Monday, February 29, 2016

समय एक मलम्


“अरु कसैलाई यति घेरै पनि नजिक नवनाउनु ताकि उ बिना आफ्नो जिवन् नै बेकार् लागोस्”

यो भनाइ संग म कहिले सहमत हुन सकिन । मलाइ थाहा छ मान्छे त्यति कमजोर प्राणि होइन । मैले जति पनि मिलन बिछोडका काहानिहरु देखे, सुने, पढेको छु तिनमा जे जे राम्रो नराम्रो हुने हो सुरुवाति दिनमै हुनेगरेको भेटेको छु र समय वित्दै जाँदा सामान्य हुदै गरेको देखेको छु।

जटिल त केहि कुरा पनि छैन न सहज नै छ । जे हुनु छ त्यौ हुन्छ भने त्यसलाइ दुइ फरक कुनामा बसि किन ब्यख्या गर्ने ,उहि दृष्टिबिहिन हरुले हात्ति वयान गरेको कथा जस्तो? फरक यत्ति हो हामी सदृष्टि अन्दाज लगाउँदा पनि गलत लगाउछौँ उनिहरु विना दृष्टिको अन्दाज गलत निस्क्यो ।

कुरो हो समय र परिस्थीतीको। कुनै समय अत्यन्त जटिल लाग्छ, काट्नै पो सकिदैन झैँ । कहिले काहि त यो जिवन नै अन्त्य गरिदिउ जस्तो साहै्र जटिल , फेरि एकछिन् आँखा चिम्म गरेर आफु वाच्नु पर्ने कारणहरु केलाउछु, मर्नु पर्ने कारण केलाउछु र दुइ थुप्रा पारी समयको तराजुमा जोख्छु । हेर्दा मर्नुपर्ने कारणहरु धेरै देखिएपनि वाच्नुपर्ने कारण गह्रुगो पाएँ।
यसरी धेरै पल्ट जोखेँ, दाँजेँ र तौलेँ । हर पटक वाँच्ने कारणले नै जित्दै आए र म पनि जिउदो छु ।

मेरी एकजना साथि जिवन देखिनै थकित, अझ भनौ सम्बन्ध देखि क्षत¬ बिक्षत् भएको सुनेँ। कुरा गर्दा साहै्र कमजोर भएको पनि पाएँ । उनिलाई सम्झाउने शब्द पनि भेटिन अझ दिलासाका शब्द त झनै निस्केनन् । परि फेरि मनकि साथि । मन दुखेको बेलामा पनि साथ दिन सकिन भने के को मनको साथि भनेझै लाग्यो र केहि उनका मनलाइ टेवा पुग्ने शब्द छरिदिएँ । अब म उनलाइ कसरी वुझाँउ यो दुनियाँमा उनको पिडा भन्दा कयौँ गुना ज्यादा पिडा बोकेर मान्छे हाँस्दै बाँचेको छ ।

उनको पिडा रहेछ बर्षौ लामो प्रेम सम्बन्ध, बिहे सम्मको कुरो चलेपछि एक्कासी टुङ्गिएको । बिचरी मेरी साथि, उनलाइ कुन भाषामा सम्झाँउ त्यस्तो अन्तिम घडिमा धोका दिनेले मण्डपमा धोका दिन पनि सक्थ्यो। अझ जिवनको उत्तरार्धमा धोका दिन सक्थ्यो । उसले आज पाएको धोका अरु १० १५ वसन्त पछि पाएको भए के हुन्थ्यो?अनि त्यस्ताको सम्झनामा रुन्छिन् तड्पिन्छीन् अनि वाँच्नुको कारण भेट्दिनन् । उनलाइ वाँच्नुको कारण त्यति एउटा मात्रै हुँदैन भनेर बुझाउन पनि सक्दिन ।

हुन त उनको मन क्षतविक्षत भएको छ । वर्षौ देखि गोडमेल गरेको प्रेम थन्क्याउने वेलामा असिना पानी परेझै भएपछि नहोस् पनि कसरी? तर उनले बुझ्नु पर्ने के भने, म उनलाइ देखेको दिनदेखि आज सम्म प्रेम गर्छु । उनि आइन् गइन् फेरी आइन् । उनि अरु कसैसँग रमाइन् त्यो उनको खुसि थियो र त्यै मेरो पनि खुसि थियो । प्रेम प्राप्ती होइन प्रेम खुसि हो जो म अनुभव गर्दै छु । न म दुखेको  घाउमा मलम लगाउन सक्छु न मैले बुझेको प्रेमको अर्थ बुझाउन सक्छु ।

त्यसैले त म भन्छु कसैलाइ यति नजिक बनाउनुहोस् कि उसका सुख दुख आफ्ना लागुन् आँसु आफ्नो लागोस् हाँसो आफ्नो लागोस् त्यसपछि कहिल्यै उ विना जिवन वेकार लाग्ने छैन। जव प्रीतको साथि नबनाइ मनको साथि बनाउनु हुनेछ जसरी मैले उनलाइ बनाएको छु ।

यो समयको चक्रमा घडीको काँटाले धकेल्ने जिवन हामीले हाम्रो भन्न मिल्दैन । यो त वस् जसरी चल्छ चल्न दिने हो । चाहना राख्ने मात्रै हामीले हो प्राप्ति समयको चक्रमा छ भए पाइन्छ नभए अर्कै पाइन्छ तसर्थ सुख दुख हाम्रै कारण हुन्छन, हाम्रै मनका कारण । सहज रुपमा लिए सुखि भइएला जटिल सम्झे पिडा । छोराको दागबत्ति दिएर आउने पिता , पतिको लास बुझ्न आउने पत्नि , आफन्तीको बिचमा एक्लिएको मान्छे , बावु आमा बाट बिछडीएको बचेरोको पिर का अगाडी हाम्रा पिडा केही होइनन् । र त मान्छे बाँचेका छन् भने मैले सबै भन्दा बढी प्रेम गर्ने उनि लाइ नपाउनु या उनीले रोजेअनुसारको मान्छे नपाउनु कुनै धर्ति आकाश एक हुने कुरा होइन तर पनि म यी सव कुरा उनलाइ बुझाउन सक्दिन ।

ए समय, ए घडि तै बुझाइ दे उनिलाइ कि म पनि उनि जस्तै पिडामा थिएँ उनले छाडेको दिन तर आज सम्म प्रतिक्षामा सहि बाँचेकै छु भने उनि पनि फेरी खुशी हुन सक्नेछिन । फेरि हाँस्ने छिन् , रमाउने छिन् मेरी पहिले कि उनि जस्तै अनि म फेरि पनि उनलाइ हेरेर खुशी हुनेछु।

Twitter

No comments:

Post a Comment