Monday, February 1, 2016

“ मेरो पनि वहिनी हुन्थी भने ”

“ मेरो पनि वहिनी हुन्थी भने ”

लक्ष्मी पुजा गर्दा आमा संगै यता उता
छुनु मुनु गर्दि हो ।
लक्ष्मीमाताको पुजाको लागी, फुल टिप्न पठाउँदा
सयपत्री र मखमली हेरी मख्ख पर्दै
खाली हात फर्कदी हो
आमाले गालीगर्दा डराउँदै
त्यो तभाईटिकामा माला उन्न चाहिन्छ
भन्दी हो
यदि
मेरो पनि वहिनी हुन्थी भने ।

दाजु भाईको एश वृद्धि, आयु वृद्धिका लागी
वालिने लक्ष्मी पुजाको दियो
रातभर कुर्दि हो
कहिले काँही मलाई सताउन, भित्र भित्र हाँस्दै
म तिर फर्कि रोए रोए झँै गर्दि हो
लाडीँदै कहिले माया गर्दि हो
कहिले कपाल लुछ्दी हो
यदी
मेरी पनि वहिनी हुन्थी भने ।

गोवद्र्धनको दिन भर
मेरो मन पर्दाे मिठाई  खोजेर
वजार वजार चाहार्दि हो
भाई टिकाको सर्दम सगै
विमीरो ओखर जुटाउँदी हो
मेरै निम्ती मुस्कान छर्दै सारा थकान भुलाउदी हो
यदी
मेरी पनि वहिनी हुन्थी भने ।


टिकाको दिन सवेरै, प्रथम प्रहरमा उठेर
तेल धाराले दैलो छेक्दी हो
हिजो माया गरेको मखमली आज रमाई रमाई चुडेर
सुन्दर माला वनाई
हेर्दै मख्ख पर्दि हो
यदी
मेरी पनि वहिनी हुन्थी भने ।

No comments:

Post a Comment