हैन वार्टरकै जमानापो ठिक थियो कि क्याहो । यति तनाव त थिएन होला सायद त्यो जमनामा । जवदेखि यो सटही विकास भएर पैसा सम्म आइपुग्यो तव देखी मानव सभ्यतामै तनाव र चिन्ताको पनि उस्तै गतिमा विकास भएको मेरो ठम्याई छ । आजकल हर कुरा सँग पैसाकै तुलना हुन्छ । मान्छेको सफलता, असफलता देखी वलियो र निर्धाे मापन यै पैसाले गर्छ झन सम्वन्ध त पैसाकै खोस्टा भएको छ “जसै आँउछ छ जसै गयो सक्यो” । पैसाको खोस्टा जस्तै फितला भएका सम्वन्धहरु हर गल्लिमा झ्याँगिदै मासिँदै गरेको देखेको छु । न ति सम्वन्ध उम्रन कुनै ऋतु कुर्नु पर्छ न झर्न कुनै याम त्यसैले त अचेल वसन्त, वसन्त छैन न हेमन्त शिशिर नै उस्तै रहे ।
प्रसंग हो मेरो छिमेकिको ! केही हप्ता अगाडी मेरा छिमेकी दाइकोमा अकस्मात् नयाँ अनुहार देखा पर्यो । सधैँ झैँ म कुकुर सँग खेल्दै थिएँ कौसीमा । पल्लो घरको कौसीमा दुई जना कुरा गर्दै गरेको देखेँ । छेउछाउका सवै घरमा कुनै नयाँ मान्छे देख्ने वित्तिकै गु फुत्केला झै भुक्ने मेरो कुकुर ति नयाँ मान्छेलाइ भने एकफेर पनि भुकेन । सायद तिनको सुटलाई पो सम्मान गर्यो कि । यी हेर्नुस यहाँ पनि पैसा हावी भयो । सुनेको थिएँ गल्लिका कुकुरहरु पनि लुगा हेरेर व्यवहार गर्छन र तर त्यस दिन आँफैले देखेँ । म कुकुर खेलाउँदै थिएँ खासै वोली नहाल्ने छिमेकी दाई आज,“ ए ......आज त घरै हुनुहुँदो रहेछ । छुट्टी हो की कसो ?” भन्दै वोले मैले पनि प्रतिउत्तरमा “हैन आज यसो ढिला जाँउ कि भनेर वित्दा के नै छ र ” भने । छेवैको नयाँ अनुहारले एयर¬होस्टेज स्माइल फ्याँके छिमेकी दाइले पनि मौका छोपेर “उहाँ चाँही मेरो आदरणिय दाइ” भने । मैले पनि आदरणीय भनिसकेपछि एक नमस्कार चढाँइ दिएँ । गजक्क परेर उनले पनि प्रसाद झै नमस्कार फिर्ता गरे । त्यस पछि म कुकुर सँग व्यस्त भएँ उनिहरु के के गफ गर्दै थिए ख्याल राखिन ।
केही दिन पछि प्रजातन्त्र दिवसहको दिन उसै गरि फुर्सदमा कुकुर नुहाइदिन भनि कौसिमा उक्लें । फुर्सद पनि थियो । जानु कहिँ थिएन । भर्याङ चड्दा चडदै देखीने कौसीमा एकोहोरीदै गरेको देखेँ उनैछिमेकी दाइलाई, टोलाउँदै थिए हेर्दा लाग्थ्यो देश विग्रेकको चिन्ता र साह्रा जनताको सवै तनाव उनैमा सवार थियो । भर्याङ चढ्दा चढ्दै भएको आँखा चारले वोल्नै पर्ने वनायो र सोधें “के छ दाई” लामो सास फेर्दै “के भन्नु भाई ठिकै” भने उनको लामो सास, निरास अनुहारले झरी पर्ने संकेत गर्दा गर्दै ठिकै भनेर मलाई तसल्लि त दिए तर उन्को अनुहारमा घण्टा घरको सुइले भन्दा चर्काे स्वरमा वाह्र वजाइ रहेको म प्रस्टै देख्थेँ ।
मैले कुकुर नुहाएर सकें । गएर आँफै पनि नुहाएर आँए । त्यति वेला सम्म वुढा मुर्ति नै रहेछन् । वोलाएरै सोधेँ “ए दाई के भयो चिन्तीत देख्छु त” । के भनौँ भाइ भने पनि नपत्याउने काहानी छ । अस्तिका दाइ हुनुहुन्थ्यो नि मेरो मा आउनु भएको, हो उहाँ दुई दिन भयो सम्पर्कमा हुनुहुन्न । सोचेँ एउटा जावो मान्छे सम्पर्कमा नहुँदा नि के साह्रो चिन्ता ल्या होला । अलि कौतुहल हुँदै सोधेँ, “को आफन्त हुनुहुन्थ्योे ? अनि कता हराउनु भयो त ? कतै केही त भएन ?” टिठ लाग्दो अनुहार पार्दै भने “त्यस्तो होइन भाई उहाँ अप्ठ्यारोमा हुनुहुन्थ्यो र त्यति वेला सहयोग गरेँ आफुले नसक्दा नसक्दै पनि ऋणा खोजेर सहयोग गरेँ । पछि दाजुभाई जस्तै भइयो मेरोमा नै वस्नुहुन्थ्यो तर केही दिन पछि आफ्ना सवै सामान घर पठाइदिन्छु भनेर लग्नु भयो र त्यसको भोलीपल्ट देखी घरै आउनु भएन । ऋण खोजेर ल्याएको साहु माग्न घर सम्म आइपुग्यो फोन गर्दा उहाँ दाई संग सम्पर्क नै हुँदैन । अकस्मात उनकै फोन आउँछ “ समिर भाई मलाइ तपाइकै चिन्ता छ, त्यस्तो अप्ठयारोमा सहयोग गर्नु भयो । म मिलाउँदै छु भोली पैसा तिरी दिउँला म लिएर आउँछ”ु । खै के वुझौँै भाई लिएको पैसा डव्वल तेव्वर भै सक्यो । तिरौँ तिर्न सक्दिन नतिरौँ डव्वलको तिव्वर, तिव्वरको चौवर हुन्छ । हिजो भनेको तिन दिन वित्यो न दाइ आइपुग्नु भयो न पैसो आइपुग्यो । हिजो त भयो भाइ त्यो साहुलाइ चेक दिएर पठाइदिनु मैले पैसो हालि सकेँ भन्नु भयो जाँदा छैन रै छ । मलाइ पुलिस केश गर्छु भन्छ साहु म के गरौँ भाई ?” ओहो कस्तो समस्या हेर्नुस यहाँ पनि पैसै हावी भयो । साधारण चिनजान दाइभाइ जत्तिको वन्दा सम्म केही चाहिएन अहिले जरो काटिएको फर्सिको झ्याल झै मुर्झाउन लाग्दा कारण त्यै पैसो । हो त्यसैले त म भन्छु सम्वन्धहरु माौलाउन वरु अनेकौँ कारणहरु चाहिन्छ तर मुर्झाउन एउटै पैसो काफि छ ।
दुनियाँमा अवसर वादीहरुको कमि त छैन तर मेरा छिमेकी दाइ जस्ता कारुणिक हृदयी प्राणि पनि जिउँदै छन । उनलाइ सहयोग गर्न न कुनै सम्वन्ध चाहियो न कुनै धरौटी या प्रलोभन वस सहयोग गरे । यस्ता प्राणि हरु यस धर्तिमा अझै चाहिएको छ तसर्थ उनको सहयोगी मन भाँचिन नपाउँदै उनका ति दाइ आइपुगुन् र समस्या सामाधान गरुन ।
“प्रकृतिले पशु वनायो र अलिकति खोपडिमा सिगान भरिदियो, त्यसै सिगानले पैसा वनायो र आज तिनै पशु पैसाको आडमा प्रकृति वदल्न उद्धत छन् हे प्रकृति मलाइ माफ गर मैले रोक्न सकिन”
No comments:
Post a Comment