लोहा पनि चट्टान फोड्ने साधन बन्नु भन्दा पहिले अनेकौ स्वरुपमा रहेको हुन्छ। खानिमा मस्याइलो माटोसरह वस्छ कहिले भने, कहिले ठोस आकार हुनलाइ तरल भइदिन्छ कामी दाईको आरनमा राप ताप खार्दै । हो उसै गरी मेरो मन पनि आज वन्चरो, घन जस्तै चट्टान फोड्न तयार सरी दह्रो र कठोर वनेको छ भन्ने लाग्थ्यो मलाइ, किन कि खानीको फलाम झै वेरुपको थियो मेरो मन् फेरी समाज र सामाजीक दायित्व र त्यै समाजको म माथीको आशाले राप र तापको काम गरे । म म नै थिए र छु पनि तर परिस्थीति हरुले र “ struggle for existance and sirvival of fittest ” भन्ने मानव स्वभावले आकार लिदै गरेको मेरो मन फेरी चिस्याएर व्यक्तिगत स्वार्थमा लाग्ने उत्प्रेरणा नदिएका होइनन् । सायद तिनै पे्ररणाले म आज कठोर छु र भाव शुन्य पनि । उहि धन जस्तै कसैको चोट नवुझ्ने निर्जिव सरह ।
हो म निर्जिव भएझै लाग्थ्यो, चट्टान भएझै लाग्थ्यो मेरो मन पनि उसै चिसिएको धातु सरह अनि आफै फेरी अर्को आकार परिवर्तन गर्न नमिल्ने फुटेको हाँडी भएझै भान हुन्थ्यो तर वलवान प्रकृति र परिवर्तनशिल यसको नियमका अगाडी न धातुको नै केही लाग्यो न त अरठ्ठीएर वसेको मेरो मनकै । धातु फेरी पग्लिएर नयाँ रुप लिन तयार वन्यो नयाँ तापक्रम र नयाँ परिवेश सँगै । मेरो मन पनि परिस्थिती अनुकुल पग्लिदै नरम हुँदै रहेछ प्रकृतिको नियम सँगै उसैगरी ।
मनोज दाइ र मल्ल जी संग एक साँझ जमघट जुर्याथ्यो दुवैजना समयले खारीसकेका मान्छे, मल्लजी पुगनपुग चालीसका मनोज दाइ पचास ९सालाखाला० का । भोटोनै गन्ने हो भने पनि मैले भन्दा दोब्बर, तेब्बर फटाइ सकेका हरुसँग वसेर चिसो साँझ तताउन गिलाँस ठोकियो । तास र भटमासलाइ घोलक जति वडदै जान्थ्यो कुुरो चुरोतिर ताक्किएर अघि वड्थ्यो । साँझ छिप्पिदै थियो, पल रङ्गीदै थियो । कुनै नसालु युवतिका आँखामा चुर्लुम्म डुवेझै खुकुरी पेय पदार्थमा हामी डुव्दै थियौ । कुरै कुरामा कुरा निस्क्यो मन, आत्मा र शरीर भनेका के हुन् ? खुकुरीको डुवानमा तैरीएका आत्मा को अर्थ, त्यैसगरी सितनमा मिसिएको खसीको शरीर र तिनै आत्मा र शरीर भोग गर्दै अर्थलगाउन खोज्ने हाम्रो मन ओहो कस्तो विचित्र ! हामी हाम्रा आ–आफ्ना तर्क दिदै थियौँ । ने.वि.प्रा लाइ पनि धन्यवाद दिनैपर्छ झ्याप्प लोडसेडीङ्ग भएपछि मैन वत्तिको उजेलीमा मनोज दाइको तर्कले अझ वढि प्रकाश पाएको थियो । वुढा भन्थे “ मेरो विचारमा आत्मा र शरीर फरक होइनन् ” मैनवत्तिलाई देखाउदै “ खै त आगो कहाँ छ ? सलाईको घर्षण र मैनको चिल्लोपनको नतिजा त हो आगो, त्यस्तै जिवन र आत्मा पनि त्यै आगो जस्तै शत्ति हो जसको यो शरीर रहुन्जेल अस्तित्व छ, न अघि थियो न पछि हुनेछ ।” मैले थपे त्यसो भए मरि सकेको, आत्मा उडी सकेको शरीरलाई किन उसको नामले पुकारीन्न त ? त्यस पछि वुढा एकछिन गम खाए अनि एक टुक्रा तास् खाए र भने “ जे भए पनि म मेरो तर्क सँग सन्तुष्ट छु ” ।
म जिवनमा अल्मलिएको मान्छे , मनोजदाई आफुसँग संतुष्ट मान्छे साथै मल्ल जी स्थीर मान्छे । हाम्रा राय अलग अलग, उमेर अलग अलग, भोगाइ अलग अलग फेरी पनि हामी एउटा विन्दुमा सहमतिमा पुग्यौ र पुन्टे कचौडी उठ्यो । मेरो आत्मा भनौ जिवन भनौ या लिला भनौ तव खुशी हुन्छ जव भोका आँखामा आफ्नो कारणले तृप्तता दिलाएको अमभास पाउदा असाहाय, कमजोरले सहारा र वल पाएझै महसुुस गर्छ । उसैगरी मेरा दशौ र विसौ वर्ष फरकका मित्रहरुमा पनि ृस्तै भावना र ( गर्नु पर्छ, दिनुु पर्छ र खुवाउनु पर्छ ) भन्ने विन्दुमा सवैले एक अर्कालाई स्वीकारेको पाएँ । तसर्थ मेरो युवा मन, मल्ल जी को अधवैसे मन अनि मनोज दाइको वुढ्यौली ताक्दै गरेको मन, यी सवै मनहरु सहयोगार्थ छटपटाइ रहेको देख्दा, समाजवाट विरक्तिन थालेको मेरो मनले फेरी वाटो सोज्याएझै भान भयो र प्रफुल्लीत् मन लिएर आ–आफ्ना घर लाग्यौ।
By: SB Khanal
Twitter:@sekharbhadrakha