Monday, August 21, 2017

बाटो अलग अलग

पुग्ने एकै ठाउँ भएनी किन  बाटो अलग अलग
घाउ एउटै चोट एउटै किन खाटो अलग अलग

तिमि हुर्केउ एती  म बढे यतै  यइ दुनियामा
भलै होला हामी जन्मेको माटो अलग अलग
पुग्ने एकै ठाउँ भएनी किन  बाटो अलग अलग

दोभान मा दुइ नदि मिसिएझैँ एक अर्कामा
आउ मिस्सिउ, छुटिनु को साटो अलग अलग
पुग्ने एकै ठाउँ भएनी किन  बाटो अलग अलग

दिलमा बसाइ , पुजी मनले चढाएर आफैलाइ
किन भंछेउ हाम्रो जिउने पाटो अलग अलग
पुग्ने एकै ठाउँ भएनी किन  बाटो अलग अलग


@sbkhanal

Sunday, August 20, 2017

मनकी साथी होस्

येस्ती होस्,उस्ती होस् , भन्दा नि मेरी मनकी साथी  होस्
हेरीरहु जस्ती बोलिरहु जस्ती, मेरो प्रित कि साक्षी होस्

कबि ले बर्सौ खर्चेर लेखि छोडेकी  रचना
गजलकि शेरमा घुलेकी जाली शब्द जस्ती होस्
येस्ती होस्,उस्ती होस् , भन्दा नि मेरी मनकी साथी  होस्

गोधुली साझ सुरजले आफु निस्फिक्री पोखिदा
पहाड कि रानी सिन्दुर भरि बसेकी जस्ती होस्
येस्ती होस्,उस्ती होस् , भन्दा नि मेरी मनकी साथी  होस्

साधना गरि निस्केको मधु स्वोरमा घोलेर
सुर र ताल भरेको मिठो सरगम कि धुन होस्
येस्ती होस्,उस्ती होस् , भन्दा नि मेरी मनकी साथी  होस्

@SB Khanal