Monday, August 21, 2017

बाटो अलग अलग

पुग्ने एकै ठाउँ भएनी किन  बाटो अलग अलग
घाउ एउटै चोट एउटै किन खाटो अलग अलग

तिमि हुर्केउ एती  म बढे यतै  यइ दुनियामा
भलै होला हामी जन्मेको माटो अलग अलग
पुग्ने एकै ठाउँ भएनी किन  बाटो अलग अलग

दोभान मा दुइ नदि मिसिएझैँ एक अर्कामा
आउ मिस्सिउ, छुटिनु को साटो अलग अलग
पुग्ने एकै ठाउँ भएनी किन  बाटो अलग अलग

दिलमा बसाइ , पुजी मनले चढाएर आफैलाइ
किन भंछेउ हाम्रो जिउने पाटो अलग अलग
पुग्ने एकै ठाउँ भएनी किन  बाटो अलग अलग


@sbkhanal

No comments:

Post a Comment