Thursday, December 24, 2015

अनुभुती

मित्र भन्छ ,
यो अनुभुती हो कस्तो , न पाएको केही छ
न गरेको नै केही
यो अजब गजबको अनुभुती हो कस्तो?
यस्तै हुन्छ रे प्रेम मा !
उनी आफ्नै भएको जस्तो
अंगालोले बेरि मुटु कै नजिक 
राखुँ राखुँ  जस्ताे,
उनकै कल्पनामा सारा 
भुलुँ भुलुँ जस्तो 
फेरि
अनायासको डर ओहाे!
उनी कतै छुट्छीन कि जस्तो,
अब भेट नै पो न हुनेहो कि जस्तो
आँखामा राख्दा आँसु सँगै बग्छीन् कि जस्ताे
के साच्चाै प्रेममा यस्तै हुन्छ ?
कहिले उनी सग नजिकिने हतारो 
कहिले उनलाई आफ्नो बनाउने हतारो 
कहिले छुट्टीनु पर्ने पिडा 
कहिले न भेटदा को पिडा 
ओहो!!
के साँचो प्रेम मा हुने अनुभुति यस्तै  हो ?
हो भने भैगो
म डरै डरमा बाच्न सक्दिन
म पिडै पिडामा जिउन सक्दिन
साथि तै गर् साचाे प्रेम 
मलाई त
म भएर बाच्नु छ
स्वतन्त्र भै सास फेर्नु छ
बोरु
मलाई प्रेम नभए न होस् 
यदि
साचो प्रेममा हुने अनुभुति यस्तै हुन् भने!!!

Monday, December 21, 2015

हे मानब तिमि बिचित्र का


जब पुरुषहरु लेख्छन , तब लाग्छ
नारी बिना उसको अस्तित्वो छ सुन्य सरि
ताहीं
नारी पनि लेख्छिन , थप्छिन
पुरुष बिना संसारै यो
छ र कहाँ ?
आफ्नै मन जान्दैनौ
बुझ्दैनौ चाहना पनि, फेरी किन
लड्छौ, झगडछौ एथार्थ मा
मान्नु नै थियो यदि अपुरो
बिना एक अर्का मा
मन भन्छ एउटा , तिमि garchau अर्को
गराई फरक उसै
तिमि ले जानेको कसरि ?
मानेको जसरि नमानी कनै
यहाँ
अधम , अज्ञानी भनु पनि कसरि ?
धार्मि दानी र ज्ञानी पल्टिदै
फलाक्दै हिनेको हेरेर
सर्बज्ञानी मानु पनि कसरि
भोक सोक र मोह मा
दुखि बनेको देखेर
क्यानभास भित्र न अट्ने
चित्र मध्ये का बिचित्र
कसरि जानुं , कसरि बुझु
हे मानब तिमि बिचित्र का .....

Sunday, December 20, 2015

कहाँ छ?

दुनि्यानै भ्रम को खेति 
यो मेरो रे त्यो उस्को रे 
मेरो हुनु भन्दा पहिले तेइ अरु कसैको रे
लौ! हवा उहि छ पानि उहि छ 
तब त सोछ्
म कहा छु अनि मेरो भन्नु कहाँ छ?
बेबकुफहरुको मेला यो 
धरति यो गोलो रे आकश त्यो नीलो रे 
लमतन्न पहाड देख्‍छु समतन्न तराइ
रङ का कुरा गर्ने हरु ; सुन्यत नै आकश रे 
तब त सोच्छु 
धरति कहा छ अनि एस्को टेको कहा छ ?
बादरहरु को बठ्यै यो 
सुर्य उदायो रे , सुर्य अस्तायो रे 
अटल पिण्ड बिचरा उदाओस कसरि अस्ताओस कसरि त्यो
उस्तै छ पिण्ड उस्तै छन चक्र छ सधै 
तब त सोच्छु 
समय भित्र घडी कि घडी भित्र समय "खै कहा छ?"
अघोरि को मलमि लस्कर यो 
सर परे पुण्य रे नपरे पाप रे 
भोको पर्दा एक अर्का लाइ समेत लुछ्नेहरु कै 
मानबताका कुरा रे 
उस्तै छ पारा उस्तै छ बानि 
तब त म सोच्छु 
पाप कहा छ पुण्य कहा छ ?
अनि मानबता ???
खै कहा छ ????

Saturday, December 19, 2015

प्रियसी लाई पत्र

प्रिय मनकी  रानी धन्यवाद,
मेरो जिबनका तिता मिठा घटनाहरु मध्यकि एक सम्झन लायक र मिठो क्षण हौ तिमि ,मेरो मन को नजिक  मेरो प्रिय भएर बसिदिएकोमा साह्राै कृतज्ञ छु ।

हुन त सबैका जीवन कुनै न कुनै घटनाहरु बाट जेलिएका त हुन्छन नै ,त्यसै गरी मेरो जीवन पनि जेलिएको छ । तिमी आउनु-जनु तिनै घटनाक्रम कै निरन्तरता हो। मेरो उपलब्धिको अर्को खुड्किलो । बस् तिमी आउँदा खुशी थिए जाँदा केही छिन भन्द दुखी हुन सकिन किनकी म सँग दुखी हुने कारण भन्दा खुशी हुने बहाना धेरै छन् ।मलाई यति धेरै बलियो र दरिलो बन्न सहयोग पुर्याउने हर कोहि लाई नसम्झी रहन सक्दिन। मानिसिक रूपमा अलि फरक र सरिरिक रुपमा कम्जोर बुवा र मरन्च्यासे ख्याउटे नाबलक मलाई पलन पोषण गर्दै यहाँ सम्म पुराउने मेरि आमा  बाट मैले धेरै खुसी हुने बहाना सिकेको छु।
ठुलो परिवार ,ठुलो खानदान अझ जमिनदार  परिवारकि पाँचौ (ठुली कान्छी )बुहारी  भएर पनि अंशको नाममा एक  टुक्रा उब्जाउ जमिन नपाउदा पनि छर-छिमेक को भरो, पर्म,निमेख गरि दुई छाक जुटाएकि मेरी आमाका दुख पिडाका अगाडि तिम्रो बिछोडमा मलाई रुन मेरा आँसुले साथ दिएनन्।

भाबनात्मक उत्तेजना
हरु आफै सान्त हुँदा रहेछन् ,भोग्नु परेपछी पिडा पिडा नहुदा रहेछन् र सम्पुर्ण कुराहरु नियमित प्रक्रिया झै बन्दा रहेछन् भन्ने कुरा आफ्नै  आँखा अगाडि  नियालेको ,भोगे देखेको मैले स्वयम अनेकौ ठक्कर बाट मन ढुङ्गा बनाई सके।तिम्रा प्रेमले थोरै कम्जोर अबस्य पार्यो होला तर बियोग ले टुक्रा-टुक्रा हुन सकिन।

बिश्वास पात्रहरुको बिस्वाश घात ,प्रेम आसातित पात्रहरु बाट रुष्टता त ममुली भए ; मर्दा र पर्दा डाेलि उठाउनु पर्नेहरु तमसे बनेको परिदृश्य नियालिसकेका मेरा परिस्थितिहरु ले तिमीलाई भने कतै मनको कुनामा अझै सजाएको पाएको थिए तर तिमी मन भित्रको तिम्रो तस्बिर पनि फिर्ता लिने हेतु ले ढोका ढकढक्याउन आइपुग्याै ।

प्रिय् ,
मायालु प्रेमिकाको मीठो प्रेम बाट बन्चित हुनु भन्दा हजार गुना बढी पिडा सक्षम र सबल परिवार को दुर्बल र असक्षम छोराको छोरो हुनुमा भएको  तिमीलाई म बुझाउन सक्दिन।ठुलो झागिएको वर को छया मुनि पनि एक्लै निथ्रुक्क भिज्दा को पिडा म कसरी बुझाउ ? प्रेरणा दिने ले खुट्टा तनेको ,साथ दिने ले आँखी गरेको अनि अफ्ना भन्नेहरु ले पराइ जत्तिकै पनि नसम्झिदाका रापहरु ले सेकेको म र मेरो मन ले तिमी लाई सधैं एउटा मिठो सपना सम्झी रहने छ।

गरिबलाई दिन्छु नभन्नु R....लाई लन्छु नभन्नु भने झै म माया को भिखरी लाई आस देखयाै चहिने भन्दा धेरै आस गरेँ । हुन त मेरा पनि गल्ती होलान ,प्रेम लाई पूजा मान्नेहरु मलाई पापी देख्ने होलन !आफ्नो अतीत लाई अंगालो हलि तिम्रो मायालाई अबमुल्यन गर्यो भन्लान तर प्रिय् मैले तिम्रो माया लाई मेरो अतीत संग जोड्न खोजेको कदापी नसम्झनु, अनि तिमी लाई माया नगरेको नसम्झनु। हो मैले तिम्रो बियोगमा एक थोपा आँसु पनि चुहाउन सकिन,मलाई माफ गर ।

उहीँ तिम्रो प्रेमी

मधुर-मिलन


हुर्के बढे चले दुइ ,आत्मा अलग अलग
योबन कालका प्रथम प्रहर काटे अलग अलग
घुमाउरो गोरेटो झैँ रिंगे बाटा जिन्दगिका
अब हिंडे संगै संगै पल साट्न जिन्दगीका
देख्नु छैन भेट्नु छैन बेखबर छ आनि बानी
उपरान्त जिबनकाल भर बाँच्नु छ एक बानी
आज भेटि एक अर्का मा गर्ने कुरा के होला ?
मरण-अन्त नटुट्ने सम्बन्धको चुरो पनि के होला ?
एकपलको भेटमा नै एक-अर्कालाई जान्नु छ
आँखा बाट छलकिएका मिठा आग्रहलाई मान्नु छ
मनको भाषा उनीहरु कसो गरि सुन्दा हुन्?
भविष्यको लामो सपना कसो गरि बुन्दा हुन् ?
मन्जुरी त्यो बिछौन को कुना कुना बाड्ने गरि
समर्पण त्यो आफै लाई अर्को संग बाड्ने गरि
साहस क्यारी बोटुल्दा हुन् हिंडे
सपना र रहर साट्न जिन्दगिका
अब हिंडे संगै संगै पल साट्न जिन्दगीका .......

Friday, December 18, 2015

मानवता को स्वांग



टुटाउनु  नै थियो भने बनाउनु किन ?
फुटाउनु नै थियो भने जुटाउनु किन?

उचा उचा इमारत् बनाई कहिले सपना वाडछौ
हात समाई सिखर चडाई  पछि एक्लै छाड्छौ
सहकार्य र मित्रताका कुरा मिठा मिठा
सम्बन्ध लाई राजनीति ले रंगाउनु  किन?
फुटाउनु नै थियो भने जुटाउनु किन?

अनुदानमा भिखहरु गिन्ती हुन थाले
लिलामीमा प्रेमहरु बिक्रि हुन थाले
आणबिक भट्टी भरि मानवता जलिरहदा टुलु टुलु हेर्ने हरु
सभ्यता को ढयांग्रो ठटाउनु किन ?
फुटाउनु नै थियो भने जुटाउनु किन?

Thursday, December 17, 2015

भन्नु केहि छैन

बुज्नेहरु कै बीच मा त बचेको छु ,
अबुझहरु लाई भन्नु केहि छैन

आफ्ना सम्झिने हरु कै काख मा त हासेको छु
पराइ सम्झिनेहरु लाई भन्नु केहि छैन

जिबन का अनाकेउ बसन्त येही त साटेको छु
सम्झना साटेना भन्नेहरु लाई भन्नु केहि छैन

यिनैका बीचमा सुख दुख का लट्टा बाटेको छु
स्वार्थी भो भन्ने हरुलाई भन्नु केहि छैन

Wednesday, December 16, 2015

सुभ-कामनाका सब्दहरु ...

तिता मीठा स्वाद संगै उतार चाडब जिन्दगीको
पात्रो पल्ट्यो अर्को पानो कोर्दै कथा जिन्दगिको

अन्तरंग भोगाई संगै पुरानो साल लाई बिदाई गर्दा
हासो छुटे आँसु छुटे यादहरु फर्की हेर्दा
बिर्सी हाल्ने केहि भएन कथा मिठो जिन्दगिको
पात्रो पल्ट्यो अर्को पानो कोर्दै कथा जिन्दगिको

नया साले गोदुलीलाई चिरी आउदा मझेरीमा
आतितका दुइ सब्द कोर्दै गर्दा अंधेरीमा
कामना छ उन्नतिको भोलि आउने जिन्दगिको
पात्रो पल्ट्यो अर्को पानो कोर्दै कथा जिन्दगिको

"प्रतीक्षाले दिएको शिक्षा"


मिर्मिरेमै आज सोल्टी उठेछ । म सुतेकै ठाउँमा आएर मलाई बिउझायो।यस्तो जाडोमा  सबेरै उठाई दिएकोमा एकचोटी झनक्क रिस उठ्यो। कति बजेछ भनि मोबाइलको घडी हेरें ६:३७ भएको रहेछ(आजकाल आफ्नो नाकै आगाडीको भित्ते घडी बिरानो भा’को छ ,नजर सम्म पनि  तान्न सकेको छैन त्यसले बिचरा)  मोबाइलको घडीले भन्दा नोटिफिकेसनले पहिला ध्यान्  तान्यो । हेर्दा ..... reply  "जंगल तिर हारको " भन्ने म्यासेज देखियो ।कुरो बुज्न गारो भएन त्यो म्यासेज हिजो आफैले पठाएको "Where  lost " को रिप्लाई थियो ।

हिजो कति खेर म्यासेज गर्ली भनेर कुर्दै बस्दा भुसुक्कै निदाएको सम्झेर एक्लै हासें । जिन्दगिमा धरै कुरियो कहिले के त कहिले के , अहिले चाही म्यासेज अनि त्यहि कुराई कै सन्धर्भमा केही लेखु भनि कलम कापी समाएर लेख्न्न  बस्दा फेरी अन्तै कतै  हराएँ ।

धरै पहिलाको कुरो हो सायद ०५४-०५५ साल तिरको हुँदो हो,म सानो हुदाको। म ६-७ बर्षको थिएँ । हाम्रो घरमा भैसी ब्याउने बेला थियो । गाउकै मेरा एकजना ठुलोबुबा मलाई भैसी ब्याएपछि "अम्रो" चाही मलाई है भन्दै जिस्काउनु हुन्थो ।  जहाँ भेटे पनि जसको आगाडी जतिखेर भेटे पनि "यो नसे कम लोभी छ,दुध,बेगुती दुध त मागिन मागिन म बुढो मान्छे दातं छैन,हड्डी भएको मासु खान सक्दिन "अम्रो"चाहिं दे है भनेको त्यै  पनि दिन्छु भन्दैन " भन्दै जिस्काई हाल्नु हुन्थो । उहाले सारै गरे पछि सारै जिस्काएपछि  मैले त्यो अम्रो बुढालाई खुहाएरै छाड्ने निधो गरे ।

अब सुरु भयो मेरो प्रतीक्षा , कुन दिन भैसी ब्याउला र बुढाको  घरमा लगेर लौ खाउ बुढा भन्दै फ्याकौला  भन्ने कुराले सताउन थाल्यो।जब भैसी ब्याउने दिन्न नजिक आउथे ,म स्कुल पनि जान सकिन;"भैसी ब्याउला अनि अम्रो आमाले अन्तै फालीदिनुहोला भन्ने डरले।" ति दिनहरुमा लाग्थ्यो त्यो भन्दा ठुलो प्रतीक्षा जिन्दगिमा फेरी कहिल्यै गर्नु पर्ने छैन । एक दिन भैसी ब्यायो।पाडी पायो; हेर्दैमा बोकु बोकु लाग्ने तर भैसी ब्याएको खुशी ,बेगुती खान पाउने खुशी, भन्दा पनि मलाई अर्कै खुशी ठुलो लाग्यो । ठुलो बुबालाई अम्रो खुवाउन पाउने खुशी ।
भैसी पनि ब्यायो ।आमाले भैसी दुहुनु भयो ।सानो पाडीले दुध खायो,आमा बेगुती दुध पाकाउन थाल्नुभयो।म भने भैसीको पछाडी बसेर साल-नाल कतिखेर खस्ला र लगेर बुझाउला भन्दै कुरें।त्यतिखेर महिनौदेखि भैसी ब्याउने दिन कुरे भन्दा लामो कुरे झैँ लाग्यो भैसी ब्याए पछि अम्रो खस्ने समय कुरेको। न भन्दै तिन घण्टा पछि साल नाल खस्यो त्यो कुराईको बिचमा हतारले कति चोटी पिसाब फेरे गिन्ती छैन ।

त्यो दिन भन्दा अघि पनि मैले धेरै प्रतीक्षा गरे होला, मलाई खासै याद छैन।

आमा घास काट्न जानुहुन्थो बाबा खेतमा काम गर्न; म एक्लै बोराको झोलुङ्गो भित्र बसी घर कुरेर बितेको मेरो बल्यकालमा त्यस्ता अनगिन्ति प्रतीक्षा थिए होलान ! कहिले थिए होलान आमाको  प्रतीक्षा, कहिले आई दुध चुसाउलिन  भन्ने  प्रतीक्षा त कहिले दिन रात काम ले थकेको आमाको सुकेको दुधको मुन्टो चुस्दै त्यसबाट कहिले दुध आउला भन्ने  प्रतीक्षा त कहिले भोक लाग्दा हजुरआमा र सानोबुवा को घरमा खाजा, खाना, मिठो-मसिनो पाक्दा कहिले उनिहरु खालन र बचेँको खान बोलाउलान  भन्ने  प्रतीक्षा का त कुरै बाँकी रहलन् ! 

एक जोर लुगा फेर्न दशै को प्रतीक्षा, मासु खान कालीकाको पूजा र दशै को  प्रतीक्षा; अनि तिनै पूजा र दशै पनि नपाउदा गाउमा बाघले बाख्रा मर्ने प्रतीक्षा, देखी आजयौवन कालमा प्रियासीको म्यासेजको प्रतीक्षा सम्म आइपुग्दा मैले बुजेको मानव स्वभाब '' जती बेला जुन आइ पर्छ त्यही  प्रतीक्षा ठुलो '' भन्ने बुझे  ! 

पुराना घाउहरु जतिनै ठुलो र दर्दनाक भए पनि साना र ताजा घाउहरुकै पिडाले  बढी पोल्ने मानव स्वभाब रहेछ। 

Tuesday, December 15, 2015

बेडोके म के गरूँ

भाग्य लाई डोकोमा दुध संग तुलना गर्ने हरुलाई के भनु
डोको हुने ले त आफ्नो भाग्य नाप्ला, बेडोके म के गरूँ

अभागी लाई दश ठक्कर मात्रै एउटा कटु सत्यता
भोको पेट चीसो आँखा, यो कस्तो अनौठो बध्येता
गुमाउनु बाकी केहि नहुदा, बुजाईदेउ म के संग डरुँ
डोको हुने ले त आफ्नो भाग्य नाप्ला, बेडोके म के गरूँ

स्वार्थ मै टिकेको दुनिया, अर्काको दुखमा रमाउने
न टेक्ने हाँगो मिल्यो, न मिल्यो डाली समाउने
जन्दै छु , बुझ्दै छु, सब खेल , न स्वार्थ आफुमा भरुं
डोको हुने ले त आफ्नो भाग्य नाप्ला,बेडोके म के गरूँ

Monday, December 14, 2015

आसाका किरणहरु ...

एकैनास त नहोला नि जिन्दगि यो घरि घरि
हाँस्छु ,रुन्छु ,पर्छु मुर्छा, उठ्छु फेरि यसै गरि

सपनामै झाँगिदैथिए , बुन्दै मीठा महल हरु
उज्ज्वल भोलि, ताकी आज मार्दै गएँ रहर हरु
आसाका ति किरण हेर्दै बाची राछु मरी मरी
हाँस्छु ,रुन्छु ,पर्छु मुर्छा, उठ्छु फेरि यसै गरि

पल्ट्यो महल, ढल्यो रहर आँसुका ति बर्षा संगै
काध दिउ कि साथ दिउ कि बदनामी कै चर्चा संगै
आत्मा विश्वास बोटुलेर ,थेगिरहनछु सधै भरि
हाँस्छु ,रुन्छु ,पर्छु मुर्छा, उठ्छु फेरि यसै गरि

Sunday, December 13, 2015

हे ईश्वर के गरिस खै येस्तो

हे ईश्वर के गरिस खै येस्तो
क्रिया छ कतै ,प्रतिक्रिया  कतै जडान कता हो कता ।
रमाउछे उ ,खुसाउछे उ ओठ मुस्कुराउछन यता

निसब्द भै अकमक्क पर्छे आखै मा भरेर चाहाना
मनेझै कहिले नकरिदिन्छे मिठा ती गरेर बहना।
मनै ले मत्रै यो बुझी दिने भाषा हो खै कस्तो
लिला यो तेरो अपरम्पर  हे ईश्वर के गरिस खै येस्तो

लाजको श्रृङ्गार पोतेर आउदा उसको बलेको मुहर
सम्झेर हुन्छु भुत्तुक्क अफै हर एक प्रहर
न योग छ कतै ,न जोड  छ कतै कसरी खै येस्तो ?
लीला यो तेरो अपरम्पार
हे ईश्वर के गरिस खै येस्तो

हुने हो कस्तो ?

कस्तो कस्तो ,बेचैनी पनि के को हो यो यस्तो?
बुझ्नै गार्हो भो कुन बेला हुने हो कस्तो ?

कैले उसकै मायामा दुनियाँ भुलीदिउ जस्तो
कैले, बैरागी भै उसैलाई भुलीदिउ जस्तो
लौ न हौ बुझाईदेउ साथी के भाको हो यस्तो?
बुझ्नै गार्हो भो कुन बेला हुने हो कस्तो ?

न डुबेर सक्नु न भुलेर सक्नु, दोधार मा पारेउ नि
नयनको तिर ले, निसाना साँधी भुत्तिकै पारेउ नि
बेचैनी छटपटी खै यो मन पनि किन हुन्छ कस्तो
बुझ्नै गार्हो भो कुन बेला हुने हो कस्तो ?

अनी म कसरी फरक ?

संसारिक बन्धनबाट म मुक्ति चाहन्छु पिर मलाई मात्रै, व्यथा मेरै मात्रै झैँ लाग्थ्यो यहाँ त हर मान्छे पिरिएका रहेछन हर मान्छे व्यथामा साधियेका रहेछन पिल्साइ उस्तै रहेछ रुवाइ उस्तै रहेछ अनी म कसरी फरक ? आफैलाई अरु भन्दा फरक देख्थे यो फरक देखाइ नभै बस् फरक सम्झाइ रहेछ जुना झुटो रहेछ बिल्कुलाई झुटो नत्र म पनि अरु झैँ किन तड्पिन्छु आफ्ना व्यथा सुनाउन किन लोभिन्छु कसैको सामिप्यता र माया पाउन सबैलाई झैँ माया चाहिने ,सबैलाई झैँ आफ्ना व्यथा सुनाउनु पर्ने भए अनी म कसरी फरक ? हुन त अरुले झैँ, तिम्रा व्यथा सुन्छु भन्ने पनि पाए सुनिदिउला झैँ गर्ने पनि पाए तर अथक्कै अरुकझैँ, नबिनाता बिना । सुनाउनु र नसुनाउनु बिचको अन्तर सागरमा अर्को एक लोटा पानी थाप्नु जत्तिकै पाए सबै उस्तै भए अरुका झैँ, त्यसैले यता उति हेर्छु, खोज्छु आफैलाई म को हु, किन छु यहाँ प्रश्न तेर्सार्छु आफैलाई न फरक देख्छु,न आफ्नै परिचय भेट्छु , न आफु हुनुको मतलब नै यस्तै किरा फट्याङ्र्गा सारी हुनु छ भने किन हुनु यहाँ, किन बाच्नु यसरी तसर्थ संसारिक बन्धनबाट म मुक्ति चाहन्छु

Saturday, December 12, 2015

मेरा भावनामा

चंचलता , कामुकता होइन रैछ तिम्रा टुनामुनामा
दमित मेरा भावनाका रहेछन ति कुन कुनामा

सर्लक्कै नीलु जस्ती ,राम्री देक्छु कैले
सिरानीलाई अंगालोले, चेपि सुत्छु कैले
योबनको रस बनि झरी दिन्छौ मनको दुनामा
चंचलता , कामुकता होइन रैछ तिम्रा टुनामुनामा
दमित मेरा भावनाका रहेछन ति कुन कुनामा

प्यासी तिम्रा ओठका , मौन अवाज सुन्छु कैले
मिलन पूर्व बिछोडका , वियोगमा रुन्छु कैले
चाहतका प्याला भेट्छु तिम्रा रोन धोनामा
चंचलता , कामुकता होइन रैछ तिम्रा टुनामुनामा
दमित मेरा भावनाका रहेछन ति कुन कुनामा

Friday, December 11, 2015

"बोध"


तिमि आयौ , खै कसरि आयौ
लुसुक्क आयौ कि चिच्याउदै , कराउदै, हल्ला मचाउदै आयौ
तर आयौ
किन आयौ , खै कुन कारण बस आयौ
स्वार्थी थियौ र आयौ कि मायालु थियौ र पो आयौ
कसरि होस् या किन जिन सुकै होस्
तर आयौ

म थिए, खै के मा थिए
इच्छुक थिए कि लजालु , स्वाभिमानमा थिए कि अभिमानमा
डरमा थिए कि डाहामा लर्बराउदै
तर थिए
अज्ञानी पर्दा ओड़दै थिए कि , ज्ञान कै अगाडी टोलाउदै  थिए
हिच्किचाहटमा बेरिएको थिए कि सामाजिक बन्धनमा जेलिएको थिए
दुनियाको तर्काइमा थिए कि , कसैको पर्खाईमा थिए
तर थिए

तिमि गयौं ;
के लिएर गयौ ,खै के दिएर गयौ
सायद जीवन र जगत अर्थाएर गयौ ; तन र मन को अस्तित्व छुट्याएर गयौ
तर गयौ
लाज र डर भित्रको इछ्या चिनाएर गयौ ; चाहना र मायाको अन्तर बुजाएर गयौ
खै के गरेर गयौ , तर गयौ

म छु अनि म हुनु को अर्थ छ
तिमि ; आउनु ,जानु , मेरो अज्ञानताको पर्दा च्यातिनु
योग हो या समय ,भबिस्यले अर्थ लगाउला
म त उन्मत्त भै आकाश मा उड्न थालेको छु

लाज ,डर र संकोच लाई
इछ्या र  चाहना ले जलाएर
सतिघाटमा सेलाई सकें ;अब
मेरो कन्चन मन छ र त म छु

मर्स्याँङदीमा पखालेपछी अभिमान पनि स्वाभिमान भयो ,
तिमिले च्यातेको पर्दा पनि तेही पानीमा बगाएर
मनमा सजाएको तिम्रो तस्बिर संगै तिमि संग बिताएको पल
सबै तिलान्जली दिई फर्किदा
म त्यहि थिए
कोहि खासखुस गर्दै थिए , कोहि बिचरा भन्दै थिए,
कोहि म माथि घ्यु खनाउदै थिए, म भने चिर्पट को खाट माथि मस्त थिए
मर्स्याँङदी सुसाउदै थियो.....

कठै यो जिन्दगि

हाँस्दा संगै रमाउने हरु हुन्नन् आफु रुनु पर्दा 
ताप्नेहरुको भिडमा नरमाए हुने, कठै यो जिन्दगि !!

पाउने आश गर्नेहरु, हुन्नन् उनले दिनुपर्दा 
निभे पछि सल्काउने कोइ नहुने, कठै यो जिन्दगि!!

एक्लै हास्दा पागल भन्छन,रुनु एक्लै अरे 
आँसु का घुट्की एक्लै पिउनु पर्ने, कठै यो जिन्दगि!!

मन को पिडा जति सबै , भोग्नु एक्लै अरे
मान को डाको नसुन्ने बहिरा को भिड, कठै यो जिन्दगि!!

बचाऊ पनि किन एस्लाई , कठै यो जिन्दगि!!
घटी पनि निचारू कसरि बैरागी, कठै यो जिन्दगि!!

आज माया साट्ने दिन


प्रिय प्रणय दिबस रे ,आज जोडी बाध्ने दिन
अंगालो मा बाध्ने रे , आज माया साट्ने दिन

मनै भरि साच्य छु तस्बिर झन् आँखै भरि
चाहना झन् बढ्दै गाछ दिन दिनै यसै गरि
कती कुरुं अझै प्रिय मिलन का दिन
प्रिय प्रणय दिबस रे ,आज जोडी बाध्ने दिन
अंगालो मा बाध्ने रे , आज माया साट्ने दिन

तिम्रो मुस्कान संगै सुरु हुन्छ मेरा हरेक दिन
पर्खाई मै काटी राछु, हर पल हरेक दिन
औला पनि सक्की सक्यो गन्दा तिमि आउने छिन
प्रिय प्रणय दिबस रे ,आज जोडी बाध्ने दिन
अंगालो मा बाध्ने रे , आज माया साट्ने दिन

‪‎उनको_नशामा‬


मिठास र माधुर्य को , कल्पना नै रमाइलो
नीदै नीद मा मुस्कुराउदै, पल गुजार्नु रमाइलो

कृतज्ञ कति छु म, न भन्न सक्छु न देखाउना
बेरस जिबनमा रस भरिद बस सके मुस्कुराउन
सब्द छैन सम्बोधन लाई, मन तेस्सै घमाइलो
नीदै नीद मा मुस्कुराउदै, पल गुजार्नु रमाइलो

भएको के पत्तो छैन , भेटे मुस्कान ओठ भरि
प्रस्नालु ऐना हेर्छ आज भोलि यसै गरि
एकान्त नि प्यारो लग्यो , याद उनको घुर्मैलो
नीदै नीद मा मुस्कुराउदै, पल गुजार्नु रमाइलो

तिम्रै तस्बिर दर्शन पछि श्री गणेश दिनको मेरो

तिम्रै तस्बिर दर्शन पछि श्री गणेश दिनको मेरो
इति श्री गर्छन तिम्रै आँखा अबेर रातको मेरो

इस्फुर्ती र उमङ्ग थप्ने कल्पना कि प्यारी तिमि
येथर्तमा चोरी लान्छेउ, चेत हरेक छिन् को मेरो 
तिम्रै तस्बिर दर्शन पछि श्री गणेश दिनको मेरो

मेरो उर्जा तिमि, म हुनु को येथार्ता तिमि
जिती चोरी खै कसरि , बाकी रैछ शारीर आधा ऋणको मेरो
तिम्रै तस्बिर दर्शन पछि श्री गणेश दिनको मेरो

यादै न मेटिने

कफी जस्ता तिम्रा ओठ प्यासै न मेटिने
चुमु चुमु लागि राख्ने यादै न मेटिने

दबेका ति स्वोर संगै कपेका यी ओठहरु
छाल्केका चाहना तिम्रा आखा भरि चोटहरु
अंगालोमै बाधी दिउकि न्यानो पन भेटिने
चुमु चुमु लागि राख्ने यादै न मेटिने

सामिप्य मा तिमि हुदा, धड्कन हरु तेज हुदा
हेराई मिठो छुहई मिठो, हाम्रा आँखा चार हुदा
न आउछौ , न बोलाउनु आफु आफै मा रेटीने
चुमु चुमु लागि राख्ने यादै न मेटिने

एकै तर्फी माया मीठो

भैगो प्रिय यादै मीठो , रिसाउनु भन्दा
एकै तर्फी माया मीठो ,मिसाउनु भन्दा !!

येसो होला उशो होला सुमधुर कल्पना मा
तडपीदाको पलै मीठो ,तिम्रै मीठो सम्झना मा 
सपनी मै ठिक थियौ , यी तरेका आखा भन्दा
एकै तर्फी माया मीठो ,मिसाउनु भन्दा !!

न भेटुन्जेल भेटु भेटु , कस्तो होला भेट्न पाए
सोच्दा पनि हरभर हुने , आफैमा समेट्न पाए
सोचाई त आफ्नै थिए , खुसि थिए आज भन्दा
एकै तर्फी माया मीठो ,मिसाउनु भन्दा !!

चोखो प्रेम

जुन अनि तारा झर्ला तर झर्दैन चोखो प्रेम
अजम्बरी रही रहन्छ कैले मर्दैन चोखो प्रेम

सुन देखाउ चाँदी देखाउ या देखाउ हिरामोती
लोभ अनि लालचको पछी पर्दैन चोखो प्रेम
गुण्डागर्दी देखाई या छुटाउ दुई सम्बन्धलाई
तर कुनै डर् धम्कीले पनि डर्दैन चोखो प्रेम

बाँधिएर एक अर्काबिच जमेर रम्छ युगौसंम
जाल-झेल् छलकपट केही गर्दैन चोखो प्रेम
जस्तै बज्र आईपरोस् पिडा सहन्छन् मिलेरै
कैले पनि पन्छिएर अन्त सर्दैन चोखो प्रेम !

उस गजलकार को

म त एक प्रयोग हुँ उस गजलकार को
आनेकौ छन् उसको रचना
अनगन्ती कृति हरु 
कृति भित्र संग्रहित उसै रचनाको अंश हुँ म
उस गजलकार को
सर्गहरु मा खुशी भरि उपसर्ग मा रित्ताईदिन्छ
आँसु झार्दै आँखा बाट ओठमा मुस्कान बिउताईदिन्छ
यस्तै हाँसो रोदन भरिएको
म त एक प्रयोग हुँ
उस गजलकार को
कुन रागमा लेख्छ
खै कुन छन्दमा हो ढालेको
न उठान कै पत्तो मलाई
न अन्त्य नै जानेको
अनिश्चित को योग बुनि जोडिएको
म त एक प्रयोग हुँ
उस गजलकार को
रवि भन्दा तेज कतै दौडाएर थकाउछ
ठुस्सीएकि प्रियसीलाई मै भनि फकाउछ
सब्द हुँ म माधुर्य को,आथित्य र सत्कार को
म त एक प्रयोग हुँ
उस गजलकार को

भारत लाई धन्यबाद ...

लगभग दुइमहिना को नाकाबन्दी, संबिधान निर्माणमा असन्तुस्टी, एन तथा सरकारी नीति तथा कार्यक्रम लगायत नेपालको पररास्ट्र नीति कुटनीति सम्मको हस्तक्षप कारी भूमिका का कारण अहिले नेपालको आर्थिक क्षत्रमा जतिनै नकरात्मक प्रभाव परेपनि राष्ट्र र राष्ट्रियता अनि सामाजिक मेलमिलापको पाटोमा भने ठुलो सहयोग पुगेको छ .
हुन त हामी नेपालीका लागि न यो नाकाबन्दी नौलो थियो न त भारतको हेपाहा प्रबृतिनै. जब जब हामी ठुला ठुला परिबर्तनका संघारमा हुन्छौं हामीले आशाबिपरित दक्षिण छिमेकिको टर्रो स्वागत चाखेकै हो . येही पहिले देखिकै व्यवहार दोहोरिदा येस्पलिचाहीं हामीमा किन येत्रो ठुलो अपमानकोबोध गरायो त भन्ने प्रश्न उठ्न सक्छ .हिजोसम्म हाम्रो स्थिति कस्तो थियो चेतनाको स्तर काँहा थियो र हाम्रा प्रयोगहिन मस्तिष्कमा के भरिएको थियो; तिनै कुराहरुमा एकैछिन घोत्लिएमा तेसका उत्तर पनि भेटिने छ .
पुराना सरकारहरु परिबर्तन, नयाँ सरकार निर्माण सम्मका आसिर्बाद दिने पात्र आज एक्कासी दुस्मन जस्तो बन्यो किनकि हिजोसम्म हामीलाई ठुलामाछाले साना माछा खाएको कथा- कुथुरी पढाईन्थे र पढ्थियौ अनि मान्थ्यौ पनि, हामीलाई शक्तिको पूजा गर्न सिकैइन्थ्यो हामी सिक्थ्यौँ र गर्थ्यौ पनि: तिनै कथाहरु आफुमा लागु गर्थ्यौ तर
यस्तो मोड आयो हिजोसम्म अरुको बलि खाने शक्ति पिठहरुले आज आफ्नै बलि माग्दा झस्किएको अवस्था जस्तै हो अहिलेको राजनीतिक अवस्था. अलि अलि भएपनि आफ्ना अधिकार र कर्तब्य बूजेको छौ आज, चेतना स्तर बढेको छ, देखेका छौ संयुक्त राज्य अमेरिका छेवैमा क्युवा पनि आत्मा समान सहित टिकेको, तिनै चेतको खुलाई बाट हिजै बाट दुखेकोघाउ आज देखिएको हो.
तिनै घाउको चित्कारमा चेतना मिसिएर आवाज बन्यो, तिनै दुखाईको झिल्को आज प्रत्यक नेपालीमा राकिदै छ त्यसैले त आज राष्ट्रियता बलियो बन्दै छ. आब मधेशले आँखा उघार्ने बेला आएको छ. आफ्नो बाबु संग अधिकार माग्दा छिमेकीको हात समाउनु पर्दैन तसर्थ तिमि पनि आऊ राष्ट्रियताको नारा घन्काउ
हामी कस्ता छौ, हामी को हौँ ,एना देखाई दिएकोमा "भारत लाई धन्यबाद ". हामी हामीनै हौँ, नेपाल हाम्रो हो, हामीलाई हाम्रै विरुद्ध प्रयोग गर्ने कल्पना मात्र प्रेत्कल्प हुनेछ चेतना भया..........