Friday, August 17, 2018

अस्तित्व भाग ३

By:Sushmita Shrestha 
sushmiishrestha@gmail.com

Thaiba,Lalitpur


उत्तर बिहिन पश्न

उहाले मेरो कपाल सुम्सुमाइरहदा मलाई आनन्द महसुस भयो अनि डर पनि हरायो ।।मेरो मनमा अब अनेकौ कुराहरु खेल्न थाल्यो, हजारौ प्रश्न हरु उठ्न थाल्यो ।। के मेरो नाम साच्चिकै सजिना हो त?? अनि सौरव र मेरो सच्चिकै पहिला देखि नै चिनाजानी थियो त?? मलाई किन केहि कुरा याद आउदैन ?? सौरवको कुरा बिस्वास गरु की न गरु ?? न गरु त कहाँ खोज्न जाउँ म मेरो आफ्नै पहिचान, मेरो आफ्नै नाम?? कसलाइ सोध्न जाउ म मेरो नाम के हो, म को हू भनेर?? यस्तै सोच्दा-सोच्दै म कतिखेर निधाए मलाई थाहा नै भएन ।।
त्यहि दिन साझ ५ बजे तीर मेरो आखा खुल्यो यस्तो लाग्दै थियो की भखर बिहानी भएको छ ।। म उठ्न खोजे तर फेरि मेरो सरीर पहिले जस्तै दुख्यो अनि म “आ” भनेर कराए, आइसा भाउजु त्यहि नजिक हुनुहुदो रैछ उहाँ र अर्को एकजना नर्स मेरो नजिक आउनु भयो ।। नर्सले मलाई समात्नु भयो र आइसा भाउजुले मेरो सिरानी मिलाएर मलाई अली सजिलो सङ्ग बस्न सक्ने बनाइदिनु भयो ।। त्यस पछि मैले भाउजुलाइ हेर्दै “म तपाइलाइ भाउजु भनु की डॉक्टर भनु” भने, उहाले “तिमीलाइ जे भन्न मन लाग्छ भन, तर मलाई चाहि डॉक्टर भन्दा भाउजु नै भनेको खुसी लाग्छ” भन्नु भयो । मैले पनि “त्यसो भए म भाउजु नै भन्छु नी है” भने।। उहाले मेरो टाउकोमा हात राख्दै हुन्छ भन्नु भयो अनि “अहिले तिमीलाइ कस्तो छ भनेर सोध्नु भयो ।।” मैले ठिकै छ भने ।। उहाले अहिले मेरो काम छ यहाँ भएको सबैको चेकउप गर्नु छ म यतै हुन्छु केहि पर्यो भने बोलाउनु म आउछु भन्नु भयो ।। मैले भाउजु सौरव खोई बोलाइदिनु न प्लीज भने उहाले सौरव त अहिले operation ward मा हुनु हुन्छ अब २५ मिनेटमा आउनु हुन्छ, तिमी एकछिन आराम गर न है भन्नु भयो ।। मैले हुन्छ भनेर सुते ।।
त्यस्तै ३० ३५ मिनेट पछि सौरव मेरो नजिक आउनु भयो अनि मेरो कपाल सुम्सुमाउदै भन्नुभयो के भयो मेरो रुन्ची बिहान सम्म मलाई चिन्दिन भन्नेले अहिले त मलाई खूब सम्झिरहेकी छे भन्ने सुचना आयो त ।।” मलाई उठेको देखि एकदम भोक लागिरहेको थियो त्यसैले उहाँले बोलिसक्नु बितिकै मैले सौरव भने उहाले हजुर रुन्ची भन्नु भयो मैले सानो अनि डराएको श्वरमा मलाई भोक लाग्यो भने उहाले अरेरे अनि किन डराएर भनेकी रुन्ची ल एकछिन रुक है म क्यानटिन बाट खाना लिएर आउछु भन्नु भयो ।। १० मिनेत पछि उहाँ हातमा कचौरा लिएर आउनु भयो,, त्यसमा सुप रहेछ ।। उहाले आफ्नै हातले खान्दिनु भयो ।। एकचम्चा मात्र के खा’को झन्दै उल्टी आएन, कस्तो तितो अनि नमिठो भनेको उहाले त्यसो भनेर कहाँ हुन्छ यो सबै खाने औषधि खाने अनि चाडो निको भएर घर जाने भन्नु भयो ।। घर भन्नु बितिकै याद आयो मलाइ त मेरो घर कहाँ हो नै याद छैन मैले सौरवलाइ सोधे मेरो घर कहाँ हो ?? पछाडि बाट आवाज आयो “सौरवको घर नै तिम्रो घर हो तिमी र सौरव सानै देखि सङ्गै बसेको तिम्रो आमा बाबाले तिमीलाइ सौरवको जिम्मा लगाएर भगवानको घर जानु भयो” भनुभयो, बोल्नुहुने सौगात दादा रैछ ।। त्यतिकैमा सौरवले मलाई सुप खुवाउन लाग्नु भयो म मुख बिगार्दै सुप खान लागे अनि त्यो सकाएर औषधि पनि खन्दिनु भयो ।। सुप नमिठो भनेको त सुप भन्दा नमिठो त औषधि थियो ।। अनि मलाई सौरवले औषधि खान्दिएर दाइ भाउजुलाइ भन्न लाग्नु भयो तिमीहरु घर जाउ म सजिना सङै बस्छु, मेरो घरको चाबी पनि लिएर जाउ अनि भोली आउदा मेरो त्यो कालो jacket लेराइदेउ है भनेर ।।त्यसपछि दाइ भाउजु ok बाई, टेक कियर सजिना गेट वेल सून भन्दै जानु भयो ।।

Thursday, August 16, 2018

अस्तित्व भाग २



By:Sushmita Shrestha 
sushmiishrestha@gmail.com
Thaiba,Lalitpur
मलाई केहि याद छैन सौरव म आतिए डराए, आतिदै डराउदै रोए मलाई थाहा छैन मेरो नाम के हो,,,मलाइ थाहा छैन मेरो नाम..…म रोएको देखेर मेरो वरिपरि भीड़ जम्मा भैसकेको थियो । उनीहरु मलाई यसरी हेरिरहेको थिए जसरी कुनै फिल्म हलमा बसेर फिल्म हेरिहरेको छन् । डॉक्टर अनि नर्स भनि मेरो हात खुट्टा समाती मलाई शान्त पर्न खोज्दै थिए । केहि समयपछि त्यहा रहेको भीड़लाइ हटाउदै सेतो कोट लगाएको एक जना युवक (डॉक्टर) ६ फिट अग्लो, गहु गोरो, अली पातलो अनि चस्मा लगाएको म तीर आउदै भन्यो “सजिना, किन रोको तिमी, के भयो तिमीलाइ ?” अनि उहाले यति भन्न नपाउदै त्यहा रहेको एकजना डॉक्टरले उहालाइ सोध्नु भयो “doctor saurav, do you know her?” उहाले जवाफ दिनुभयो “yes doctor pratik, I know her she is my best friend sajina and right now I am doing her treatment too….” यति भनिसके पछि उहाले त्यहा रहेको भीड़लाइ पनि अनुरोध गर्नु भयो “प्लीज यहाँ भीड़ नगर्दिनु भन्दै ।।” अनि मेरो टाउकोमा हात राख्दै भन्नु भयो,“के भयो सजिना किन रोएकी?” अब बल्ल मलाई थाहा भयो मेरो नाम सजिना हो तर उहाँ?? उहाँ को हो?? उहाँसङ्ग मेरो के नाता छ र म उहाँलाइ कहिले देखि चिन्छु मलाई केहि याद छैन ।। उहाले फेरी मलाई बोलाउनु भयो “सजिना के भयो किन मलाई हेरेर टोलाएकी?” उहाको आवाज सुनेर म झसङ्ग भए अनि उहाँलाइ सोधे “हजुर को हो?” उहाँले हास्दै भन्नु भयो “तिम्रो मजाक गर्ने बानी अझै गएको छैन है ?? ए बाबा अहिले त मजाक न गर पहिला ठीक है अनि गरुम्ला मजाक” मैले गम्बिर भएर भने “मलाई केहि याद छैन म को हू ? कहाँ बस्छु ? हजुर को हो ? हजुर र मेरो के नाता छ ? मलाई केहि थाहा छैन….” मैले यति भनिसके पछि उहाको मुहारमा पनि केहि गर्भिरता छायो अनि उहाँले भन्नुभयो “ तिमीलाइ साच्चिकै आफ्नो नाम थाहा छैन?? तिमी सच्चिकै मलाई चिन्दैनौ, दाया उभिरहेको डॉक्टर केटालाइ देखाउदै भन्नु भयो तिमीले दाइ बनाएको यो सौगात अनि उसकी श्रीमती आइसालाइ पनि चिन्दैनौ भन त मलाई” मैले फेरी रुदै भने “म कसैलाइ चिन्दिन मलाई आफ्नै नाम पनि याद छैन, मलाई एकदम डर लागिरहेको छ, मलाई म पागल हुन्छु जस्तो लाग्दै छ, मलाई केहि याद छैन केहि पनि…. सम्झिन खोज्छु टाउको फुट्ला झै दुख्छ, मलाई केहि पनि याद छैन” म रुदै गर्दा सौरवले मलाई अङ्गालो हाल्नु भयो अनि भन्नु भयो न रोउ टाउकोमा चोट लागेकोले यस्तो भा’को हो केहि दिनमा सबै याद आउछ अनि म छू नी तिम्रो सौरव म हुदा हुदै तिमीलाइ के को डर अब मेरी सजिना नरोइ ज्ञानी भएर एकछिन आराम गर्छे, ल अब आँखा बन्द गर अनि सुत भन्दै मेरो कपाल सुम्सुमाउन थाल्नु भयो ।।” उहाले मेरो कपाल सुम्सुमाइरहदा मलाई आनन्द महसुस भयो अनि डर पनि हरायो ।।

Tuesday, August 14, 2018

अस्तित्व


By:Sushmita Shrestha 
sushmiishrestha@gmail.com
Thaiba,Lalitpur

भाग १
बिस्तारै आँखा खोले, आँखा खोल्नु बितिकै मेरो आँखामा माथि झुन्डाएर बालेको बत्तीको उझ्यालो पर्यो, जसको कारणले मलाइ आँखा खोल्नै असजिलो अनि अफ्ठेरो भैरहेको थियो । अनि बिस्तारै दाँया फर्किए फर्किने क्रममा मलाई केहि असजिलो अनि मेरो घाटीमा दुखिरहेको थियो । दाँया तीर हेर्दा मेरो नजिक एउटा टेबल थियो अनि त्यसमाथि केहि फलफुल, औषधि, जुस, पानीको बोतल, अनि सेतो र पहिलो खालको कागज़ थियो । त्यसभन्दा उता चाहि फलामको खाटमा मानिसहरु सुतिरहेको थिए अनि उनीहरुलाइ सलाइनपानी दिइएको थियोमलाई जस्तै, बिस्तारै बाँया तीर हेरे बाँया तीर पनि त्यहि नजरिया थियो । यो सब देखेपछि यति त अनुमान लगाउन सके कि म कुनै अस्पतालमा छू भनेर। तर म यहाँ किन छू ? के भएको छ मलाई ? मलाई यहाँ किन, कहिले र कसले लेरायो ?? धेरै सम्झिने कोसिस गरे तर मलाई केहि याद आएन ।। अनि बिस्तारै उठ्ने कोसिस गरे तर म उठ्न सकिन मेरो सरिर एकदम नराम्रो सङ्ग दुख्यो, दुखाइको तोडमा “आ” भनेर कराए छू वरपरका सबै मानिस अनि मेरो अगाडिको डॉक्टर पनि म तिर फर्केर हेरे ।। म भनि कसैलाइ वास्ता नगरी फेरी उठ्न खोजे तर सकिन र मेरो सरीर त्यसैगरी दुख्यो म फेरी कराए ।। मेरो नजिकको नर्स आएर मलाई समात्नु भयो अनि भन्नु भयो “ प्लीज तपाइ जबरजस्ती नउठ्नु तपाइलाइ धेरै चोट लागेको छ” । म केहि नबोली बसे अनि उहाले मलाई अली सजिलो हुने गरी सुताइदिनु भयो र नरम आवाजमा मलाइ सोध्नु भयो तपाइको नाम के हो ?? जवाफ दिनलाइ खोजे तर मलाई जवाफ थाहा भएन,, उहाले फेरी सोध्नु भयो “तपाइको नाम के हो ??” म सोचेको सोचेकै भए मेरो नाम के हो ?? अब मलाइ भित्र भित्रै डर लाग्यो धेरै सोचे मेरो नाम के हो ?? मेरो घर कहा हो ?? म को हु ?? हजारौ पश्न मनमा आयो तर जवाफ कुनै को थिएन,, यति सम्म की मलाई मेरो नाम पनि थाहा थिएन ।। सम्झिने कोसिस गरे जोर लगाए तर पनि मलाई केहि याद आएन ।। एकासी मलाई सास फेर्न गारो भयो टाउको फुट्ला जस्तो गरि दुखेर आयो अनि त्यहि बिचमा फेरी उहाको आवाज आयो तपाइको नाम के हो ??
म रुदै चिचाउदै भने “मलाई थाहा छैन मेरो नाम के हो,,को हु म भन्दै चिचाउदै रोए ।। म आतिए डराए, आतिदै डराउदै रोए मलाई थाहा छैन मेरो नाम के हो,,,मलाइ थाहा छैन मेरो नाम..…………...

Monday, August 13, 2018

आमा!!!


आमा!!!
मलाइ रित्तो लाग्यो
त्यो शब्दकोष पनि
जसले तिमिलाइ परिभाषित गर्न
आफुभित्र शब्द भेटेन।।।

आमा!!!
मलाइ चिसो लाग्यो 
त्यो गद्दिदार औछ्यान पनि
जसले तिम्रो काखजती 
न्यानोपन दिन सकेन।।।

आमा!!!
मलाइ स्वादहिन लाग्यो 
त्यो सयौथरी मिसठान पनि
जसले तिम्रो हातबात खाएको
गासको जति स्वाद दिन सकेन।।।

आमा!!! 
मलाइ दुख लाग्छ
त्यो मेरो बाल्यकालदेखी
जब तिमी बिरामी हुदा
तिम्रो लागि केही गर्न सकेन।।।

आमा!!!
मलाइ घृणा लाग्छ
त्यो मेरो आशुदेखी पनि
जुन मलाइ चोटपर्दा 
तिम्रो आशूभन्दा बदि झर्न सकेन।।।

आमा!!! 
मलाइ अनपढ लाग्यो
त्यो किताबहरु पनि
जसले मलाइ तिमिभन्दा बढी 
ज्ञान दिन सकेन।।।

धन्यबाद।।।।।।।।

नाम: सुजन कार्की 
ठेगाना : बन्दिपुर, सिरहा
हाल: काठमाडौं 
फोन :9843369205