
बन्यौ पक्ष्य धर सर्ब आहारको
प्राणी हौ तिमि नि कसरि भुलेको
मारी खान मलाइ कसरि सकेको
प्रण अरुको तिम्रो जस्तै
पशु म अबला बिचरा कठै
माया गरि हुर्काइ बढाई
एकदिन च्याट्ट बलि चढाई
स्वाद जिब्रोको फेरि फेरि
हौ कि राक्षेस कि हौ अघोरी
साल भर सम्म खुवाई पिलाई
तौर तरिका मिलाई मिलाई
दशैँ तिहार कि चाड भनेर
मोह पनि कस्तो दिन गनेर
रमाई रमाई धर लगाई
मार हान्न तम्सि दाम्लो समाई
चिनेको भए तिमीलाई मैले
भर गर्ने थिऎन आजन्म कहिले
चम चम चम्काई खुकुरी धार
खडा भै गर्न मेरै संहार
देखि तिमीलाई आत्माले मेरो
जगत सारा भयो अँधेरो
मलाइ मारी तिम्रो भोक टर्दैन
पिई रक्ति प्यास मर्दैन
भने किन मार्न तम्सि बढेको ?
अहिम्साका सस्त्र यहि हो पढेको ?
ज्ञान र मन को दरिद्र रहेछौ
मेरो प्यारो स्वामी , सत्रु रहेछौ
डर मेरो भाग्थ्यो तिम्रो आड लाग्दा
ओजन गन्दै रहेछौ , ढाड नाप्दा
मृतुको डर पुरा हराई गयो
"कैले"यो तिम्रो दरिद्रतामा रोयो
भरिए मेरा आसु आखामा
चित्कारको के अर्थ पशु भाकामा
भानुजयन्तिको पूर्व सन्ध्यमा , भानुभक्त लाइ सम्झिदै
एस बि खनाल
No comments:
Post a Comment