Tuesday, February 23, 2016

“प्राथमिकता”

कुनै जमनामा उसकै नाममा लेखिन्थे कविताहरु मेरा कलमवाट । ति थिए अवोध भाावनाका पाटा । आज एक दशक भन्दा पछि (सायद तेह्र वर्ष चल्दै होला उसलाई नदेखेको) हुलमुलमा दुईचाार शब्द मिसियो उनिसँग गु्रप च्याटमा । ऋषिकेश वाट दिल्लि फर्किदै गर्दा एयरटेल नेटर्वकले त्यो अवसर जुरायो । हतारको जिन्दगिमा दौडदा दौडिदै धेरै कुरा विर्सन्छ झै लाग्थ्यो तर होइन रहेछ । रहेछ त वस् प्राथमिकता मा परिर्वतन । उन ताका कक्षा वेलामा पुग्नु, सवै होमर्वक वुझाउनु, पाल्देन सरवाट सके सम्म धेरै मेरीट वोटल्नु । प्रताप सरको चड्कन नभेट्नु, दुर्गा म्याडमको लिपिस्टिक विग्रलाझै सम्हालेर भनेका कथा सुन्नु र परै वाट नै सहि उस्लाइ हेर्नु अझ भनौ उसको नजरमा पर्नु नै प्राथमिकता विषय थिए ।त्यसैैले त चाडै स्कुल पुगेर स्मीतको कापि सारिन्थ्यो, ध्यान दिएर कथा सुनिन्थ्यो, साइन्सका डेफिनेशन नवुझे पनि घोकिन्थ्यो, ग्रामर कहिल्यै घुसेन मेरो दिमागमा र पनि मेरिटको लोभमा सारिन्थ्यो, विराटको फेशन शो टाइममा शो भन्दा वढि उसलाइ हेरिन्थ्यो शो आज उसकै सम्झनामा वोल्दैछ यो कलम ।

आजका प्राथमिकतामा वेलैमा उठ्नु फ्रेश हुनु देश विदेशको खवर वोटल्नु, फेसवुक टुइटर चियाउनु सकेको चाँडो चारो टिपेर अफिस पुग्नु, फाईल पल्टाउनु , आफ्नो मात्र चासोले नपुगेर अरु कहाँ पुगे भनेर नियाल्नु , अरुको प्रगतिमा दुखि हुनु आफुले कमाएकोमा खुशि नहुनु जस्ता कुराहरु परेछन् । कहिले काहिँ साथि भाइ भेटेर जे.डि सँग आफुलाइ भुल्ने प्रयास पनि अक्कल झुक्कल प्राथमिकतामा पर्ने गर्छन । के म ठिक जिवन जिउदै छु । म हिँडेको वाटो सहि हो ? अनि एसो ऐना हेर्दा टल्कदै गरेको तालु देखेर विरक्त हुँदै केही क्षण तिनै साना तिना कुरा प्राथमिकतामा भएका दिन याद गर्छु र आफुलाई खुशि पार्छु ।

उ भन्दा ठिक पछाडिको वेन्चमा म  र विष्णु वसिन्थ्यो । मलाइ उ साह्रै मन पर्ने कुरो विष्णुलाइ राम्ररी थाहा थियो । त्यसैले त मैले कपाल तानेझै लाग्ने गरेर विष्णुले तानिदिन्थ्यो उ फरर्क रिसाएर पछाडी र्फकन्थि मनमा कस्तो कस्तो हुन्थ्यो । अहिले त्यही कुरा रमाउने वाहाना वनेको छ  । विष्णु फसाइदिन्थ्यो र हाँस्थ्यो । आफ्नो उसलाइ छुने आँट काँहा वाट आओस उसले हेर्दैमा मुटु मुखैमा आउला झै गरि उफ्रन्थ्यो, आहा कति मिठो अनुभव । हुन चाँहि के कुराको डर थियो त्यति खेर र आज त्यो डर किन आएन मैले कुरो वुझिन तर आज उनि सँग दोहोरो नकुरा गरेकोे पहिलो पटक होला डर भने लागेन ।

मैले देखे र सुने अनुसार प्रेम हरु सफल र असफल हुन्छन रे र मान्छे खुशि र दुखि वनछन रे तर मैैले भोगे अनुसार भने प्रेम अलि फरक पाएँ । प्रेम वस् प्रेम हुन्छ न सफल हुन्छ न असफल नै मेरो जस्तै । सवैले वुझने प्रेम नभइ प्रित रहेछ जसमा मिलनको मिठासको लोभ हुन्छ । जसले गर्दा पाए सफल नपाए असफल । गर्छु भनेर गर्न नमिल्ने र छोड्छु भनेर छोड्न नसक्ने सम्वन्धमा लोभ को ठाउँ रहदैन हो त्यहि रहेछ प्रेम ।

हो म आज प्रेममा छु मेरो हिजोको जिवन सित प्रेममा छु । यसमा ा प्राप्तिको लोभ छ न छुट्ने डर नै । यि सम्झना मेरा हुन म यिनै सँग प्रेम गर्छु । तिनै कक्ष कोठा तिनै साथी तिनै मेरिट र डि मेरिट को होड तिनै साथीका उट्पट्याङ तिनै कर्के नजर अनि तिनै उनि ।
हो म मेरो अतित सँग प्र्रेम गर्छु । यसैले हँसाउछ यसैले रुवाउँछ यसैले वाँच्न सिकाउँछ र मलाई म वनाएको छ ।

Twitter@sekharbhadrakha

No comments:

Post a Comment