सधै भेट हुने भए पनि आज सायद मौसम फुर्सदमा थियो । कहिले पनि चियाको अफर नगर्ने मित्रले आज अफर गर्यो अनि मैलेपनि सहर्स हुन्छ भनिदिए । माटोको भाडोमा रक्सि झैँ चिया दिने च्या पसल चिनेको रहिछ । “ उ त्या प्यालामा चिया पाइन्छ तेतै जम है ? “मट्का क्याफे हेर्दैमा शान्त , एता उता किताब का र्याक देख्ने बित्तिकै थाहा भयो साथिको आधा उधि बास येतै हुन्छ । पल्पसा क्याफे , फ्रेन्च लभर , द नोट बुक भएको र्याक तिर हेर्दै , “नया किताब आएकै छैन अचेल यहाँ , “बहिनि किताब पनि फेर्नु पर्यो एसो नया राखे पो आउन मान लाग्छ , साहुजी लाइ भन्न पर्यो “ मलाइ हेर्दै “के खाने साथी ??“ म अघि प्यालाको चिया भन्ने सुन्ने बित्तिकै देखि रोमान्चित थिए भने “ अघि भनेको रक्सि वाला भाडोको चिया“ घरमा बुडीलाइ भने ,झैँ दुइ वोटा १०० का नोट दिदै “चिया ल्याइदेउ है उता कोठामा “ अनि मलाई अर्को तिर देखाउदै “उता हिड“ र म खुरु खुरु उसको पछि लागे ज्ञानी बच्चा झैँ । साथि को पारा,बोलि, हाउभाउ सब फरक थियो। अलि प्रफुल्लित, अलि रोमान्चक । सरासर गएर चारै तिर सोफा राखेको सानो उज्यालो कोठा म छिर्यो , बीचमा चारपाटे कालो टेबल माथिको सेतो ट्रे मा छरिएका कफीका बियाले मिठो सुगन्ध छर्दै थिए । घाम पर्ने सोफा मा बस्दै “मलाइ यो क्याफे आनन्द लग्छ अचेल “ तिमि संग भेटेर माजाले गफ गर्न मन हुदाहुदै जहिले पनि हतार मै मात्र भेट हुने आज त सनिबार फुर्सद मै होलाऊ नि?
बानेश्वोर चोक देखि घर तिर जादै गरेको मलाइ उल्टे बाटो फर्काएर थापागाउ सम्म पुर्याउदा मेरो फुर्सद सोध्नुपर्छ भन्ने चै मेसो भएन, आहिले टेबलमा बसीसके पछि औपचारिकता देखाउन खोजेकोमा झिनिक्क रिस उठेको थियो , तर उसको अनुहारको उकुसमुकुस देखेर सामान्य हुदै “ अँ आज खासै काम छैन !“ भने ।
उसले आफु बसेको सोफा सुम्सुमाउदै अर्ध मुस्कान सहित भन्यो “ तिमि लाइ एक जना संग भेटाउछु है ?, तिम्रो कथामा टुइस्ट आउने वाला छ । छक्क पर्नु , को मान्छे ?, कस्तो कथा ?, ट्वा परेर उसको मुख मा हेरे , “साच्ची मेरो कथा कहाँ पुर्याएउ?, कथामा रोम्यांस नै छैन भेनेर लेख्न अल्छि लग्यो भन्या थियेउ नि ??“ हे भगवान म गफाडी को गफ पत्तएको पो रैछ , मैले कथा लेख्ने भए यो पुगेन यो पुग्यो किन भन्थे , साथिले त मलाइ साच्चिकै लेखक सम्झेको पो रहेछ “ चिया दिदै मौसम लाइ वेटर ले “ आज मेडम आउनु भएन ??“
मेरो दिमाग एक छिन् लाइ रोक्कियो, भाव सुन्य भयो । एक महिना अघि गफ गर्दा यही मान्छे , पिडै पिडाको कथा सुनाउदै थ्यो । दुनिया संग भरोशा उड्यो भन्थ्यो । प्रेम श्रेम आफै लाइ बेकुफ बनाउने बाटो हो भन्थ्यो । यो साब सब्द जाल हो , भावना माया प्रेम केहि हुन्न भन्थ्यो । आज एक्कासी रोमान्टिक? प्रेमका किताब तिर नजर ?, फेरी यो वेटर को म्याडम भन्छे ? अनि वेटर को प्रश्नमा अर्ध मुस्कान ?, के अचम्म हो एस्तो ? अब त सुन्ने पर्यो को रहेछ मैले भेट्नु पर्ने मान्छे , के रहेछ मैले लेख्ने भनेको कथा को टुइस्ट ? माटो को प्याला को चिया को सुर्पो लिदै उ तिर कान सोझाए ।
उसले प्याला सुम्सुमाउदै “ पहिलो चोटी उसले मलाइ याही भेटेकी थिई , कोहि मान्छेको सामिप्यताको अर्थ यहि बुझाएकी थिई, प्रेम सब्दजाल होइन प्रेम प्रेम हो भन्ने यहि बुझाएकी थिई ।
मेरो उत्सुकता झन् उत्कर्स मा पुग्यो । यो “उ“ को हो? , कसरि “उ“ भइ ? कहाँ बाट आइ ? , आएर के गरि ? एक माथि अर्को प्रश्न सल्बलाउन थाले , तान्दै गरेको चियाको घुट्को रुद्रघन्टी मै रोकियो . मेरा कान झन् टाठा, आखा फरिकला भए । रोक्दा रोक्दै मेरो प्रश्न फुत्कियो “ आइच !! ल बधाई छ दोस्त “ आखि भौ सनकाउदै “ कसरि भेट्या नि??“
मेरो प्रश्न पनि सुन्यो सुनेन ,उ आफ्नै फ्लो मा भन्दै गयो “ खै काहाँ वाट कसरी आइ, “
उसले प्याला सुम्सुमाउदै “ पहिलो चोटी उसले मलाइ याही भेटेकी थिई , कोहि मान्छेको सामिप्यताको अर्थ यहि बुझाएकी थिई, प्रेम सब्दजाल होइन प्रेम प्रेम हो भन्ने यहि बुझाएकी थिई ।
मेरो उत्सुकता झन् उत्कर्स मा पुग्यो । यो “उ“ को हो? , कसरि “उ“ भइ ? कहाँ बाट आइ ? , आएर के गरि ? एक माथि अर्को प्रश्न सल्बलाउन थाले , तान्दै गरेको चियाको घुट्को रुद्रघन्टी मै रोकियो . मेरा कान झन् टाठा, आखा फरिकला भए । रोक्दा रोक्दै मेरो प्रश्न फुत्कियो “ आइच !! ल बधाई छ दोस्त “ आखि भौ सनकाउदै “कसरि भेट्या नि??“
मेरो प्रश्न पनि सुन्यो सुनेन ,उ आफ्नै फ्लो मा भन्दै गयो “ खै काहाँ वाट कसरी आइ, मेसो पनि पाइन, कतै पर पुगेपछि थाहा पाए म त उसै संग बगिसकेछु ।
सायद २ महिना जति अघिको कुरो हो । समस्याका वेला अचेटिराख्ने साहुहरुको फोन र म्यासेजका वाहेक कसैको घण्टि नवज्ने मेरो फोनले फेसबुक म्यासेन्जरको घण्टी वजायो कुनै अपरीचित अकाउन्ट बाट।
“बहिनी, मलाइ मेरो वान पिस ल्याइदेउन है म भोलि पार्टीमा जानु छ“
कामको प्रसर र अवेवस्तित मेरो दिनचर्याले मलाइ उक्त म्यासेज पठाउने सँग निधि खोजि गर्ने उति जाँगर चलेन । तै नि फिर्ता गरेँ “सायद म्यासेज गलत मान्छे लाइ पर्यो, जे होस् मलाइ लाग्छ तपाइ लाई त्यो वान पिस खुब सुहाउने छ, “
तुरुन्तै उत्तर आयो “ सरी, मैसमी भन्ने एउटा बहिनी लाइ पठाएको नाम उस्तै देखेर हजुर लाइ परेछ। एनिवे थ्याङ्कयू अनि कसरी थाह भयो मलाइ सुहाउछ भनेर ? “
मेरो ह्याङ भै राखेको दिमागले “ आइ एम गुड एट गेसिङ “ लेखेर फिर्ता गरेँ ।
फिर्ता आयो “ थ्याङ्क यू“
काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर , कुन कुरामा घोत्लिरहेको बेलामा च्याट, झ्याउ । मोबाइल अफ गरीीदएँ आनन्दै ।
ल अनि किन कुरा न गर्या त? टाइम पास त भैराख्या थ्यो त?
टाइम पासको कुरा गर्छै यार आफूलाइ केको टण्टो। २४ घण्टाले नपुगेर दिनमै ३० ३५ घण्टा भइदिए हुन्थ्यो भै राख्या बेला हावादारी च्याटमा टाइम वेस्ट गर्नु ?
तर दुइचार दिन पछि आफू पनि भर्खर २५ २६ को हुदै गरेको, काम र तनाव वाहेक पनि जिन्दगी रहेको होस खुल्यो र त्यसै बेला त्यो च्याट म्यासेज वाला प्रोफाइल खोलेर हेरेँ ।
रातो टिर्सट खैरो बक्स टाउजरमा पुरा मुस्कान सहित की एउटी चस्मिस फोटो वाली रहिछ ।
FB: @Sekhar B Khanal