Wednesday, April 27, 2016

दाई म त नेपाल यातायातको खलासि

उ एकोहोरो कराउछ,
अलि पर सर्नुस त दाई
एसो साइड लागेर बस्नु है
न समाउनै पर्ने, न टेक्नै पर्ने
नजिकै भए साइड लागेर बस्नु नत्र पछाडी
ल ल बिच बाट हल्का त छिर्नु ।

म झर्को मान्दै भन्छु
ए भाई कति कराउछौ यार, यता खुट्टा राख्ने ठाउँ छैन
उ पहेँलो दाँत टल्काउदै
दाई म त नेपाल यातायातको खलासि

बाँनेश्वर , अनामनगर, पुतलिसडक, टिचिङ टिचिङ
ल है बाँनेश्वर झर्नेले हातमा भाडा लिएर आउनु
एउटि दिदी, भाई खै त २ रुपयाँ फिर्ता,
आँखा पल्टाउदै खुद्रा छैन
अचम्म पर्दै हेर्छु उसलाइ
उ भन्छ
दाई म त नेपाल यातायातको खलासि

ढोकाको मान्छे सर्दा सर्दै म पुग्छु अन्तिमा
अझै पछाडी सार्न खोज्छ उ
झर्ने बेला भयो भन्दा, झ्याल बाटै झर्दिए हुनि
झैँ गर्छ उ
केहि सोधौँ उत्तर उहि छ
दाई म त नेपाल यातायातको खलासि

झर्दा नझर्दै फेरि सुनियो
पुतलिसडक, टिचिङ कान्ति गोपिकृष्ण
फर्केर हेरेँ, अनि सम्झेँ
उ त नेपाल यातायातको खलासि

By SB Khanal

Monday, April 18, 2016

आँशु ति आँखामा रोकेर

मध्य रातमा जाहाज भुनुनु उड्यो सबै सपना बोकेर
मुस्काइन् प्रिया हल्लाइ हात
आँशु ति आँखामा रोकेर

आकाशमा बादल मडारीइ रयो,सबैले देखे त्यो!
बबण्डर त्यस्को, ओतैमा लागि छातैले छेके त्यो!
पेट यो कस्तो सपना दिन्छ, मिठा ति विपना टोकेर
मध्य रातमा जाहाज भुनुनु उड्यो सबै सपना बोकेर
मुस्काइन् प्रिया हल्लाइ हात आँशु ति आँखामा रोकेर

भोलि सबेरै गोरु नारेर अब कस्ले पो जोत्ला खै?
थलामा पर्दा पियारी मेरी, दैलो कस्ले पो पोत्ला खै?
मझेरि पारी खेल्दाहुन ती लालाबाला,मै आउने आसामा रुँगेर
मध्य रातमा जाहाज भुनुनु उड्यो सबै सपना बोकेर
मुस्काइन् प्रिया हल्लाइ हात आँशु ति आँखामा रोकेर

एक्लो त्यो ज्यान, त्यत्रो त्यो धन्दा के गरि गर्दि हो?
सम्झेर मलाइ, निचोरी मुटु, झन् आँशु झार्दि हो?
रुँदै काँधैमा शिर राखेर सोध्थि नजाँदा हुन्न र ?
मध्य रातमा जाहाज भुनुनु उड्यो सबै सपना बोकेर
मुस्काइन् प्रिया हल्लाइ हात आँशु ति आँखामा रोकेर

By : S.B Khanal

Sunday, April 10, 2016

पल्लोघरको झ्याल

पल्लोघरको झ्याल तार्नु कति अझै
डरै डरले  यो मन मार्नु कति अझै

झ्यालमा बसि उन्ले पिठ्यू सेकाउदा
नहेरे झै उन्लाइ पार्नु कति अझै
डरै डरले  यो मन मार्नु कति अझै

मेरा घरका पर्दाहरु छेक्न खोज्दा उन्लाइ
आमैका आँखा छलि सार्नु कति अझै
डरै डरले  यो मन मार्नु कति अझै

पर्दा फाडि, गेट तोडि मनले जान खोज्दा
काँडेतारको बार लगाइ बार्नु कति अझै
डरै डरले  यो मन मार्नु कति अझै

कहिले काँहि त नजर जुध्छन, हेर्छे बेसरम् भै
यो नजरको खेलमा हार्नु कति अझै
डरै डरले  यो मन मार्नु कति अझै

पल्लोघरको झ्याल तार्नु कति अझै
डरै डरले  यो मन मार्नु कति अझै

BY: S.B KHANAL

Friday, April 8, 2016

तिम्रा एक नजरमा

तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे
देश डुबे, भेष डुबे छदा खाँदाका दरबार डुवे अरे

के गर्छौ हो त्यस्तो तिमी
एकवार हैन दोवार हैन वारम्वार डुवे अरे
तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे

तान्नु पनि क्यारी तान्छौ चुम्बकैले तानेसरी
तानिइदा तिमी तिर दुनियाँका कारोवार डुवे अरे
तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे

तन्नेरी का के कुरा हर कोहि लोभिइने
एक नारी भन्नेहरुका साँचो प्यार डुवे अरे
तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे

तान्नु तान्यौ, लुट्नु लुट्यौ कोहि पनि वचेनन् रे
बाउ छोरा कै नजर पर्दा बसिवसाउ परिवार डुवे अरे
तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे


तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे
देश डुबे, भेष डुबे छदा खाँदाका दरबार डुवे अरे
तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे

Thursday, April 7, 2016

उन्लाइ सम्झी हिड्दा

नाभि मुनि गाँठो पर्यो उन्लाइ सम्झी हिड्दा
उन्कै घरको बाटो पर्यो उन्लाइ सम्झी हिड्दा

बाटोभरी कोहोरो टोलाएर हिड्दा
आँखाभरी माटो पर्यो उन्लाइ सम्झी हिड्दा
नाभि मुनि गाँठो पर्यो उन्लाइ सम्झी हिड्दा

सुसाउदा हावा यता , लाग्छ उता उन्ले बोलाएझै
कर्ण मेरो टाठो पर्यो उन्लाइ सम्झी हिड्दा
नाभि मुनि गाँठो पर्यो उन्लाइ सम्झी हिड्दा

उन्को ओठले मेरो ओठलाइ डसेका ती कल्पनाले
अनुहार नै रातो पर्यो उन्लाइ सम्झी हिड्दा
नाभि मुनि गाँठो पर्यो उन्लाइ सम्झी हिड्दा

धड्कनको गति संगै औँलाहरु सगसगाए
भोलापनमा फाटोे पर्यो उन्लाइ सम्झी हिड्दा
नाभि मुनि गाँठो पर्यो उन्लाइ सम्झी हिड्दा

उन्कै घरको बाटो पर्यो उन्लाइ सम्झी हिड्दा
नाभि मुनि गाँठो पर्यो उन्लाइ सम्झी हिड्दा
उन्कै घरको बाटो पर्यो उन्लाइ सम्झी हिड्दा


 प्रणय कविता लेख्ने प्रयासमा Sekhar bhadra khanal

Tuesday, April 5, 2016

गजल

शब्दजाल बिछ्याएर बाटो छेक्नै जान्दिन
खै म त अचेल गजल लेख्नै जान्दिन

सुन्छु,
आगो पनि पानी बन्छ अरे एक दिन
शान्त पार्न उस्को रीस जान्दै जान्दिन
शब्दजाल बिछ्याएर बाटो छेक्नै जान्दिन
खै म त अचेल गजल लेख्नै जान्दिन

हेर
सँग सँगै बाजेको नि बर्षै विती सक्यो
बाह्रवर्षे खोलो सरी मोरी फिर्नै जान्दिन
शब्दजाल बिछ्याएर बाटो छेक्नै जान्दिन
खै म त अचेल गजल लेख्नै जान्दिन

मोरी
उता फर्कि खै के गर्छे, एता आँखा तर्छे
आफुतिर सोझो मुस्कान मोरी फेक्नै जान्दिन
शब्दजाल बिछ्याएर बाटो छेक्नै जान्दिन
खै म त अचेल गजल लेख्नै जान्दिन

खै
मोरीको माया गर्ने पारै उस्तो हो की
घमाएर आफु कुरो अहँ बुझ्नै जान्दिन
शब्दजाल बिछ्याएर बाटो छेक्नै जान्दिन
खै म त अचेल गजल लेख्नै जान्दिन

आज एउटा गजलको प्रयास

Monday, April 4, 2016

खैके खैके


खुशि दिन खोज्छ जिवन जिस्काउदै घरीघरी
कहिले चोटहरु सम्झाउछन् झस्काउदै घरीघरी
हाँसुकी म खुशि सम्झी पाउन्जेलको पलभरी
रोइदिउकी चोट सम्झी, बरबरी आँशु झारी
भन साीथ भन संगि बसूँ म कसोगरी
कहिले चोटहरु सम्झाउछन् झस्काउदै घरीघरी
मुस्कानले ओठ भरुँ, चम्काएर मुहार भरी
कालोनिलो वादल भरुँ, ताल पाराँै गहभरी
दोधारैमा हुन्छु म त सधैँभरी यसैगरी
कहिले चोटहरु सम्झाउछन् झस्काउदै घरीघरी

म फेरिएँ

म खोज्छु आफैलाइ
अहँ देख्दिन कतै, छोपिएँकी, हराएँकी,खै

उहि सपनिमा देख्ने फुच्चेकै छुनुमुनु देख्छु जताततै
खट्टे भट्टको पोल्टो समाइ बाख्राको पछिपछि
मुनिमुनि छ्या गर्दै
खालि खुट्टा बाँसको सिम्काने वोकि गोठालो दौडेको
कति खुशि छ उ आहा

क्यामु गाईले दुख दिँदा आँखा बाट खसेका
अबोधपनका निशानी ती मोति दाना
कति निर्मल कति कनंचन
उ खुशिमा बुर्कुसि मार्दा बेलका काँडा पनि बिछ्यौना झैँ
सतरंग हुन्थे

अमरा, लिची, छिमेकीका अमलाहरु
उसैलाइ गिज्याउथे
छिमेकीका अमलाले पोल्टो भरीन नपाउदै छिमेकीदाइको
हात गालामा बज्रिदा कोक्किइ कोक्किइ रुने उ
आँशु सुक्न नपाउदै अमलाका फेदमा पुग्ने
उसको बालबपन

हो म साँच्चै हराएछु , भेट्दिन कतै आफूलाई
आक्कल झुक्कल एना हेर्दा
तिनै आँखा देख्छु तिनै ओठ देख्छु, तिनै नाक देख्छु
तर खै त्यो मुस्कान् , खै त्यो खुशि

फेरिएछु क्यारे म, कि फेरियो मेरो गाँउ
देख्दिन त्यो गोठ, देख्दिन त्यो गाई,
ढलेछ क्यारे अमराको रुख, लडेछ क्यारे अमलाको बोट
मकै पनि अचेल हाँस्न छाडे रे
बेल अमरा पाक्न छाडे रे
उसैलाई सम्झदा हुन हाँस्नु अघि, पाक्नु अघि
न म उ नै रहन सकेँ,
न मेरो गाँउ उस्तै रह्यो

म फेरिएँ, हो साँच्चि म फेरिएँ

Sunday, April 3, 2016

गजल "जिन्दगी"

न मारीहाल्ने न बाच्नैदिने घिटिघिटि जहर भो जिन्दगी
काट्नै गाह्रो उराठ लाग्दो प्रहर भो जिन्दगी

एक पल मुस्कुराउन तड्पिनु कति
आँखाका ओस नसुक्ने दुखियाको घर भो जिन्दगी
कुरि बस्नुकति गिद्यले सिनो कुरेझै
लैजानेको आसकी राँडिको रहर भो जिन्दगी

प्यासिको घर गडगड वाडिको भल्को
सुनामिको जस्तो थेगिनसक्नु लहर भो जिन्दगी
धुलो बन्दा सपनाका गगन चुम्बीमहलहरु
भत्के बिग्रेका सपनाहरुको खन्डहर भो जिन्दगी

तंग्रिएर हिँडुभन्दा लाठोहरु पर सर्दा
हैजाले गाँजेको थिलोथिलो शहर भो जिन्दगी
कुरि बस्नुकति गिद्यले सिनो कुरेझै
लैजानेको आसकी राँडिको रहर भो जिन्दगी
काट्नै गाह्रो उराठ लाग्दो प्रहर भो जिन्दगी