Friday, December 11, 2015

"बोध"


तिमि आयौ , खै कसरि आयौ
लुसुक्क आयौ कि चिच्याउदै , कराउदै, हल्ला मचाउदै आयौ
तर आयौ
किन आयौ , खै कुन कारण बस आयौ
स्वार्थी थियौ र आयौ कि मायालु थियौ र पो आयौ
कसरि होस् या किन जिन सुकै होस्
तर आयौ

म थिए, खै के मा थिए
इच्छुक थिए कि लजालु , स्वाभिमानमा थिए कि अभिमानमा
डरमा थिए कि डाहामा लर्बराउदै
तर थिए
अज्ञानी पर्दा ओड़दै थिए कि , ज्ञान कै अगाडी टोलाउदै  थिए
हिच्किचाहटमा बेरिएको थिए कि सामाजिक बन्धनमा जेलिएको थिए
दुनियाको तर्काइमा थिए कि , कसैको पर्खाईमा थिए
तर थिए

तिमि गयौं ;
के लिएर गयौ ,खै के दिएर गयौ
सायद जीवन र जगत अर्थाएर गयौ ; तन र मन को अस्तित्व छुट्याएर गयौ
तर गयौ
लाज र डर भित्रको इछ्या चिनाएर गयौ ; चाहना र मायाको अन्तर बुजाएर गयौ
खै के गरेर गयौ , तर गयौ

म छु अनि म हुनु को अर्थ छ
तिमि ; आउनु ,जानु , मेरो अज्ञानताको पर्दा च्यातिनु
योग हो या समय ,भबिस्यले अर्थ लगाउला
म त उन्मत्त भै आकाश मा उड्न थालेको छु

लाज ,डर र संकोच लाई
इछ्या र  चाहना ले जलाएर
सतिघाटमा सेलाई सकें ;अब
मेरो कन्चन मन छ र त म छु

मर्स्याँङदीमा पखालेपछी अभिमान पनि स्वाभिमान भयो ,
तिमिले च्यातेको पर्दा पनि तेही पानीमा बगाएर
मनमा सजाएको तिम्रो तस्बिर संगै तिमि संग बिताएको पल
सबै तिलान्जली दिई फर्किदा
म त्यहि थिए
कोहि खासखुस गर्दै थिए , कोहि बिचरा भन्दै थिए,
कोहि म माथि घ्यु खनाउदै थिए, म भने चिर्पट को खाट माथि मस्त थिए
मर्स्याँङदी सुसाउदै थियो.....

No comments:

Post a Comment