Sunday, February 26, 2017

पिरती को खोला तरौला

पिरती को खोला तरौला,हात मा हात समाई ।
तिम्रो हाम्रो मुटु जोडौला,साथमा साथ् रामई।।


माया को यो कस्तो मौसम रहेछ ।
खै के को बिज रोपेउ ,मनभरी हरियाली छाहेछ ।।
बोलायो मन ले मन लौ पात बजाई।
पिरती को खोला तरौला,हात मा हात समाई ।
तिम्रो हाम्रो मुटु जोडौला,साथमा साथ् रामई।।

कोपिला नि फक्रिएर फूल बन्छु भन्छ ।
उदाउदा तिम्लाई हेरी संगै अस्ताउछु भन्छ ।।
छल्कियो मन उसै तिम्रो माया कमाई ।
पिरती को खोला तरौला,हात मा हात समाई ।
तिम्रो हाम्रो मुटु जोडौला,साथमा साथ् रामई।।

पिरती को खोला तरौला,हात मा हात समाई ।
तिम्रो हाम्रो मुटु जोडौला,साथमा साथ् रामई।।



एस बि खनाल
twirrer:@sbkhanal



No comments:

Post a Comment