किन आज सब सुस्त सुस्त हुन्छ?
आज के लेखम् लेखम् हुँदा लेख्न बसेँ । दिमागमा एउटा कुरा सल्मलायो की केहि लेख्ने कुरै नभै लेख्न बस्दा कलम ले के लेख्दो रहेछ भनि हेरौँ हेरौँ लाग्यो र जबर्जस्ति कापिमा कलम जोत्न थालेँ आफ्नो दिमाग पुह्रै खालि छोडर । हेरी राखेँ । कलम मेरो बूढि औला र कान्छी औलाको बिचमा निचोरिदै कापिमा छट्पटाउन थाल्यो । मेरो दिमाग भने शून्य नै थियो । हेर्दा हेर्दै सोच्दा सोच्दै कलमले त एक अनुच्छेद नै पो लेखिसकेछ बिना सिर्षक बिना बिषय ।
म सधैझै आफ्नै खाटमा लम्पसार पर्दै देब्रे हातको कुहिनाले सिरानि अचेट्दै टाउको लाइ टेको दिदै छु । म सँग मै जसरी मेरो जुठो स्याउ चिमचिम गर्दै छ । जसै मधुमासको रातमा बेहुला बेहुलि को बिछ्यौनामा झैँ म मुनि लमतन््न तन्नामा बुट्टा मात्रै सहि गुलाब फूलेका छन्। म भन्दा मोटे सिरक मलाइ पेल्न खोजेझै गर्दै म तिर सर्दै छ । फेरी मै पनि के कम् उसलाइ पिठ्यूँ फर्काएर कलमले कापि माथि गर्दै गरेको रमितामा रमाउदै छु । हैन लेखुँ चाहिँ के आज? अझै सोच्दै छु । अँह केहि फुर्दै फुरेन।
यो जाबो छिमेकीको मोटरसाइकल कति ट्या ट्या गर्छ । यसलाइ चाहिँ नाकाबन्धी लागेनछ क्यारे । फेरी हेर न त्यै भटभटेको ट्याँ ट्याँ ले झर्को लागि रा बेला । मोबाइल ट्यार्र्र्र्र्र गर्यो । आँफूलाइ लेख्ने कुरा नफुरीरा को बेलाँ । जाबो फोन उठाउदिन बजेबजोस् । हैन लेखम् चाहिँ के के आज? लौन कोहि फुर्दै फुरेन ।
के लेखम् भनेर दिमागलाइ जोड दिँदा दिँदा गिदी ताति सक्यो तर पनि बिषय भेटिएन । न बिगतका आफ्ना कथा लेख्नु, न साथि भाइका प्रेम प्रसंग लेख्नु न मिलन्का कथा लेख्नु न बिछोड का कहानि , लेख्ने कुरै पो छैनन् त । कविता कथाका वारेमा के लेख्न समिक्षक परिएन । कसैको जिवन काहानी के लेखौँ कथाकार परिएन । वाँदरले केरा भेटेझैँ कलम भेटेका मेरा हातले जे मन लाग्यो त्यो लेखेर पनि भएन र खोज्न थाले लेख्न लायक विषय शिर्षक । खोज्दा खोज्दै केही नभेटे पछि आफैँ लाई आफ्नो एउटा जावो विषय नभेट्टाउने भुत्ते दिमाग देखेर झनक्क रिस उठ्यो र मझेरी तिर पुग्ने गरि कलमलाई फ्याँकि दिउ झै लाग्यो यो जावो कलमको पनि के दोष, फेरी फालीन । हेर्दा हेर्दै कापिको पाना पो भरिएछ तै पनि लेख्ने कुरो केही भेटिन। ।
मेरो खाना रेडी भयो रे म खान हिँडे विषयको खोजी फेरी फेरी गरौँला आजलाई कलम वन्द । हैन लेख्ने भए लेखम चाँही के के किन मेरो दिमागले कुनै विषय नै भेटेन ?
हैन शिवजी को प्रसाद यस्तै हुने हो?
No comments:
Post a Comment