Monday, February 27, 2017

तनाब छ यार लाइफ तनाब छ


"तिमि त सारै दुब्लो रहेछौ " , धेरै पछि स्कुल पढ्दाको साथी आज भेट्दा पहिलो सब्द नै यही सुने । जन्मे पछि आज सम्म ५० के जी पुग्या थिइन।अचेल मात्रै अर्ध सताब्दी पुगेको मेरो तौलको खुसि पनि राम्ररी अङ्गाल्न पाको थिइन। पानीको फोका झैँ क्षड भर मै फुट्यो मेरो खुसि । "दुब्लो रहेछौ" यो सब्द ले मलाई सबै भन्दा तनाब दिन्छ । तेसै संगै जोडेर मेरो मुण्डन गरेको टाउको तिर हेर्दै "किन कपाल काटेको नि? " पनि भनेकी थिई ।
खुइलिदै गरेको तालुको उपचार खौरनु जस्तो अरु के होला र ? उसलाई के थाहा आफै खुइलेको तालु भन्दा "आफैले खुइलयेको" भन्दा कति दिल खुस् हुन्छ भन्ने कुरा ।
मै ले पनि सान संग भन्दिए " गर्मि लगेर " । खएर उसले पत्तायी पत्तयिन आफ्नो भने चित्त गतिलै संग बुझाइयो । अँ सच्चि "तनाब" को कुरो गर्दै थिए "तनाब" ।
कहिल्यै मोटाउन नसकेकोमा आफै तनाबमा थिए तेस माथिको साथीको कम्प्लीमेनट्री तारिफ उफ्फ़ । तेइ कसरि मोटाउने भन्ने तनाबमा तालुमा मरुभूमिकारण भएको ,अनि तेइ मरुभूमिकारण लुकाउन तालु खौरेको कुरा भनु कि नभनु झन् तनाब भो । अरु तनाब त झन् उसले सोच्न पनि सक्दिन । सुरुमा लुरे भएको मा तनाब भो , तेइ तनाब मा तालु टल्किन थाल्यो , तालु मरुभूमिकारण भएको तनाबमा दरि काटिन। दरि संग जुँगा रिसाएछ फेरी तनाब भो । रिसै रिसमा जुँगा फ़ुलेछ झन् तनाब भो । तेही तनाब मा अचेल खाना रुच्न छोडेकोछ। आमा भन्नु हुन्छ खादै खादैनस अनि कसरि मोटाउछस ? खै के ले मोटाइन तेइ तनाब छ । बस केहि छ त तनाब छ ।
उसले धन्न सोधिन कि के छ, नत्र उत्तर रेडीमेड थियो "तनाब छ यार लाइफ तनाब छ "। 

एस बि खनाल 
Twitter:@sbkhanal

No comments:

Post a Comment