टुटाउनु नै थियो भने बनाउनु किन ?
फुटाउनु नै थियो भने जुटाउनु किन?
उचा उचा इमारत् बनाई कहिले सपना वाडछौ
हात समाई सिखर चडाई पछि एक्लै छाड्छौ
सहकार्य र मित्रताका कुरा मिठा मिठा
सम्बन्ध लाई राजनीति ले रंगाउनु किन?
फुटाउनु नै थियो भने जुटाउनु किन?
अनुदानमा भिखहरु गिन्ती हुन थाले
लिलामीमा प्रेमहरु बिक्रि हुन थाले
आणबिक भट्टी भरि मानवता जलिरहदा टुलु टुलु हेर्ने हरु
सभ्यता को ढयांग्रो ठटाउनु किन ?
फुटाउनु नै थियो भने जुटाउनु किन?
No comments:
Post a Comment