Wednesday, May 23, 2018

म त आवाज देख्छु

मेरो आफ्नै छ संसार
लाग्छ दुनिया मेरै अनुसार
म त आवाज देख्छु
म त चित्र पनि लेख्छु
म त आवाज देख्छु

तिमिले देखेको पनि अधुरो
मैले लेखेको पनि अधुरो
म त हत्केला ले सुर्य छेक्छु
म त आवाज देख्छु
म त चित्र पनि लेख्छु
म त आवाज देख्छु

मेरो हाँसो उस्तै , तिम्रो हाँसो उस्तै
प्रकृतिको आधा, अधुरो पनि उस्तै
म चेतनामा संसार बोक्छु
म त आवाज देख्छु
म त चित्र पनि लेख्छु
म त आवाज देख्छु


-एस . बि  खनाल -