Thursday, December 24, 2015

अनुभुती

मित्र भन्छ ,
यो अनुभुती हो कस्तो , न पाएको केही छ
न गरेको नै केही
यो अजब गजबको अनुभुती हो कस्तो?
यस्तै हुन्छ रे प्रेम मा !
उनी आफ्नै भएको जस्तो
अंगालोले बेरि मुटु कै नजिक 
राखुँ राखुँ  जस्ताे,
उनकै कल्पनामा सारा 
भुलुँ भुलुँ जस्तो 
फेरि
अनायासको डर ओहाे!
उनी कतै छुट्छीन कि जस्तो,
अब भेट नै पो न हुनेहो कि जस्तो
आँखामा राख्दा आँसु सँगै बग्छीन् कि जस्ताे
के साच्चाै प्रेममा यस्तै हुन्छ ?
कहिले उनी सग नजिकिने हतारो 
कहिले उनलाई आफ्नो बनाउने हतारो 
कहिले छुट्टीनु पर्ने पिडा 
कहिले न भेटदा को पिडा 
ओहो!!
के साँचो प्रेम मा हुने अनुभुति यस्तै  हो ?
हो भने भैगो
म डरै डरमा बाच्न सक्दिन
म पिडै पिडामा जिउन सक्दिन
साथि तै गर् साचाे प्रेम 
मलाई त
म भएर बाच्नु छ
स्वतन्त्र भै सास फेर्नु छ
बोरु
मलाई प्रेम नभए न होस् 
यदि
साचो प्रेममा हुने अनुभुति यस्तै हुन् भने!!!

No comments:

Post a Comment