त्रिवेणी खोजीएको होला ?” कारण जे सुकै होस धाम, दोभान या त्रिवेणी कै वाहानामा नयाँ ठाउ त  घुम्न पाइन्थ्यो त्यसैमा खुसी  हुन्थ्यौ हामी । सवै भूरा भूरी टोलीको हातमा एकएक ओटा जेरी राखीदिएर सकिन्थ्यो देवघाट भ्रमण अनि फेरी विक्रम ट्याम्पो जिन्दावाद ।

फर्कदा जाने जोश हराए पनि फुपुको घर (गितानगर) मा पुगेर चाकु खाने नयाँ जोश हुन्थ्यो । दिदीको घर पुगेर घाममा वसी माघि खाँदाको मजा अव कहाँ मिलोस् । दिदी मलाइ साह्रै माया गर्नुहुन्थ्यो , म पनि वल्लवल्ल घरवाट हिड्न पाएको दिदीकोमा साह्रै रमाउँथे दिदी फुपुदिदी भएपनि आमा जस्तै लाग्नुहुन्थ्यो अनि भान्जि दिदी हरु दिदी जस्तै, आफ्नै आमाका सन्तान जस्तै । ठूली भान्जी दिदी उमेरमा अलि ठुली र व्यवहारीक हुनाले खासै नजिक भए जस्तो हुन्थेन अलि डर लागेझै हुन्थ्यो  तर माइली दिदी र एउटी वहिनी आफ्नै उमेर सरह लाग्ने र कुरो पनि मिल्ने हुनाले घरै फर्कन नपरे पनि हुन्थ्यो झै लाग्थ्यो । एउटा भाइ भानिज भाइ साह्रै चकचके ,साह्रै हठि थिए भनेको कुरो नभइ नहुने । अचम्म लाग्थ्यो भाइलाइ देख्दा, मै पनि एक्लो छोरो थिए, तर यो चाहियो उ चाहियो भन्ने आँट कहिल्यै आएन । रहर नभएर पनि होइन खै मलाइ त्यसो गर्न पुग्दैन भन्ने लागेर पो हो कि ?
अभावै अभावमा, ऋण खोजेको थोरै पैसाले मनाएको चाड र आजको केही हदसम्म पूर्ती गर्न सक्ने अवस्थाको चाड तुलना गर्दा म आज भन्दा हिजोकै तौर तरिकामा आफुलाइ खुशी पाउँछु । गरिवको झुपडिमा अभावमा जकडिएको झै लाग्ने प्रेम महलहरुमा त झन् झुल्कीन  सम्म पनि नसकेको देख्दा हैरान छु अचेल ।

@sekharbhadrakha

Friday, January 8, 2016

सहयोगार्थ छट्पटाएको मन्

लोहा पनि चट्टान फोड्ने साधन बन्नु भन्दा पहिले अनेकौ स्वरुपमा रहेको हुन्छ। खानिमा मस्याइलो माटोसरह वस्छ कहिले भने, कहिले ठोस आकार हुनलाइ तरल भइदिन्छ कामी दाईको आरनमा राप ताप खार्दै । हो उसै गरी मेरो मन पनि आज वन्चरो, घन जस्तै चट्टान फोड्न तयार सरी दह्रो र कठोर वनेको छ भन्ने लाग्थ्यो मलाइ, किन कि खानीको फलाम झै वेरुपको थियो मेरो मन् फेरी समाज र सामाजीक दायित्व र त्यै समाजको म माथीको आशाले राप र तापको काम गरे । म म नै थिए र छु पनि तर परिस्थीति हरुले र “ struggle for existance and sirvival of fittest ” भन्ने मानव स्वभावले आकार लिदै गरेको मेरो मन फेरी चिस्याएर व्यक्तिगत स्वार्थमा लाग्ने उत्प्रेरणा नदिएका होइनन् । सायद तिनै पे्ररणाले म आज कठोर छु र भाव शुन्य पनि । उहि धन जस्तै कसैको चोट नवुझ्ने निर्जिव सरह ।

हो म निर्जिव भएझै लाग्थ्यो, चट्टान भएझै लाग्थ्यो मेरो मन पनि उसै चिसिएको धातु सरह अनि आफै फेरी अर्को आकार परिवर्तन गर्न नमिल्ने फुटेको हाँडी भएझै भान हुन्थ्यो तर वलवान प्रकृति र परिवर्तनशिल यसको नियमका अगाडी न धातुको नै केही लाग्यो न त अरठ्ठीएर वसेको मेरो मनकै । धातु फेरी पग्लिएर नयाँ रुप लिन तयार वन्यो नयाँ तापक्रम र नयाँ परिवेश सँगै । मेरो मन पनि परिस्थिती अनुकुल पग्लिदै नरम हुँदै रहेछ प्रकृतिको नियम सँगै उसैगरी ।

 मनोज दाइ र मल्ल जी संग एक साँझ जमघट जुर्याथ्यो दुवैजना समयले खारीसकेका मान्छे, मल्लजी  पुगनपुग चालीसका मनोज दाइ पचास ९सालाखाला० का । भोटोनै गन्ने हो भने पनि मैले भन्दा दोब्बर, तेब्बर फटाइ सकेका हरुसँग वसेर चिसो साँझ तताउन गिलाँस ठोकियो । तास र भटमासलाइ घोलक जति वडदै जान्थ्यो कुुरो चुरोतिर ताक्किएर अघि वड्थ्यो । साँझ छिप्पिदै थियो, पल रङ्गीदै थियो । कुनै नसालु युवतिका आँखामा चुर्लुम्म डुवेझै खुकुरी पेय पदार्थमा हामी डुव्दै थियौ । कुरै कुरामा कुरा निस्क्यो मन, आत्मा र शरीर भनेका के हुन् ? खुकुरीको डुवानमा तैरीएका आत्मा को अर्थ, त्यैसगरी सितनमा मिसिएको खसीको शरीर र तिनै आत्मा र शरीर भोग गर्दै अर्थलगाउन खोज्ने हाम्रो मन ओहो कस्तो विचित्र ! हामी हाम्रा आ–आफ्ना तर्क दिदै थियौँ । ने.वि.प्रा लाइ पनि धन्यवाद दिनैपर्छ झ्याप्प लोडसेडीङ्ग भएपछि मैन वत्तिको उजेलीमा मनोज दाइको तर्कले अझ वढि प्रकाश पाएको थियो । वुढा भन्थे “ मेरो विचारमा आत्मा र शरीर फरक होइनन् ” मैनवत्तिलाई देखाउदै “ खै त आगो कहाँ छ ? सलाईको घर्षण र मैनको चिल्लोपनको नतिजा त हो आगो, त्यस्तै जिवन र आत्मा पनि त्यै आगो जस्तै शत्ति हो जसको यो शरीर रहुन्जेल अस्तित्व छ, न अघि थियो न पछि हुनेछ ।” मैले थपे त्यसो भए मरि सकेको, आत्मा उडी सकेको शरीरलाई किन उसको नामले पुकारीन्न त ? त्यस पछि वुढा एकछिन गम खाए अनि एक टुक्रा तास् खाए र भने “ जे भए पनि म मेरो तर्क सँग सन्तुष्ट छु ” ।

म जिवनमा अल्मलिएको मान्छे , मनोजदाई आफुसँग संतुष्ट मान्छे साथै मल्ल जी स्थीर मान्छे । हाम्रा राय अलग अलग, उमेर अलग अलग, भोगाइ अलग अलग फेरी पनि हामी एउटा विन्दुमा सहमतिमा पुग्यौ र पुन्टे कचौडी उठ्यो । मेरो आत्मा भनौ जिवन भनौ या लिला भनौ तव खुशी हुन्छ जव भोका आँखामा आफ्नो कारणले तृप्तता दिलाएको अमभास पाउदा असाहाय, कमजोरले सहारा र वल पाएझै महसुुस गर्छ । उसैगरी मेरा दशौ र विसौ वर्ष फरकका मित्रहरुमा पनि ृस्तै भावना र ( गर्नु पर्छ, दिनुु पर्छ र खुवाउनु पर्छ ) भन्ने विन्दुमा सवैले एक अर्कालाई स्वीकारेको पाएँ । तसर्थ मेरो युवा मन, मल्ल जी को अधवैसे मन अनि मनोज दाइको वुढ्यौली ताक्दै गरेको मन, यी सवै मनहरु सहयोगार्थ छटपटाइ रहेको देख्दा, समाजवाट विरक्तिन थालेको मेरो मनले फेरी वाटो सोज्याएझै भान भयो र प्रफुल्लीत् मन लिएर आ–आफ्ना घर लाग्यौ।

By: SB Khanal

Twitter:@sekharbhadrakha