Saturday, July 21, 2018

मेरी जीवन साथी

उ मेरी  जीवन साथी
नवीन नाता छ, अजब को प्यास
कहु कसरी कति यो खास
उ मेरि जीवन साथि
म खुसी हुदा मेरो मुस्कान हेरेर उ मुस्कुराउछे
अनि
मेरा  पिडामा उ आत्तिन्छे, तड्पिन्छे, म सङै रुदै
भन्छे "सब ठिक भै हाल्छ नि"
अनि मेरो हात आफ्नो हात ले खेलाउदै भन्छे
"मलाई हजुर माथि पुरा बिश्वास छ"

म उसले येसो भन्दै गर्दा उस्को अनुहार हेर्न खोज्छु
येति कसेर अङालो मारेकि छ कि
म उस्लाइ पूरा हेर्न सक्दिन

ती ताता ओठ मेरा गालामा आयेर एसरी लपक्क टासिन्छन कि
म अफनो पिडा सरा उसै बखत बिर्सिन्छु
सम्झिन्छु आफैलाई सन्सार को राजा
मलाइ राजा बनाएर आफु रानी बन्छे
अनि भन्छे
राजा म हजुर संगै यो जुनि मात्र होइन अर्को जुनि पनि सङै हुन चाहन्छु"
हो उ मेरी  जीवन साथी ।।

@एस बि खनाल 

No comments:

Post a Comment