Monday, January 18, 2016

माघि/माघेसक्रान्ती हिजो र आज

हिजो राती धेरै वेर सम्म निदाउन सकिएन पुषको अन्ति रात भएर पो हो कि ? यो मोवाइल भन्नी भाँडो पनि अचम्म वन्याछ अचेल समय हेरे नि हुनी तापक्रम हेरे पनि हुनी स तापक्रम पुुुगेको रहेछ न्यूनतम् विन्दुमा अनि प्राधिकरणले विल धेरै नउठोस् भनेर दिने गरेको दुइचार मिनेट वाला वत्तिपनी नभाको । क्यारी तातोस् र लागोस् निन्द्रा । रुइ, दुुइ र फुइ भन्थे वुढापाकास फुइ को के कुरा प्राधिकरणको पेवा भइगो । दुुइका त के कुरा गर्नु झन आफु परियो एकलकाटे वुङगो । वचेको त्यै रुइमा गुटुमुटु पर्दा काठमान्डौको चिसोले एस्।एस्।वि घुसेझै घुसेर अत्याचार गरेपछि निन्द्रा देविको विचल्ली त हुनेनै भो । आज विहान एक्कासी कानमा मन्दिरमा वावा आमाले पुजा गर्दा वजेको घन्टि टिनटिनाउन थालेपछि  व्यूझेँ तर कतिखेर निदाएछु राती यादै भएन रातभर ( करवठ् वदल् वदल्के सारी रातझै भो । )

 आज रहेछ माघे सक्रान्ति, सानोमा एकचोटी हाम्रा फुपाजुले मलाइ जिस्काउदै “हेर त वावु यसपाली पनि माघे सक्रान्ति माघको एक गते नै परेछ” भन्नु भएको याद आयो । तनहुँमा हुँदा म सानै थिए उ दिनमा थिए चाडवाडको महत्व । “ यसपालि सक्रातिमा देउघाट जाने हो” भनेपछि पन्ध्र पुष देखी नै सक्रान्तिको कुराइ गतिलै हुन्थो । मसान्तिको दिन गएर ठुलोवावाको मा वसिन्थ्यो  भरतपुर अनि सवेरै उठेर  देवघाट पुगिन्थ्यो ठन्डि पनि ठन्डि लाग्थेन रमाइलो ले होला । हुस्सु लागेको सडकमा रिक्सा चढेर वसपार्क अनि ट्याम्पो चढेर देवघाट ओहो कति रमाइलो१ विक्रम ट्याम्पो मा सरर । यात्रु जति सवै आफ्नै फुुपुदिदी, आमा, ठुलोआमा, दाईहरु, वैनि र म । हुुल वाँधेर पुगिन्थ्यो । ठुलो हुल भए पनि हामी केटा केटी नै धेरै हुन्थ्यौ । आमाहरु ट्याम्पुवाट उत्रदा उत्रदै हामी भुुराभुरी टोली चितवन र तनहुुँ जोड्ने झोलुुङगे पुलमा उफ्रन पुग्थ्यौँ ।

समथर तराइको मुुहान झै लाग्ने देवघाट धाम झिस्मिसेमै उठि सकेको हुन्थ्यो  । हुस्सुले डम्म ढाके पनि काली गण्डकी र नारायणीको कानेखुसी प्रस्टै सुनिन्थ्यो । खचाखच मान्छेले भरिएको पुलपनि हामी वल लगाइ लगाइ हल्लाउन खोज्थ्यौ तल नारायणीका छालहरु हामीलाइ छुन हात लम्काइरहेका हुन्थे । दोभानमा मकर नुहाउनेहरु चुपुल्की मार्दै हुन्थे । कोही डुङ्गा चढेर तर्दै हुन्थे नदी प्राय सवै खुसी देखिन्थे तर हतारमा । कोही कोही भने शोकमा देखिन्थे पारी किनारमा मलामिको लर्को पनि देखिन्थ्यो । न जिवनको सुर्ता न मरणको पिर त्यो वालापन , त्यो काली गण्डकीको चुपुल्की सँगै कठ्याङग्रीएको वेला दिमागमै तरुल सखरखण्ड घिउ चाकु आउँथ्यो । आमा दिदीहरु नुहाइ सकी जल चढाउनु हुन्थ्यो लाग्थ्यो “ त्यै खोलाको पानी अम्खोरामा भरेर पूर्व फर्की त्यै खोलामा किन खन्याएको होला ?” “ नुहाउनु नुहाउनु घरमै न नुहाएर किन दोभान, त्रिवेणी खोजीएको होला ?” कारण जे सुकै होस धाम, दोभान या त्रिवेणी कै वाहानामा नयाँ ठाउ त  घुम्न पाइन्थ्यो त्यसैमा खुसी  हुन्थ्यौ हामी । सवै भूरा भूरी टोलीको हातमा एकएक ओटा जेरी राखीदिएर सकिन्थ्यो देवघाट भ्रमण अनि फेरी विक्रम ट्याम्पो जिन्दावाद ।

फर्कदा जाने जोश हराए पनि फुपुको घर (गितानगर) मा पुगेर चाकु खाने नयाँ जोश हुन्थ्यो । दिदीको घर पुगेर घाममा वसी माघि खाँदाको मजा अव कहाँ मिलोस् । दिदी मलाइ साह्रै माया गर्नुहुन्थ्यो , म पनि वल्लवल्ल घरवाट हिड्न पाएको दिदीकोमा साह्रै रमाउँथे दिदी फुपुदिदी भएपनि आमा जस्तै लाग्नुहुन्थ्यो अनि भान्जि दिदी हरु दिदी जस्तै, आफ्नै आमाका सन्तान जस्तै । ठूली भान्जी दिदी उमेरमा अलि ठुली र व्यवहारीक हुनाले खासै नजिक भए जस्तो हुन्थेन अलि डर लागेझै हुन्थ्यो  तर माइली दिदी र एउटी वहिनी आफ्नै उमेर सरह लाग्ने र कुरो पनि मिल्ने हुनाले घरै फर्कन नपरे पनि हुन्थ्यो झै लाग्थ्यो । एउटा भाइ भानिज भाइ साह्रै चकचके ,साह्रै हठि थिए भनेको कुरो नभइ नहुने । अचम्म लाग्थ्यो भाइलाइ देख्दा, मै पनि एक्लो छोरो थिए, तर यो चाहियो उ चाहियो भन्ने आँट कहिल्यै आएन । रहर नभएर पनि होइन खै मलाइ त्यसो गर्न पुग्दैन भन्ने लागेर पो हो कि ?
अभावै अभावमा, ऋण खोजेको थोरै पैसाले मनाएको चाड र आजको केही हदसम्म पूर्ती गर्न सक्ने अवस्थाको चाड तुलना गर्दा म आज भन्दा हिजोकै तौर तरिकामा आफुलाइ खुशी पाउँछु । गरिवको झुपडिमा अभावमा जकडिएको झै लाग्ने प्रेम महलहरुमा त झन् झुल्कीन  सम्म पनि नसकेको देख्दा हैरान छु अचेल ।

@sekharbhadrakha

No comments:

Post a Comment