Thursday, February 25, 2016

मोजा साह्रै गनायो


मोजा साह्रै गनायो आज । वासन आओस पनी किन, खुट्टामा जो लगाइदिन्छौँ । टाउकोमा लगाए पो गजक्क परेर सुभाष छरोस् । छाला, कपडा या प्लास्टीक का जुत्ता भित्र कोच्चीन परेको झोक आज मज्जा ले फेर्यो सुरज सँग ।

उस्लाइ मात्रै पिरे त हुन्थ्यो अगल बगलका को नाक सम्मलाइ छोडेन। उ छिर्दा छिर्दै वातावरणमा आतंक फैलियो एकाएक नाक नाकमा भिषण गोलावारी भयो । सायद आज मोजा निकै रिसाएछ । हुन त मोजाको के होस मोजा भन्दा अल्छि त उ आफै छ वेलामा नुहाईदिएन होला अनि रिस फेर्याे नि ! मोजाको पनि आवाज निस्कदा हुदा हुन त यो गन्ध भन्दा चर्काे स्वरमा चिच्चाउदो हो । हाम्रो नाक त यति पोल्यो विचरा त्यै मोजाको नाकको के गति भयो होला ।

साँडेको जुधाइ वाच्छाको मिचाइ भनेझै मोजा र उस्को युद्धमा वरपरका चाँही किन सहिद हुनुपर्ने ? मोजाको मुखमा टाँसिएको गोहि पनि वेहोसनै होला । युद्धमा छर्रा लागेको लडाकु जस्तो । विचरा त्यो जुत्ताको मुख पनि रात दिन लोकल ठर्रा धोक्ने जड्याहको मुख जस्तो वेस्वादे  भै’ सक्यो होला । सायद अव त गन्ध नभए विरामी पो पर्ला की ?

स्वार्थी मोरो गएर आफ्नै खुट्टो मात्रै धोएर आएछ । जे होस् एकछिन त वातावरण युद्ध पछिको मैदान्झैँ सान्त भयो। मोजा विचरा ढोकाको चेप छेउ लखतरान् एडिडास्को घिच्रो वाट तन्कि तन्कि हेर्दै छ । तलाइ पख्लास् भन्दो हो । उसले भोलि पनि यहि लडाइ लड्नु भन्दा यो पाजि मोजालाइ टिपेर पानिमा अहिल्यौ पछार्दिम् सोचेन । भोलि फेरि घमासान् पर्ने भो।

Twitter @sekharbhadrakha

No comments:

Post a Comment