Saturday, December 19, 2015

मधुर-मिलन


हुर्के बढे चले दुइ ,आत्मा अलग अलग
योबन कालका प्रथम प्रहर काटे अलग अलग
घुमाउरो गोरेटो झैँ रिंगे बाटा जिन्दगिका
अब हिंडे संगै संगै पल साट्न जिन्दगीका
देख्नु छैन भेट्नु छैन बेखबर छ आनि बानी
उपरान्त जिबनकाल भर बाँच्नु छ एक बानी
आज भेटि एक अर्का मा गर्ने कुरा के होला ?
मरण-अन्त नटुट्ने सम्बन्धको चुरो पनि के होला ?
एकपलको भेटमा नै एक-अर्कालाई जान्नु छ
आँखा बाट छलकिएका मिठा आग्रहलाई मान्नु छ
मनको भाषा उनीहरु कसो गरि सुन्दा हुन्?
भविष्यको लामो सपना कसो गरि बुन्दा हुन् ?
मन्जुरी त्यो बिछौन को कुना कुना बाड्ने गरि
समर्पण त्यो आफै लाई अर्को संग बाड्ने गरि
साहस क्यारी बोटुल्दा हुन् हिंडे
सपना र रहर साट्न जिन्दगिका
अब हिंडे संगै संगै पल साट्न जिन्दगीका .......

No comments:

Post a Comment