Sunday, November 27, 2016

डर.....


कहिले काहि साना साना कुरामा पनि डराउनु पर्ने रहेछ । आफैले चाहेको मान्छे माया गरेको मान्छे सँग पनि ।
तिमी सँग नजिकीन डर लाग्छ मलाई, दिल खोलेर माया गर्न डर लाग्छ मलाई, कतै टाढिनै नसक्ने गरी जोडीने पो हुँ कि? फेरी तिमीलाई चोरी चोरी नै किन नहोस् नहेरी, नसम्झी पनि वस्न सक्तिन ।
थाहा छ मलाइ, जति जति म तिमी सँग नजिकिन्छु उति नै तिमी पिडाको नजिक पुग्छ्यौ। काहाँ तिमी सुन्दर दरबारकी कान्छि युवरागी, मायैँ मायाले चुलिएकि, अभाव र अशान्तिको छाँया सस्म पनि नदेखेकि अनि म काहाँ अरेलिको झ्यागमा हुर्केको, अभाबै अभाब अनि सघर्षै सघर्षमा घोटिएको पिसिएको मान्छे, अँह म सक्क्तिन तिमीलाई यो पिडामा तान्न। फेरी बिसर्न पनि त सक्क्तिन।
मायै मायाले छोपौँला भनुभने पनि मायाले मात्रै जिवन पनि त चल्दैन। जहाँ अभाब हुन्छ त्याहा अशान्ति, अनि जहाँ अशान्ति त्याहाँ मायाका कुरा गौड भएर जान्छन्। तिमी त्यस्तो माहोलमा हुर्केकी परीलाइ म कस्तो माहोलमा राखौँला? मेरो चाहनाले पिडा र अभावमा तान्न चाहान्न। तिमी रमाउने दुनियाँ अलग, म रमाउने दुनियाँ अलग छन् भने म कसरी तिमीलाई मेरो दुनियाँमा रमाउ भन्न सक्छु ? बरु टाढै बाट पूज्छु तिमीलाइ टाढै बाट प्रेम गर्छु उहि देविको मूर्ति पूजेझैँ, उहि चन्द्रमा लाई धर्ति बाट प्रेम गरेझै।
उहि चन्द्रमा लाई धर्ति बाट प्रेम गरेझै।

एस बि खनाल 
@sbkhanal

No comments:

Post a Comment