Friday, December 11, 2015

उस गजलकार को

म त एक प्रयोग हुँ उस गजलकार को
आनेकौ छन् उसको रचना
अनगन्ती कृति हरु 
कृति भित्र संग्रहित उसै रचनाको अंश हुँ म
उस गजलकार को
सर्गहरु मा खुशी भरि उपसर्ग मा रित्ताईदिन्छ
आँसु झार्दै आँखा बाट ओठमा मुस्कान बिउताईदिन्छ
यस्तै हाँसो रोदन भरिएको
म त एक प्रयोग हुँ
उस गजलकार को
कुन रागमा लेख्छ
खै कुन छन्दमा हो ढालेको
न उठान कै पत्तो मलाई
न अन्त्य नै जानेको
अनिश्चित को योग बुनि जोडिएको
म त एक प्रयोग हुँ
उस गजलकार को
रवि भन्दा तेज कतै दौडाएर थकाउछ
ठुस्सीएकि प्रियसीलाई मै भनि फकाउछ
सब्द हुँ म माधुर्य को,आथित्य र सत्कार को
म त एक प्रयोग हुँ
उस गजलकार को

No comments:

Post a Comment