Monday, May 2, 2016

झुक्याएर गयौ

भूकम्पको धक्का सरि अत्याएर गयौ
आयौ आयौ भन्दा भन्दै झुक्याएर गयौ

हल्लाएथ्यो घर बार, हल्लाएथ्यो मन
कुरी बस्दा, तिम्रौबाटो लत्याएर गयौ
आयौ आयौ भन्दा भन्दै झुक्याएर गयौ

यो घडिको सुइ जस्तै, तेज तिम्रो पनि
तिम्रै रफ्तार भेट्न खोज्दा हुत्याएर गयौ
आयौ आयौ भन्दा भन्दै झुक्याएर गयौ

कुर्नेको त कामै कुर्ने, म नि कुरि बसेँ
क्यालेण्डरको पना सरि पल्ट्याएर गयौ
आयौ आयौ भन्दा भन्दै झुक्याएर गयौ

भूकम्पको धक्का सरि अत्याएर आयौ
आयौ आयौ भन्दा भन्दै झुक्याएर गयौ

By: SB Khanal

No comments:

Post a Comment