यसै त म अल्छि त्यो पनि घरमा पकाएर खानदिने आमै र कमाएर ल्याइदिने वावै हुँदाहुँदै विहान सवेरै मलाइकिन उठ्न परोस र जाँगर चलोस ।
मलाइ खासै यसो अर उसो अर नभन्ने मेरी आमैले आज सवेरै “तिउन पकाउने जिम्मा चै तेरो है ! वा लाइ अफिस जान ढिला हुुन्च” भनिन । अचम्म!!पुषको मैना सिरक मुनिको म क्यारी उठ्दो हुम् (हुनतआमै पनिक्यारी उठ्दिहुन र तै पनि अल्छीको कुरो जैशीले क्यारी वुझोस् र ?) टार्न खोजे । भान्साटी आवाजआयो “वावु ए वावु आइज न मलाइ पकाउन आउदैन क्या” । लौनऽऽ सुन्दै लाज मर्नु के होला त्यस्तो जुन मेरी आमैलाई पकाउन नआओस् ! आज सम्म उनका प्रत्येक पकवानको स्वाद कुनै मेरा जिव्रोटी गएनन् फेरी आज भन्चिन पकाउन आउदैन । हेरौ भनि भान्सातिर लागे के हो त्यस्तो ? गा’को चिचि हच कुखुरीको ।
पच्चिसौ वर्षदेखि न्याउरीले झम्टिएको चल्लो,स्यालले तानेको भाले,वाघले दाहे्रको वाख्रो देखि आजसम्मका हरेक चोटिका चिचि ,आफै पकाउथिन् र म मिठो मानि मानि खान्थे फेरी आजकिनआएन् त्यै हिजोकै तिउन हिजोकै जसरी पकाउन?
आकाशको घामले मलाइपर्दाको चेपटी चियाउँदै थियो । मैले पनि टँेडो नजर जुधाएर सोच्दै ।हन किन भनिचन त्यस्तो छोरालाइ पनि काम सिकाउ भनेर हो कि? कि भान्सामा एक्लै भएर साथि पो बोलाइचन?कि अर्कै अर्थ लुक्या छ ?अलि धेरै नै घोत्लीनु परो अनि अलि लामै काहानी उत्तरका रुपमा स्मृतिको क्यानभासमा चित्रियो ।
मङ्सिर लाग्दै देखि आमैको गनगन सुन्नथालेको थिए ,अझ कसै कसै संग “कोही केटी छन् भने हेर्दै अर्नुु है अव चाँडै विहे अर्दिन पर्च”भनेको सुनेको थिए । आजको भान्सा हड्ताल त्यसैको त विस्तृत रुप थिएन ? झै भानभयो ।छिरे भान्सातिर र गएर वसे कुनाको कुुर्चीमा चल्दै थिए आमैका फत्फत् ।एक एक गर्दै चपबोर्ड, चक्कु, प्याज, टमाटर गर्दै मेरा अगाडी साँच्चै काम थपिदै गए म हेरेको हेरै भए ।यस्तो अनौठो व्यवहार आज अघि कहिल्यै देखेको थिइन । कामपनि गर्दै गएँ, गनगन पनि सुन्दै गएँ ।“हेर्वावु यसो अलि अलि काम सघाइदे, तेरी वूढी आएपछि डाडुले हान्चे टाउकाँ अनि था पाउलास् । अलि अलि सिक्दै अर मैले एक्लै अर्थे भन्दैआँ अव आउनिले अर्दैनन् तेरा दिदी वैनी भैद्या भा अलि अलि वुझ्थिस होला । एक्लै भइस् तै पनिकेटी मान्छेका मन वुझ्न सिक्” के भनीरा होला भन्दै फेरी सुन्नथाले । आमाले अव आउनीको मन भन्दै आफ्ना मनका कुरा गर्दै गरेको म सजिलै वुझ्न सक्थेँ । “हेर तँ पनि एक्लै भइस् तेरा साथि खासै भएनन् अव विए अर्नू पर्च तलाई नि साथि हुनि मलाई नि साथि हुनि”। ए त्यसो पो हच कुरो वल्लवुझीयो गाँठी कुरो ।
हुन त आमै तँैले काम नजान्दा कुकुरले नपाउने दुःख पाउलास् भन्न सक्ने अवस्थामा थिइनन्,सधै जो सोल्टी कुकुरलाई काखैमा मायाले पालेकी थिइन् । फेरी उनीआफैँ माँन्छेले जती काम जाने पनी र गरे पनी पाउनेले दुःख पाउछन् भन्ने कुराकी उदाहरण जस्ती थिइन्। अनि भनुन कसरी ?
चिचिको तिउन पनि पाको, आमै आफैले पकाइन्,सधै झै मिठो पनिभो उसैगरी। कुरा पनि सुनाइन्, मैले पनि सुुने अनि“ के हन्चिनहन्चिन मेरी आमै ”भन्दै म उठेरफेरी मलाई वोलाउँदै गरेको सिरक तिर लागेँ ।
No comments:
Post a Comment