Friday, April 14, 2017

उसै गरि

फूल्न छोडेको धेरै भो त्यो फूल
भूल्न छाडेको धेरै भो तिमीलाई उसै गरि

सम्झना र बिर्सना को दोहोरि चल्छ अचेल
नब वर्ष आए झैँ घुमी घुमी
बार्ह माष काटे पछि हर साल उसै गरि

तिम्रा सामिप्यताका सब्दहरु जसरि रोकिए थे
लेख्दा लेख्दै बीच मै छोड्नु को मज्जा आहा
च्वाट्टै छोडी दिए मैले पनि आज पनि उसै गरि

छोड्न कै लागि लेख्दै छु , भुल्न कै लागि सम्झिदै छु
बर्बरौदै छु , बोल्दै छु आफै सित
जसरि तिमि संग बोल्थे हिजो उसै गरि

फूल्न छोडेको धेरै भो त्यो फूल
भूल्न छाडेको धेरै भो तिमीलाई उसै गरि

एस बि खनाल

Sunday, April 2, 2017

सधै उस्तै भो

माया मनमा उति नै छ ,
सम्झना नि उति नै छ
के माया सधै उस्तै हो ?
मुटु भित्र को छाया सधै उस्तै भो
अटल तिम्रो चाहनाले भरिएको मुटु भरि
आइ धड्की गइदिन्छौ आज पनि उसै गरि
प्रेम को गति किन उस्तै हो ?
मुटु भित्र को छाया सधै उस्तै भो
tasbir तिम्रो उस्तै ताजा भर्खरै कोरे जस्तो
मोनालिसा चित्र माथि भिन्ची रंग भरे जस्तो
परेली को बोलावट अझै उस्तै भो
मुटु भित्र को छाया सधै उस्तै भो
माया मनमा उति नै छ ,
सम्झना नि उति नै छ
के माया सधै उस्तै हो ?
मुटु भित्र को छाया सधै उस्तै भो

SB Khanal