चुराको छिन् छिन् अवाज ले उनक याद येसरी दिलायो कि उनि संगको हरेक पल चलचित्र को पर्दामा चित्र हरु कुधे झैँ कुधन थाले। सानु तिमि ले भनेका हरेक सब्द मेरा मन मस्तिस्क भित्र यसरी बसेका रहेछन कि नचाहदा पनि तेज बतासले कानमा बर्बराए झैँ आफै गुन्जायमान भयो ।
पोहोर मात्रै त हो हात भरि महेंदी सजाएर भनेकी थियेउ "आज त मेरो ब्रत छ नि , पानि पनि खको छैन " अनि मैले " किन बसेकी त ब्रत पनि पनि नखाई? भन्दा लाडीदै " हजुर लाइ पाउ भनि बसेकी नि ! " भन्दा मा आखा भरि आँसु पर्दै तिम्रो मेहेंदिको रंग मा एकोहोरिएको। लाग्छ ति रंग मधुरिन सम्म पनि भएका छैनन् होला अझै , ति चुरा ले छिन् छिनाएको अवाज बिलाएका छैनन् होला , ति श्रावन मास लहलाहेका बंसो र मकै मुर्झाउन पाएका छैनन् होला बरु तर तिम्रो मान उस्तै रहेन , ति मौसमी झार अनि भरिएका बनावटी बुट्टा भन्दा पनि क्षनिक रहेछ तिम्रो चाहना, माया, प्रतिक्ष्य र त्यो जप तप।
म अलि टाडा बस्दा पनि नजिक नजिक सर्दै म त यो दुरी सहन सक्दिन है भन्थेउ । म हात बाधेर बस्दा मेरा हात ले आफुलाइ बेर्न रुचाउथेउ; भन्थेउ " हजुरको अंगालोमा बसेर हजुरको आखामा हेर्न पाए म संसार बिर्सिन्छु, यी आखा त हेरेर कैलेइ अघाउन्न ।सधै मलाइ यसरी नै आफ्ना आँखा अघि राख्नु है यी आँखाका ओझेल मा बस्न परे त बच्दिना होला म। म हजुर बिना को जिबन त सोच्न पनि सक्दिन । थाहा छ हजुरको र मेरो जोडी माथि बाट नै बनेर आएको हो नि ? " भन्थेउ। हो तिमि येस्तै येस्तै कुरा गर्थेउ अनि म दङ्ग पर्दै तिम्र औला हरु खेलाउदै चुम्थे . तिमि मेरो छातीमा आफ्नो शिर राख्दै " हजुर त कस्तो न बोल्ने के मेरो माया लाग्दैन र?? " अनि अझ थप्थेउ हजुर को तेइ बनि त मलाइ मन पर्छ "।
सानु तिम्रो, माया तिम्रो भरोसा ,तिम्रो जप तिम्रो तिर्थ एकाएक यसरी बग्यो कि न सगर उर्लीनै पर्यो न भेलबाडी पहिरो नै आउनु पर्यो तेसै तेसै बगेर बिलय भएर गयो । कस्तो माया गरेउ ? कस्तो विश्वास गरेउ ? ऋतु सम्म पनि फेरिन न पाउदै सिन्दुर पोते भिरेर अर्कै को डोली चढ्न सकेउ कति सझिलै हगि ?
त्यो बिचरा पातलो घुम्टीले तिम्रो खिल्खिलाउदो खुसि लुकाउन सकेन , साएद मेरो नभई अरु कसैको हुन पाउनु को खुसि थ्यो होला . के तिमि त्येइ मेरी प्रिय हौ? कि म सपना मा छु ? रनभुल मा परे म त . भक्कानिए , कोक्की कोक्की रोए तर पनि एक थोपा आँसु पनि आँखा को दिल बाट खस्न दिइन । दिउ पनि किन, उति सझिलै अर्काको अघि लागि जना सक्ने तिम्रा लागि ।
तिमीले जसरि चटक्कै बिर्सिने माया लगाएको थिइन मैले । झुटो बाचा पनि त खाएको थिएन । खुल्ला किताब भै तिम्रा अघि बसे , मन लगिन्जेल पढ़ेउ रमाई रमाई अनि रद्धि कागज झैँ कुना लगाई नया किताब खोज्न लगेउ ,म बिना बाच्न सक्दिन भन्ने तिमि पराइ कि हुदा पनि ओठ भरि खुसि सजाउदै जादा आफ्नै माया माथि प्रश्न गर्न मन लागेको छ , एना हेर्दै आफु लै बेबकुफ भन्न मन लागेको छ . तिमि लाइ त क भनु तिमि लै तिम्रो सफल दाम्पत्य जीवन को सुभकामना भन्न बाहेक अरु के नै सक्छु र ?
तिम्रो जीवन सधा सुखी रहोस।।।।
एस बि खनाल