Friday, December 11, 2015

चोखो प्रेम

जुन अनि तारा झर्ला तर झर्दैन चोखो प्रेम
अजम्बरी रही रहन्छ कैले मर्दैन चोखो प्रेम

सुन देखाउ चाँदी देखाउ या देखाउ हिरामोती
लोभ अनि लालचको पछी पर्दैन चोखो प्रेम
गुण्डागर्दी देखाई या छुटाउ दुई सम्बन्धलाई
तर कुनै डर् धम्कीले पनि डर्दैन चोखो प्रेम

बाँधिएर एक अर्काबिच जमेर रम्छ युगौसंम
जाल-झेल् छलकपट केही गर्दैन चोखो प्रेम
जस्तै बज्र आईपरोस् पिडा सहन्छन् मिलेरै
कैले पनि पन्छिएर अन्त सर्दैन चोखो प्रेम !

No comments:

Post a Comment