आज अनामनगरको मन्डला थिएटरमा वहुचर्चित अभिनेता दयाहाङ राई अभिनित नाटक “र..माइलो” हेर्ने साइत जुर्यो नाटकमा मुख्य पात्र जय मुकारुङ (लेखक) माइलाले पाएको सास्ती आन्द्रा वाउँडिने गरि हाँस्दै हेरीयो । फ्रान्सेली नाटकको नेपालीकरण भए पनि हाम्रै समाजको हर परिवारमा हुने दैनिकि नै मन्चन गरिएको थियो । सायद फ्रान्सेली समाजमा पनि परिवार भित्र यस्तै झमेला हुँदा हुन् र त यो नाटक लेखीएको होला । खएर जे सुकै भएपनि मेरो मनमा विझेको कुरो के भने नाटकमा देखाइएको लेखक को हो? उस्ले पाएको सास्ती कस्तो हो? हामी दर्शक को हौँ ?अनि हाम्रो हाँसो कसरी निस्क्यो? यी र यावत् प्रश्नहरु नटक चलिरहँदा हामी विच कसैको मनमा पनि आएन । हामीले भुल्यौ । त्यो “माइलो” हामी मध्यकै एक हो । उस्ले पाएका सास्ती तपाँइ हामीले भोगीराखेकै सास्ती हो । नाटक हेरीन्जेलको मात्र हामी दर्शक हौँ । त्यस् हलवाट निस्कने वितिकै हामी मध्यका हर दर्शक उसै नाटकका पात्र नै हो । अनि फेरी हामी हाम्रै दुःख मा किन हाँस्यौ ?
के हामी मान्छेको स्वभाव “तमासे” नै हो त ? अरुलाई पर्दा त्यै सास्ती हाँसो अनि आँफुलाई पर्दा चाही सास्ती अनि पुरपुरो समाउनु पर्ने ? यस्तै यस्तै कुरा मनमा खेल्दै गर्दा, मञ्चको अगाडी पलेटीकँसेर पेट मिच्दै हाँसेको आफ्नै हाँसो सम्झेर खिन्न लाग्यो । लाग्यो त्यो नाटक एक अवलाको उध्रको चोली हो र म त्यै अवलाको तमासे दर्शक । म पनि आम दर्शक सरहै हाँसे डल्लो परि परि तर आम दर्शक सरहै विर्सन भने सकिन । हामी र हाम्रो स्वभावको पाठ अनामनगर देखी शान्तिनगर सम्म पैँतला घिसार्दै गर्दा जति प्रस्ट भयो सायद त्यहाँ भन्दन अगाडी थिइन रहेछु ।
म लगाएत हामी, समग्रमा हाम्रो समाज कसैको चोली उधार्न पनि पछि नपर्ने अनि त्यै उध्रेको चोली रमिते भै हेर्न पछि नपर्ने नमिठो यर्थाथ वोध हुँदा खिन्न भएँ । हुन त मै पनि त्यै नाटक का हर पात्रको भुमिकामा देखीसकेको हुँला यो समाजमा सास्ती पनि भोगेँ होला । सास्ती पनि दिएँ होला । एक एक लाइ म त तिमि या तपाँइखभन्दा पनि हामी मानव जातीमा पर पिडक प्रवृति वढ्दै गएको मैले पाएको हुँ । अरुको पिडामा रमाउनु आफुले आफ्नै दुःखलाइ निम्तो दिनु पो हो कि । एक फेर फुर्सदमा आँखा चिम्म गरेर घोत्लिने पो हो कि ?
नाटक हेर्ने संस्कार या वानि नभएका नेपाली दर्शक माझ मण्डलामा टिकट नपाइ पलेटी कसेर हेर्नु पर्दा दुख भन्दा खुसि लाग्यो । कलाकारहरुको जिवन्त अभिनय, सेटको राम्रो डिजाइन, वत्तिको उचित प्रयोग द्धारा नाटक अझ वढि सफल र स्मरणिय हुनेमा दुइमत छैन । केही पुराना कलाकार। केही चलेका कलाकार र केही नयाँ कलाकार कोप्रयोग निर्देशक सोमनाथ खनालले निकै कलात्मक रुपमा गरेका छन् । फ्रान्सेली कथा नेपालीमा मन्चन त्यो पनि समसामयीक घटनामा जोडेर पस्किनाले नाटक अर्थपुर्ण वनेको छ ।
By:SB khanal
Twitter:@sekharbhadrakha

Good review of an act.... You wrote like critics..
ReplyDeletethank you Miss Rakshya Kc
Delete