संसारिक बन्धनबाट म मुक्ति चाहन्छु
पिर मलाई मात्रै, व्यथा मेरै मात्रै
झैँ लाग्थ्यो
यहाँ त हर मान्छे पिरिएका रहेछन
हर मान्छे व्यथामा साधियेका रहेछन
पिल्साइ उस्तै रहेछ रुवाइ उस्तै रहेछ
अनी म कसरी फरक ?
आफैलाई अरु भन्दा फरक देख्थे
यो फरक देखाइ नभै बस्
फरक सम्झाइ रहेछ
जुना झुटो रहेछ बिल्कुलाई झुटो
नत्र
म पनि अरु झैँ किन तड्पिन्छु आफ्ना
व्यथा सुनाउन
किन लोभिन्छु कसैको सामिप्यता र माया
पाउन
सबैलाई झैँ माया चाहिने ,सबैलाई झैँ आफ्ना
व्यथा सुनाउनु पर्ने भए
अनी म कसरी फरक ?
हुन त अरुले झैँ,
तिम्रा व्यथा सुन्छु भन्ने पनि पाए
सुनिदिउला झैँ गर्ने पनि पाए
तर अथक्कै अरुकझैँ, नबिनाता बिना ।
सुनाउनु र नसुनाउनु बिचको अन्तर
सागरमा अर्को एक लोटा पानी थाप्नु
जत्तिकै पाए
सबै उस्तै भए अरुका झैँ, त्यसैले
यता उति हेर्छु, खोज्छु आफैलाई
म को हु, किन छु यहाँ प्रश्न
तेर्सार्छु आफैलाई
न फरक देख्छु,न आफ्नै परिचय
भेट्छु , न आफु हुनुको मतलब नै
यस्तै किरा फट्याङ्र्गा सारी हुनु छ भने
किन हुनु यहाँ, किन बाच्नु यसरी तसर्थ
संसारिक बन्धनबाट म मुक्ति चाहन्छु
No comments:
Post a Comment