प्रिय मनकी रानी धन्यवाद,
मेरो जिबनका तिता मिठा घटनाहरु मध्यकि एक सम्झन लायक र मिठो क्षण हौ तिमि ,मेरो मन को नजिक मेरो प्रिय भएर बसिदिएकोमा साह्राै कृतज्ञ छु ।
हुन त सबैका जीवन कुनै न कुनै घटनाहरु बाट जेलिएका त हुन्छन नै ,त्यसै गरी मेरो जीवन पनि जेलिएको छ । तिमी आउनु-जनु तिनै घटनाक्रम कै निरन्तरता हो। मेरो उपलब्धिको अर्को खुड्किलो । बस् तिमी आउँदा खुशी थिए जाँदा केही छिन भन्द दुखी हुन सकिन किनकी म सँग दुखी हुने कारण भन्दा खुशी हुने बहाना धेरै छन् ।मलाई यति धेरै बलियो र दरिलो बन्न सहयोग पुर्याउने हर कोहि लाई नसम्झी रहन सक्दिन। मानिसिक रूपमा अलि फरक र सरिरिक रुपमा कम्जोर बुवा र मरन्च्यासे ख्याउटे नाबलक मलाई पलन पोषण गर्दै यहाँ सम्म पुराउने मेरि आमा बाट मैले धेरै खुसी हुने बहाना सिकेको छु।
ठुलो परिवार ,ठुलो खानदान अझ जमिनदार परिवारकि पाँचौ (ठुली कान्छी )बुहारी भएर पनि अंशको नाममा एक टुक्रा उब्जाउ जमिन नपाउदा पनि छर-छिमेक को भरो, पर्म,निमेख गरि दुई छाक जुटाएकि मेरी आमाका दुख पिडाका अगाडि तिम्रो बिछोडमा मलाई रुन मेरा आँसुले साथ दिएनन्।
भाबनात्मक उत्तेजना
हरु आफै सान्त हुँदा रहेछन् ,भोग्नु परेपछी पिडा पिडा नहुदा रहेछन् र सम्पुर्ण कुराहरु नियमित प्रक्रिया झै बन्दा रहेछन् भन्ने कुरा आफ्नै आँखा अगाडि नियालेको ,भोगे देखेको मैले स्वयम अनेकौ ठक्कर बाट मन ढुङ्गा बनाई सके।तिम्रा प्रेमले थोरै कम्जोर अबस्य पार्यो होला तर बियोग ले टुक्रा-टुक्रा हुन सकिन।
बिश्वास पात्रहरुको बिस्वाश घात ,प्रेम आसातित पात्रहरु बाट रुष्टता त ममुली भए ; मर्दा र पर्दा डाेलि उठाउनु पर्नेहरु तमसे बनेको परिदृश्य नियालिसकेका मेरा परिस्थितिहरु ले तिमीलाई भने कतै मनको कुनामा अझै सजाएको पाएको थिए तर तिमी मन भित्रको तिम्रो तस्बिर पनि फिर्ता लिने हेतु ले ढोका ढकढक्याउन आइपुग्याै ।
प्रिय् ,
मायालु प्रेमिकाको मीठो प्रेम बाट बन्चित हुनु भन्दा हजार गुना बढी पिडा सक्षम र सबल परिवार को दुर्बल र असक्षम छोराको छोरो हुनुमा भएको तिमीलाई म बुझाउन सक्दिन।ठुलो झागिएको वर को छया मुनि पनि एक्लै निथ्रुक्क भिज्दा को पिडा म कसरी बुझाउ ? प्रेरणा दिने ले खुट्टा तनेको ,साथ दिने ले आँखी गरेको अनि अफ्ना भन्नेहरु ले पराइ जत्तिकै पनि नसम्झिदाका रापहरु ले सेकेको म र मेरो मन ले तिमी लाई सधैं एउटा मिठो सपना सम्झी रहने छ।
गरिबलाई दिन्छु नभन्नु R....लाई लन्छु नभन्नु भने झै म माया को भिखरी लाई आस देखयाै चहिने भन्दा धेरै आस गरेँ । हुन त मेरा पनि गल्ती होलान ,प्रेम लाई पूजा मान्नेहरु मलाई पापी देख्ने होलन !आफ्नो अतीत लाई अंगालो हलि तिम्रो मायालाई अबमुल्यन गर्यो भन्लान तर प्रिय् मैले तिम्रो माया लाई मेरो अतीत संग जोड्न खोजेको कदापी नसम्झनु, अनि तिमी लाई माया नगरेको नसम्झनु। हो मैले तिम्रो बियोगमा एक थोपा आँसु पनि चुहाउन सकिन,मलाई माफ गर ।
उहीँ तिम्रो प्रेमी

No comments:
Post a Comment