आँखा भरी आँशु पाथ्र्यौ, मन जलाएर हो की
नमेटिने घाउका खाटा चलाएर हो की
एक तमासले टोलाउँछौ सून्य हुने गरि
सम्झनाका भेल वाडीले बगाएर हो की
नमेटिने घाउका खाटा चलाएर हो की
पराइझै हेछ्र्यौ कैले, नचिने झैँ गरी
तिम्रो हाम्रो मनको साइनो ढलाएर हो की
नमेटिने घाउका खाटा चलाएर हो की
अबिरल गन्तब्यको सँगै बाटो हिड्दा हिड्दै
कुना पस्यौ थकानले गलाएर हो की
नमेटिने घाउका खाटा चलाएर हो की
धर्मराउँछौ कैले कैले, डराउछौ उसै उसै
साथ नछोडने वाचाको भर नलाएर हो की
नमेटिने घाउका खाटा चलाएर हो की
BY: SB khanal
एस बि खनाल
Twitter:@sbkhanal
भनाई र गराई पिच्छे फरक पर्छ जिन्दगी
ReplyDeleteहासो र रोदन पिच्छे फरक पर्छ जिन्दगी
सबैलाई आफ्ना दिन काटेका हुन्छन जसो तसो
भोगाई र रोजाई पिच्छे फरक पर्छ जिन्दगी
कसैलाई स्वर्ग यहि कसैलाई नर्क यहि
सुख र दुख पिच्छे फरक पर्छ जिन्दगी
भाग्य सबैको एकनासो हुदैन कहिले
देउता र मन्दिर पिच्छे फरक पर्छ जिन्दगी
Saroj Upadhyaya