प्रिय
सप्रेम मिठो सम्झना,
हुन त मलाइ आजकल मेरो कलम र कापी सँग खेल्न रमाइलो लाग्छ । वचेको समय कि किताव पढ्छु कि सुत्छु यीनेै हुन मेरा प्रिय वानिहरु तर तिनै वानी हरुमा अचेल एउटा वानी थपिएको छ तिम्रा कल्पनामा हराउने । मेरो व्यस्त दिमाग भ्याइ नभ्याइ संसार चाहार्दै हुन्छ कतै विचमा तिमी स्मृतिको थैलो वोकी ढोका ढकढक्याइ दिन्छौ ।
हतार हतार ढोका खोल्छु ढोकामा मान्छे कोही हुँदैन । वस् हुन्छ त थैलो भरी छचल्कदै गरेका तिम्रै ति यादहरु । म सम्हालेर भित्राउँछु । ओल्ट्याइ पल्ट्याइ हेर्छु कतै धुलो पो लाग्यो कि ? टक्टक्याउँछु, पुच्छु, छातीमा लगाउँछु तिनै पलका यादहरु जुन तिमीले हाम्रो पहिलो र अन्तिम एक निमेषको भेटमा छाडी गएकि थियौ । तिमीलाइ याद छ मैले त्यसै निमेषमा पनि पछाडी वाटै सहि, एउटा तिम्रो तस्विर कैद गरेको थिएँ । हुन त अचेल सोसल मिडियाहरुमा तिम्रा अनेकौ तस्विर सजिलै पाउछु र हेर्छु पनि तर त्यस तस्विर जति आत्मीय लाग्दैनन् ।प्रेम एकै नजरमा हुन्छ भन्ने कुरामा मलाइ विश्वास थिएन । तर त्यस दिन तिमीलाइ भेटेकै क्षण तिमीलाइ गुमाउने डर लाग्यो । प्रेम भएछ “काली” तिमी संग त्यसै वेला । त्यती धेरै त म त्यस भन्दा अघि कहिल्यै डराएको थिइन ।
तिमी मैन वत्तिकि साह्रै मेहनतले वनाएकी सुन्दर वार्वि डल जस्ति साक्षात तिमी मेरो अगाडी पर्दा हडवडाएर के गरे के वोले मेसो सम्म पनि पाइन । त्यस दिन सायद तिमी क्लास सकेर घर फर्कने वाटोमा थियौ । म त्यस दिन भन्दा चार दिन अघि देखि तिम्रो वाटो कुरीरहेको थिएँ । तिमीलाइ त्यो भेट आकस्मिक लाग्यो होला तर अहँ त्यस जाडोमा पनि कति विहान तिमीलाइ कुरेर विताएँ । मेरो धेरै दिनको प्रतिक्षाको फल थियौ तिमी । मेरो आँखाकी तृप्तता थियौ तिमी ।
तिमी जाँदै थियौ वस भन्न पनि सकिन । वस् हेरी रहेँ । थोरै भएपनि गाढा अक्षरमा मिठो कथा लेखेर गयौ जुन अचेल हरदिन नविराइ पढ्छु । यो प्रेम भन्ने चिज पनि क्या गजव हुने रहेछ । तिमीलाइ भेट्न तड्पिदा पनि मजा, तिमीलाइ भेट्दा पनि मजा र अहिले तिम्रा कल्पना मा हराउँदा पनि मजा । तिमीलाइ प्रियसी भनी सम्वोधन गर्न पनि सक्दिन फेरी नसम्झि वस्न पनि सक्दिन । न यो पत्र तिमीलाइ पठाउने ठेगाना नै छ म संग न पठाउने चाहाना नै । हायद म अझै डराउँदै पो छु की, तिमीले माया गर्दिन भन्छौ भन्ने त्यसैले हो की मलाइ तिम्रो कल्पना नै मिठो लागेको ।
जे होस् कल्पनामै सहि आइरहेकी त छौ । तिमी विना त अचेल एक पल पनि कल्पना गर्न सक्दिन । तिमी मेरो मन वनेकी छौ मुटु वनेकि छाै मेरो मस्तिष्क को स्फुर्ति वनेकी छौ । कति मिठो भएको छ यो पल यो तिमी सितको काल्पनिक प्रेम । तिम्रो नाममै आग्रह पाउँछु । यताकता भेटिने तिम्रा तस्विरमा तिम्रा आँखा नियाल्छु चाहानाले टिल्पिल टिल्पिल ति आँखाको वेग थेग्न सक्दिन झै डर लाग्छ । ति टल्पलाउँदा आँखावाट मेरो कारणा आँशु नवगुन भन्ने चाहान्छु । दुनियाँ मलाइ वेवकुफ मा गिन्ती गर्ला । प्रेमीका रोली भनेर प्रस्ताव नै नगर्ने, भेट्दै नभेट्ने भन्ला तर तिम्रो खुशीका लागी यति त के हर चिज त्याग गर्नेछु । दुनियाले हामीलाइ एक हुन दिने छैन । त्यती वेलाको पिडाले दुवैजना जल्नु भन्दा आज मै जलेको वेस् ।
दुनिया सवै त्याग गर्न सक्छु भन्दै कतै तिमीलाइ नै पो त्याग्दै छैन म ? प्रिय, । विछोडको डरमा तिमी वाट टाढिने मेरा वाहानाले अचेल मलाइ पोल्छ कल्पनामा मात्र नभइ साँच्चै अँगाल्न मन लाग्छ । यत्रो ठुलो थकान जिन्दगिको थकान तिम्रै काखमा विसाउने मन छ । मेरो कल्पनाकी परि तिम्रो मायाले अचेल साह्रै पिरोल्छ । तड्पिन्छु मुर्छा पर्छु अचेल वस् तिमीलाइ एउटै कुरा भन्नु छ कि म तिमीलाइ आँफु भन्दा धेरै माया गर्छु । तिमी संगै जिन्दगीका उतार चडाव काटने रहर छ ।
उहि तिम्रो प्रेमी
SB khanal

No comments:
Post a Comment